काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर र सरकारी स्वामित्वका बैंकहरूमा नियुक्त पदाधिकारीहरू पदमुक्त नहुने भएका छन्। सरकारले हालै अध्यादेशमार्फत ११० वटा कानून संशोधन गरे पनि नेपाल राष्ट्र बैंक ऐनलाई त्यसमा समावेश नगरेका कारण गभर्नर विश्वनाथ पौडेल पदमै कायम रहने भएका हुन्।
यसअघि गभर्नरलाई समेत पदमुक्त गर्ने चर्चा भए पनि सम्बन्धित ऐन संशोधनमा नपरेकाले त्यो सम्भव नभएको स्पष्ट भएको छ। साथै नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंक का अध्यक्ष, सञ्चालक समिति सदस्य तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लगायतका पदाधिकारीहरू पनि यथावत् पदमा रहने भएका छन्।
अध्यादेशमा ती संस्थासँग सम्बन्धित कानुनी प्रावधानहरू नछुने निर्णय गरिएकाले उनीहरूको पद सुरक्षित रहेको हो।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ ओली र लेखक विरूद्धको जाहेरी प्रहरीले बुझी जाँचबुझ आयोगलाई पठायो
- २ नेपालमा परेको विपत्तिप्रति माल्दिभ्सको ऐक्यबद्धता, खनाल–आदमबीच फोनवार्ता
- ३ सैनिक पोशाक प्रयोग गरेको विवादमा आएको ‘ग्रिन आर्मी’को दर्ता खारेज
- ४ एसीसी प्रिमियर कप : हङकङ चाइनासँग खेल्दै नेपाल
- ५ भोटेकोशी बाढीका कारण २३औँ निजामती सेवा दिवसका कार्यक्रम रद्द
- ६ जेनजी आन्दोलनको एक वर्ष : आज शहीद दिवस मनाइँदै
- ७ सप्तकोशीको बहाव खतराको तहमा, तटीय क्षेत्रमा सतर्क रहन आग्रह

तपाईको प्रतिक्रिया दिनुहोस