Techie IT
  • The Film Nepal
  • २०८३ आश्विन २० मंगलवार

    अपडेट
    गृहपृष्ठ ∕ राष्ट्रिय ∕ गणतन्त्र संस्थागत गर्ने अभियानमा सघाउन देउवाको आग्रह

    गणतन्त्र संस्थागत गर्ने अभियानमा सघाउन देउवाको आग्रह


    काठमाडौं/ १ कात्तिक, नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले रचनात्मक सुझाव दिएर सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न जय नेपाल फाउन्डेसन जस्ता संस्थाहरूको भूमिका महत्त्वपूर्ण रहने बताउनुभएको छ ।
    आफ्नै निवास बुढानीलकण्ठमा बुधबार जय नेपाल फाउन्डेसनको स्मारिका ‘जय नेपाल सन्देश’ सार्वजनिक गर्दै सभापति देउवाले जय नेपाल फाउन्डेसनले चेतनाको वाहक बनेर लोकतान्त्रिक विधि र विधिको शासन स्थापित गराउन, सुशासन कायम गर्न र जन अधिकारको रक्षाका निम्ति सशक्त आवाज उठाउन उल्लेख्य भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । साथै सभापति देउवाले नेपाली कांग्रेसलाई रचनात्मक सुझाव र सल्लाह दिएर गणतन्त्र संस्थागत गर्ने अभियानमा सघाउन फाउन्डेसनलाई आग्रह गर्नुभयो ।
    नेपालमा मात्र होइन विश्वभर छरिएर रहेका नेपाली समुदायलाई एकताबद्ध गर्दै जय नेपाल अन्तर्राष्ट्रिय फाउन्डेसनसमेत स्थापना भएकोमा खुसी व्यक्त गर्दै सभापति देउवाले नेपाललाई समुन्नत बनाउने अभियानमा सबैको हातेमालो आवश्यक रहेकोमा जोड दिनुभयो ।
    स्मारिका सार्वजनिक कार्यक्रममा फाउन्डेसनका अध्यक्ष बद्री अर्यालले संस्थाका गतिविधि,उद्देश्य र अभियानबारे सभापति देउवालाई जानकारी गराउनुभएको थियो ।
    सो अवसरमा जय नेपाल सन्देशका प्रधान सम्पादक प्रा.डा. धनेश्वर नेपाल र फाउन्डेसनका संस्थापक सदस्य सचिव एवं प्रकाशन तथा प्रचार विभाग प्रमुख विजयराज अधिकारीले स्मारिकामा समेटिएका विषयवस्तु र विचारहरूबारे सभापति देउवालाई संक्षिप्त जानकारी गराउनुभएको थियो ।
    स्मारिका सार्वजनिक कार्यक्रममा जय नेपाल फाउन्डेसनका संस्थापक सदस्यहरू योगेन्द्र राई, रामबहादुर रोकाय, प्रकाश रावल र शान्ता तामाङलगायतको सहभागिता थियो ।
    जय नेपाल फाउन्डेसन नेपालभित्र रहेका तथा विश्वभर छरिएका नेपाली युवाबिच सहकार्य, सहयोग र सद्भाव बढाउने उद्देश्यले स्थापना भएको गैरनाफामूलक संस्था हो । जय नेपाल फाउन्डेसनको केन्द्रीय समिति, ७ वटै प्रदेश, ७७ वटै जिल्ला एवं पालिका तहसम्म संरचना विस्तार भएका छन् । अमेरिकामा जय नेपाल अन्तर्राष्ट्रिय फाउन्डेसन क्रियाशील छ भने यस अन्तर्गत विभिन्न देशमा ३० भन्दा बढी शाखा विस्तार भएको छ ।
    नेपाल विद्यार्थी सङ्घका पूर्व महामन्त्री तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त युवा वैज्ञानिक प्रा. डा. यादव पण्डितले जय नेपाल इन्टरनेसनल फाउन्डेसनको नेतृत्व गर्नुभएको छ । फाउन्डेसनअन्तर्गत अन्तर्राष्ट्रिय नलेज नेटवर्क, मिडिया नेटवर्क, यूथ नेटवर्क र ओमन नेटवर्क समेत क्रियाशील छन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    विद्युत् प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन: महसुल भुक्तानी पूर्ण रूपमा विद्युतीय बनाऊ

    काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिजुलीको महसुल भुक्तानीका लागि नागरिकहरू घण्टौँ लाइन बस्नुपर्ने बाध्यता तत्काल अन्त्य गर्न

    वर्षाले कोरला नाका प्रभावित, १५० बढी कन्टेनर रोकिए

    मुस्ताङ । चीनबाट पैठारी गरिएका मालसामान बोकेका १५० भन्दा बढी कन्टेनर कोरलानाकास्थित लोमान्थाङ गाउँपालिका–४ न्हेचुङ भन्सार क्षेत्रमा रोकिएका छन्। भारी

    आज पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा–हिमपातको सम्भावना

    काठमाडौं । हाल देशमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक

    भोटेकोशी–त्रिशूली विपद् अध्ययन समितिका सभापति पराजुलीले लिए शपथ

    काठमाडौं । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिका नवनिर्वाचित सभापति गणेश पराजुलीले पद तथा

    ऊर्जा सुरक्षा र पूर्वाधार पुनर्निर्माणमा तत्काल ठोस कदम चाल्न सरकारलाई…

    काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी तथा पछिल्लो अविरल वर्षाका कारण

    महाकाली नदीमा आएको बाढीले दोधारा–चाँदनी झोलुङ्गे पुल चुँडियो

    कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीलाई बाँकी नेपालसँग जोड्ने महाकाली नदीमाथिको ऐतिहासिक दोधारा–चाँदनी झोलुङ्गे पुल चुँडिएको छ। बुधबार बिहान महाकाली नदीमा

    Techie IT