Techie IT
  • The Film Nepal
  • २०८३ बैशाख ६ आईतवार

    अपडेट
    गृहपृष्ठराष्ट्रियगणतन्त्र संस्थागत गर्ने अभियानमा सघाउन देउवाको आग्रह

    गणतन्त्र संस्थागत गर्ने अभियानमा सघाउन देउवाको आग्रह


    काठमाडौं/ १ कात्तिक, नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले रचनात्मक सुझाव दिएर सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न जय नेपाल फाउन्डेसन जस्ता संस्थाहरूको भूमिका महत्त्वपूर्ण रहने बताउनुभएको छ ।
    आफ्नै निवास बुढानीलकण्ठमा बुधबार जय नेपाल फाउन्डेसनको स्मारिका ‘जय नेपाल सन्देश’ सार्वजनिक गर्दै सभापति देउवाले जय नेपाल फाउन्डेसनले चेतनाको वाहक बनेर लोकतान्त्रिक विधि र विधिको शासन स्थापित गराउन, सुशासन कायम गर्न र जन अधिकारको रक्षाका निम्ति सशक्त आवाज उठाउन उल्लेख्य भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । साथै सभापति देउवाले नेपाली कांग्रेसलाई रचनात्मक सुझाव र सल्लाह दिएर गणतन्त्र संस्थागत गर्ने अभियानमा सघाउन फाउन्डेसनलाई आग्रह गर्नुभयो ।
    नेपालमा मात्र होइन विश्वभर छरिएर रहेका नेपाली समुदायलाई एकताबद्ध गर्दै जय नेपाल अन्तर्राष्ट्रिय फाउन्डेसनसमेत स्थापना भएकोमा खुसी व्यक्त गर्दै सभापति देउवाले नेपाललाई समुन्नत बनाउने अभियानमा सबैको हातेमालो आवश्यक रहेकोमा जोड दिनुभयो ।
    स्मारिका सार्वजनिक कार्यक्रममा फाउन्डेसनका अध्यक्ष बद्री अर्यालले संस्थाका गतिविधि,उद्देश्य र अभियानबारे सभापति देउवालाई जानकारी गराउनुभएको थियो ।
    सो अवसरमा जय नेपाल सन्देशका प्रधान सम्पादक प्रा.डा. धनेश्वर नेपाल र फाउन्डेसनका संस्थापक सदस्य सचिव एवं प्रकाशन तथा प्रचार विभाग प्रमुख विजयराज अधिकारीले स्मारिकामा समेटिएका विषयवस्तु र विचारहरूबारे सभापति देउवालाई संक्षिप्त जानकारी गराउनुभएको थियो ।
    स्मारिका सार्वजनिक कार्यक्रममा जय नेपाल फाउन्डेसनका संस्थापक सदस्यहरू योगेन्द्र राई, रामबहादुर रोकाय, प्रकाश रावल र शान्ता तामाङलगायतको सहभागिता थियो ।
    जय नेपाल फाउन्डेसन नेपालभित्र रहेका तथा विश्वभर छरिएका नेपाली युवाबिच सहकार्य, सहयोग र सद्भाव बढाउने उद्देश्यले स्थापना भएको गैरनाफामूलक संस्था हो । जय नेपाल फाउन्डेसनको केन्द्रीय समिति, ७ वटै प्रदेश, ७७ वटै जिल्ला एवं पालिका तहसम्म संरचना विस्तार भएका छन् । अमेरिकामा जय नेपाल अन्तर्राष्ट्रिय फाउन्डेसन क्रियाशील छ भने यस अन्तर्गत विभिन्न देशमा ३० भन्दा बढी शाखा विस्तार भएको छ ।
    नेपाल विद्यार्थी सङ्घका पूर्व महामन्त्री तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त युवा वैज्ञानिक प्रा. डा. यादव पण्डितले जय नेपाल इन्टरनेसनल फाउन्डेसनको नेतृत्व गर्नुभएको छ । फाउन्डेसनअन्तर्गत अन्तर्राष्ट्रिय नलेज नेटवर्क, मिडिया नेटवर्क, यूथ नेटवर्क र ओमन नेटवर्क समेत क्रियाशील छन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    तातिँदै छ मौसम ,कहाँ कहाँ के रहनेछ

    काठमाडौं । देशका केही भूभागमा वर्षा र हिमपात हुँदा केही क्षेत्रमा उच्च गर्मीको सम्भावना छ । मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका

    १२ वटा समिति सभापतिहरुले लिए पद तथा गोपनियताको सपथ

    काठमाडौं। प्रतिनिधि सभाअन्तर्गतको समिति सभापतिहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।शुक्रबार सभापति चयन भएसँगै १२ वटा समितिका सभापतिहरुले सभामुख

    आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

    काठमाडौं : प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर

    करको दर पुनरावलोकन गरी पेट्रोलियम पदार्थको मूल्य घटाउ :कांग्रेस

    काठमाडौँ।नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढेको भन्दै घटाउन माग गरेको छ । त्यसका लागि करका दरहरू पुनरावलोकन गर्न कांग्रेसले

    डिजल/मट्टीतेलमा प्रतिलिटर ३० र हवाई इन्धनमा ५ रुपैयाँले बढ्याे, पेट्रोलको…

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आजदेखि लागु हुने गरि डिजेल मट्टितेलमा प्रति लिटर

    संसदीय समितिका सभापतिको निर्वाचन,आज मनोनयन दर्ता

    काठमाडौँ । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिमा आज वैशाख ३० मनोनयन दर्ता हुँदै छ ।संघीय संसद् सचिवालयका अनुसार, दिउँसो १ देखि

    Techie IT