गभर्नर नियुक्ति चर्चाले शेयर बजार ४९ अंकले बढेर हरियाली
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उछाल आएको छ । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको चर्चाले बजारमा उछाल आएको हो । आज नेप्से ४९.०९ अंकले बढेर २ हजार ६ सय ७७ दशमलव ४५ विन्दुमा बन्द भएको हो । आजको कारोबारमा २२९ कम्पनीको शेयरमूल्य बढ्दा १५ को घटेको छ । घटेको बजारमा एक कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।
लामो समयसम्म किचलो देखिएको गभर्नर नियक्तिमा प्रमुख सत्ता साझेदार दलहरुबीच सहमति भएसँगै आज सेयर बजार ४९.०९ अंक (१.८६ प्रतिशत) बढ्यो । आज सबै समूहको शेयर बढेकोमा होटल समूहको शेयर झन्डै साढे ३ प्रतिशतले उकालो लागेको छ । यस्तै विकास बैंक समूहको शेयर झन्डै ३ प्रतिशत तथा फाइनान्स, जलविद्युत्, लगानी समूहको शेयर २ प्रतिशतभन्दा धेरैले बढेको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ ललितपुरका तीन क्षेत्रबाट कांग्रेसका ३२ जनाको सिफारिस
- २ बज्रबाराहीमा हुने पूर्णिमा भजनका लागि भक्तजनबाट आर्थिक सहयोग प्राप्त
- ३ सुनाकोठीमा “प्लास्टिकमुक्त २०४०” गोष्ठी सम्पन्न
- ४ The Eternal Lure of Gold: From Sacred Metal to Geopolitical Weapon
- ५ जागिरे युवाहरूको पहलमा सुनाकोठीमा सरसफाइ गतिविधि सम्पन्न
- ६ नागढुंगा–नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
- ७ गौरहत्याकाण्डको छानबिन गर्न सर्वोच्चको परमादेश

तपाईको प्रतिक्रिया दिनुहोस