Techie IT
  • The Film Nepal
  • २०८२ मंसिर २७ शनिबार

    अपडेट
    गृहपृष्ठमुग्लान विशेषगन्तव्य जनैपूर्णिमा : पाँचपोखरीको अचम्मलाग्दो ऐतिहासिक पक्ष

    गन्तव्य जनैपूर्णिमा : पाँचपोखरीको अचम्मलाग्दो ऐतिहासिक पक्ष


    सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी र भैरवकुण्ड दुबै धार्मिक महत्व बोकेका साहसिक र सुन्दर पर्यटकीय गन्तव्य हुन् । मुलुकमा मात्रै नभई यी दुई गन्तब्य विदेशमा पनि चर्चामा छन् । यो हाल पाँचपोखरी थाडपाल गाउँपालिकामा पर्दछ ।

    काठमाडौंबाट मेलम्चीसम्मको बस यात्रापछि तिपेनी थाङपालधाप बाट पनि एकदेखि डेढ दिनमा पाँचपोखरी पुग्न सकिन्छ । भैरवकुण्ड, सरस्वती कुण्ड, गणेशकुण्ड, स”र्यकुण्ड र नागकुण्ड गरी पाँचवटा कुण्ड अर्थात पोखरी रहेकोले यस स्थानको नाम पाँचपोखरी  छ   |

    हरेक बर्ष जनै पुर्णिमाका अवसरमा यहाँ एक हप्ता मेला लाग्छ । यस मेलामा विशेष गरी तामाङ जातिका झाँक्रीहरु बढी जाने र झाँक्री पहिरनमा ढ्याङग्रो बजाएर नाच्ने गर्छन् । हिजोआज महिला झाँक्रीको संख्या पनि उल्लेख्य रुपमा बढ्दै गएको पाइन्छ । दुइतीन पटकसम्म उक्त मेला भरेर फर्केपछि मात्र झाँक्रीहरु विशेष रुपमा पारङगत भएको मान्ने चलन यहाँ रहेको पाइन्छ ।

    पाँचपोखरी समुन्द्रसतहदेखि चार हजार एकसय र भैरवकुण्ड चार हजार दुई सय मिटरको उचाइमा छ । यसकारण गन्तव्यमा पुग्न तीर्थालुलाई तीन दिनसम्म लाग्छ । दुवै हिमाली गाउँ भएकले तीर्थालुलाई पहिलो समस्या सुरक्षाको हुन आउँछ ।

    पर्यटकीय धार्मिकस्थल पाँचपोखरी राजधानी काठमाडौंबाट सबैभन्दा नजिक रहेको लाक्पा दोर्जे र जुगल हिमालको काखमा रहेको छ । प्राकृतिक र धार्मिक महत्व बोकेको यस पोखरीमा प्रत्येक जनैपूर्णिमाको अघिल्लो दिन र मङ्सिर महीनाको पूर्णिमाका दिन विशेष मेला लाग्ने गर्छ ।

    ऐतिहासिक र धार्मिक महत्व

    स्कन्ध पुराण र शिव पुराण लगायत प्राचीन ग्रन्थमा उल्लेख भएअनुसार, यही ठाउँमा भगवान शिवले पाँच रात उपवास बसेर पाँच दहमा स्नान गरेका थिए। यिनै कारणले यो स्थानलाई महत्त्वपूर्ण तीर्थ मानिन्छ। यस क्षेत्रलाई इन्द्रावती र ब्रह्मायणी नदीहरूको उद्गम स्थलसमेत मानिन्छ।

    पौराणिक कथाअनुसार, पार्वतीका आँखाबाट बगेका आँसुबाट यी दुई नदी उत्पन्न भएको जनविश्वास रहेको छ।

    इतिहासमा पनि यो क्षेत्र महत्वपूर्ण रहेको पाइन्छ। राजा रणबहादुरकी महारानी राजेश्वरी तथा प्रधानमन्त्री भीमसेन थापा निर्वासनमा यसै जिल्लामा बसेको र भीमसेन थापाद्वारा सुरू गरिएको ‘पाँचपोखरी दर्शनमा चिउरा-दही खुवाउने’ चलन आजसम्म कायम रहेको छ।

    त्यसैगरी स्कन्ध पुराणमा हिमवत् खण्डमा पनि पञ्चपोखरी नामको महान् तिर्थस्थल रहेको र तीर्थराज प्रयाग, वाण गंङगा (कुरुक्षेत्र) र पाँचपोखरी समान रुपले पुण्यदायी तीर्थ हुन् भनी उल्लेख रहेको पाइन्छ । शिव पुराण अनुसार हिमालयपुत्री पार्वतीले घोर तपस्या गरेपछी शिव प्रसन्न भई इन्द्रको रुपधारण गरी वरदान माग भने । पार्वतीले महादेव पति पाउँ भनेपछी इन्द्ररुपी महादेवले शिवको निन्दा गर्दै आफँसँग विवाह गर्न भने । त्यो सुनेर पार्वती क्रोधित भइ श्राप दिन लाग्दा शिव त्रसित भइ आफनै रुपमा दर्शन दिए । शिवको साक्षात दर्शन पाएपछि पार्वतीका दुइ लाल नेत्रबाट शहाश्र्सुधारा बग्नथाल्यो । सोही अश्रुधाराबाट दुइवटा नदी बन्यो । इन्द्रको रुप लिएर परमब्रम्हाको दर्शन दिएको कारण ती नदीको नाम इन्द्रावती र ब्रम्हायणी (बलेफी) रहन गएको मानिएको छ । ती दुवैको उद्गम स्थल पाँचपोखरीको डाँडा भएको हुँदा यसको छुट्टै महत्व रहेको छ ।

    पाँचपोखरी न केवल धार्मिक आस्थाको केन्द्र हो, यो जैविक विविधता, सांस्कृतिक सम्पदा र ऐतिहासिक महत्त्वको धरोहर पनि हो। वर्षको एकपटक जनैपूर्णिमामा यहाँ पुगेर स्नान गर्दा पापमोचन हुने जनविश्वासले हजारौं तीर्थयात्री यहाँ आकर्षित भइरहेका छन्।सो क्षेत्रमा अवस्थित एकोटिमग्यामी र एपिक्याट्मल नामक प्रजातिका जडीबुटी लोप हुने अवस्थामा पुगेकोले त्यसको सङकलन र बिक्री वितरणमा समेत रोक लगाउनुपर्ने सुझावसमेत टोलीले दिएको थियो । त्यस्तै यार्सागुम्वा, पाँचऔले, पदमचाल, रक्तचन्दनलगायतका ६४ प्रजातिका जडीबुटी यस क्षेत्रमा पाइएको टोलीले बताएको छ । मृग, हाब्रे, जस्ता वन्यजन्तुसमेत फेला यस क्षेत्रमा फेला परेका छन् ।

     




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि सबैजसो तयारीको काम सकियो

    भक्तपुर । नेकपा एमालेले पार्टीको ११ औं महाधिवेशनको उद्घाटनका लागि मञ्च निर्माणको काम अन्तिम चरणमा पुगेको जनाएको छ ।एमालेले ११औँ

    ललितपुरका तीन क्षेत्रबाट कांग्रेसका ३२ जनाको सिफारिस

    ललितपुर/ २६ मंसिर, नेपाली कांग्रेस ललितपुरले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन र माघ १० गते हुने राष्ट्रिय

    बज्रबाराहीमा हुने पूर्णिमा भजनका लागि भक्तजनबाट आर्थिक सहयोग प्राप्त

    ललितपुर/ २६ मंसिर, ललितपुरको गाेदावरी नगरपालिका वडा नं. ११ स्थित बज्रबाराही मन्दिरमा हरेक पूर्णिमामा दिनभर हुने  भजनका लागि विभिन्न भक्तजनबाट

    नागढुंगा–मलेखु सडक शुक्रबार र शनिबार खुला हुने

    मलेखु । दैनिक पाँच घण्टा आंशिक बन्द गरेर स्तरोन्नति भइरहेको नागढुंगा मलेखु सडकखण्ड आज र भोलि (शुक्रबार र शनिबार)का लागि

    ‘अक्षरहरूको क्यानभास’ सार्वजनिक

    काठमाडौं । कवि तथा गीतकार महेश बाबु तिमल्सिनाद्वारा लिखित नयाँ कविता कृति ‘अक्षरहरूको क्यानभास’ बिहीबार सार्वजनिक गरिएको छ ।२०८२ मंसिर

    पुष १ देखि बाघको गणना शुरु हुने

    चितवन ।आउँदो पुस १ गतेदेखि बाघ गणनाको काम थालिने भएको छ।चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ‘व्लक’ बनाएर गणना गर्न

    Techie IT