Techie IT
  • The Film Nepal
  • २०८३ असार ४ बिहीबार

    अपडेट
    गृहपृष्ठराष्ट्रियगणतन्त्रमा पञ्चायती कानून लागू हुँदा समयसापेक्ष विकास हुन  सकेन – मन्त्री गुरुङ

    गणतन्त्रमा पञ्चायती कानून लागू हुँदा समयसापेक्ष विकास हुन  सकेन – मन्त्री गुरुङ


    ललितपुर/२८ भदौ : सञ्चार, सूचना तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बहुदलीय व्यवस्था हुँदै गणतन्त्रात्मक व्यवस्थासम्म आइपुग्दा पञ्चायती कानून लागू हुँदा समयसापेक्ष विकास हुन  नसकेको बताउनुभएको छ।
    सामुदायिक रेडियो प्रसारक संघकाे ललितपुरमा आज शुक्रबार आयाेजित १८ओैं साधारणसभा तथा आठौं अधिवेशनकाे उद्घाटन समारोहमा मन्तव्य राख्नुहुँदै अहिले पनि २०१३, २०१९ सालकाे सञ्च सम्बन्धि कानून भएको भन्दै एक वर्षभित्र त्यसलाई प्रतिस्थापन गरि समस्या समाधान गर्न लाग्ने बताउनुभएको हाे। “यस वर्ष सञ्चार क्षेत्रमा देखिएका बिकृतिविसंगतिकाे अन्त्य गर्न लाग्नेछु, सरकार प्रेस स्वतन्त्रताको विरुद्धमा छैन, इमानदारपूर्वक समस्या समाधानमा लाग्नेछु । वहुदलीय व्यवस्था हुँदै गणतन्त्रसम्म आइपुग्दा पनि सञ्चार सम्बन्धि पुरानै कानून हुँदा प्रभावकारी काम हुन नसकेको हाे।” उहाँले भन्नुभयो ।
    उहाँले हरेक क्षेत्रका विकासको अभियान हचुवाकाे भरमा लगानी गर्दा चुनाैतीहरु धेरै सामना गर्नुपरेको अवस्था छ भन्नुहुँदै विगतमा अध्ययन अनुसन्धान नगरी सामुदायिक रेडियो खाेल्दा अहिले बढि चुनाैती देखा परेको धारणा राख्नुभयाे ।
    “एक वर्षभित्र धेरै कानून बन्छन्, आमसञ्चार विद्येयक ड्राफ्ट गरिसकेका छाै, अरु कानूनकाे तयारी हुँदै छन्, केही मन्त्रीपरिषदमा जाँदै छ, साइवर सुरक्षा अहिलेकाे ठूलाे चुनाैती हाे, कानून बन्दैछ । सामुदायिक रेडियोकाे पनि समस्या समाधान गर्छाैं, सबै विद्येयकहरु पास हुन्छन् ।” मन्त्री गुरुङले भन्नुभयो ।
    हरेक समस्याको समाधान गर्ने याेग्यता, क्षमता चाहिने भन्दै त्यसका लागि जिम्मेवारी भएर शासकीय क्षमता अभिबृद्धि गर्नुपर्नेमा जाेड दिनुभयाे । त्यस्तै उहाँले कानून कार्यान्वयनका लागि उचित जनशक्तिको व्यवस्थापन पनि मुख्य चुनाैती भएको भन्दै असल नेतृत्व भएन भने कानून बनाएर मात्रै कार्यान्वयन गर्न सकिंदैन भन्ने धारणा राख्नुभयाे । समाजवाद स्थापना गर्ने हाे भने शासकीय क्षमता अभिबृद्धि गर्नुपर्छ भन्नेमा उहाँकाे जाेड थियो ।
    जनताको चेतना अभिबृद्धि गर्न र नेपाली समाजमा सामुदायिक रेडियोले पुर्‍याएकाे याेगदान विर्सनु हुँदै भन्नुहुँदै आफ्नो सीमाभित्र रहेर समस्या समाधानकाे प्रतिवद्धता व्यक्त गर्नुभयाे।
    नेपाली कांग्रेस सूचना तथा प्रचारप्रसार विभागका प्रमुख मीन बहादुर विश्वकर्माले प्रेस विना लाेकतन्त्रकाे संरक्षण नहुने भन्दै लाेकतन्त्रका गीत गाउनेहरुले प्रेसलाई बलियाे बनाउनुपर्ने बताउनुभयो । “प्रेसलाई झञ्झटिलाे माध्यमबाट हिडाएर न लाेकतन्त्र बच्दछ, न वाक स्वतन्त्रता।” उहाँले भन्नुभयो ।
    उहाँले स्थानीय प्रदेश र संघकाे छुट्टाछुट्टै कानून हुँदा प्रेसलाई समस्या भएको भन्दै एउटै कानूनले एकद्वार प्रणालीमार्फत काम गरिनुपर्नेमा जाेड दिनुभयाे । उहाँले सामुदायिक रेडियोहरुलाई राज्यले अलि फरक ढंगले संरक्षण गर्नुपर्ने भन्दै अन्य देशमा सामुदायिक रेडियोकाे अवस्था सुदृढ रहेकाे बताउनुभयाे । सामुदायिक रेडियोले उत्पादन गर्ने सामग्रीहरुमा सुधार गर्दै सञ्चार क्षेत्रमा भएका विकृतिविसंगति र चुनाैतीलाई समाधान गर्न राज्यले ध्यान दिनुपर्नेमा जाेड दिनुभयाे ।
    विश्वकर्माले जनताकाे आवाज अनुसार वर्तमान सत्ता गठबन्धन बनेकाे भन्दै जनतालाई सेवा प्रवाह गर्नेमा कुनै कसर नराख्न नहुने बताउनुभयो ।

    नेकपा एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गाैतमले सामुदायिक रेडियाेले वर्तमान समयमा भाेग्नुपरेकाे चुनाैती समाधान गर्न सक्ने नेतृत्व यस अधिवेशनबाट चयन हाेस् भन्ने कामना गर्नुभयाे । “आज सामुदायिक रेडियोकाे मुख्य चुनाैती स्राेतकाे व्यवस्थापन हाे, यसका लागि सराेकारवालहरुसहितकाे सहभागितामा चुनाैती समाधान गर्ने उपाय निकाल्नु पर्छ, प्रशारण गर्ने सामग्रीहरुमा सुधार गर्नुपर्ने अवस्था छ, त्यसका लागि दक्ष जनशक्तिको विकास गरिनुपर्छ। यसका लागि दलीय आग्रह पूर्वाग्रहभन्दा माथि उठ्नुपर्छ।” उहाँले भन्नुभयो ।
    उहाँले समस्या केन्द्रीत बहस चलाउने भन्दा पनि समाधान गर्ने दिशातीर केन्द्रीत भएर लाग्नुपर्नेमा जाेड दिनुभयाे ।
    अकाेराबका निवर्तमान अध्यक्ष सुवास खतिवडाले नेपालका सामुदायिक रेडियोहरुले तीन तहकाे सरकारका कडा कानूनले सृजना गरेका समस्या झेल्नुपरेको भन्दै सञ्चार सम्बन्धि धेरै कानुन बनाएर अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्न खाेजिएकाे बताउनुभयो । उहाँले समुदायको विविधता, समुदायको आवाजलाई मुखरित गर्न सामुदायिक रेडियोले महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाे बताउँदै सामुदायिक रेडियोकाे विकासका लागि समुदायको अपनत्वलाई जाेड दिनुपर्ने बताउनुभयो ।
    नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले रेडियो बचाउने अभियानमा नेपाल प्रेस युनियन सधैं क्रियाशील रहने बताउनुभयो । उहाँले रेडियोकाे नविकरणमा सरकारले दिएकाे अनावश्यक झञ्जटलाई समाधान गर्न सञ्चार मन्त्रालयलाई दवाव दिन उल्लेखनीय काम गरेको बताउँदै अहिले सञ्चार माध्यममा दक्ष पत्रकारहरु स्थापित गर्ने राज्यले लगानी गर्नुपर्छ भन्ने दवाब दिन आन्दोलन गर्न सक्ने नेतृत्व निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालमा लाेकतन्त्रकाे रक्षा गर्न रेडियोकाे भूमिका रहेकाे भन्दै बन्द रहेका ६२ वटा रेडियो सञ्चालनका लागि सरकारले व्यवस्था गरिदिनुपर्ने बताउनुभयो ।
    प्रेस चाैतारी नेपालका अध्यक्ष गणेश बस्नेतले अकाेराबकाे याे अधिवेशनले रेडियोहरुकाे चाहना अनुसारकाे नेतृत्व स्थापित हुने विश्वास व्यक्त गर्नुभयाे। दक्षिण एसियामा रेडियो सगरमाथाबाट सुरु भएको सामुदायिक रेडियो अभियान अहिले समस्या रहेकाे भन्दा साझा समस्याका रुपमा लिएर समाधान गर्नका लागि सञ्चार सम्बद्ध संस्थाहरु एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले सहमतिमा नेतृत्व चयन गरि रेडियो बचाउन लाग्नुपर्ने भन्दै मिलेर अगाडि बढ्नुपर्नेमा जाेड दिनुभयाे ।
    प्रेस सेन्टर नेपालका अध्यक्ष बिष्णु सापकोटा जुगलले अकाेरावकाे याे अधिवेशनले नेपालका सामुदायिक रेडियोलाई सकरात्मक दिशामा अगाडि बढाउन, आवाजविहिनहरुकाे आवाज मुखरित गर्न भूमिका खेलेको बताउनुभयो । उहाँले हिजाेकाे समस्या र कमजोरीलाई सुधार गरेर जनताका आशा र अपेक्षालाई सम्बाेधन गर्न लाग्नुपर्ने धारणा राख्नुभयाे । सामुदायिक रेडियाे र पत्रकार एकअर्कामन नड र मासुकाे जस्तै सम्बन्ध रहेकाे भन्दै रेडियोहरुकाे संस्था अकाेराबकाे याे अधिवेशनले सक्षम नेतृत्व चयन गर्ने विश्वास व्यक्त गर्नुभयाे।
    मधेशी पत्रकार समाजका अध्यक्ष माेहन सिंहले विपदमा रेडियोले सन्देश प्रवाह गरेकाे भन्दै गाउँगाउँमा सूचना सञ्चार गर्ने महत्त्वपूर्ण माध्यम भएको बताउँदै सबैलाई समेटेर समावेशी नेतृत्व स्थापित गर्न आग्रह गर्नुभयाे ।
    समाजवादी पत्रकार समाजका अध्यक्ष विश्वमणि सुवेदीले रेडियो आन्दोलन याे मुलुककाे विकासका सन्दर्भमा प्रत्यक्ष  सराेकार राख्ने भन्दै मुलुककाे समग्र परिस्थितिलाई नियाल्न रेडियोहरुकाे सशक्त भूमिका आवश्यक भएको बताउनुभयो। उहाँले सुदृढ रेडियोकाे विकासका लागि अकाेराबकाे सशक्त नेतृत्वकाे आवश्यकता रहेकाेमा जाेड दिनुभयाे ।
    सञ्चारिका समूहका अध्यक्ष विमला तुम्खेवाले सञ्चार माध्यमका कार्यरत महिलाहरू समस्याका कारण पलायन हुने अवस्थामा रहेको भन्दै यसका लागि सबै मिलेर समाधान गर्न लाग्नुपर्ने बताउनुभयो । उहाँले आउने दिनहरुमा देखा परेका समस्यालाई मिलेर समाधानमा लाग्न सकिन्छ भन्दै निर्णायक तहमा महिला पत्रकारकाे उपस्थितिकाे पनि आवश्यकता रहेकाेमा जाेड दिनुभयाे।
    व्राेडकास्टिङ एशाेसियशन अफ नेपाल (बान)का अध्यक्ष कुमार भट्टराईले मानव विकास सुचकाङ्क वृद्धि गर्न, गुणस्तरीय जीवनयापनका लागि सूचना प्रवाहमा र विपतमा काम गर्नुपर्ने रेडियोकाे आवश्यकता रहेकाे भन्दै नयाँ मिडियाकाे आगमन भएपनि दिशानिर्देशका लागि सामुदायिक रेडियोहरुकाे आवश्यकता रहेकाे धारणा राख्नुभयाे।
    अकाेराबमा आवद्ध ३ सय १६ वटा सामुदायिक रेडियो सञ्चालनमा रहेकाे र ६२ वटा सामुदायिक रेडियोहरु बन्द अवस्था रहेकाे भन्दै अध्यक्ष अर्जुन गिरीले पछिल्लो समय सामुदायिक रेडियो सरकारकाे उपेक्षामा परेको गुनासो गर्नुभयाे ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल, नेपाल–चीन सहकार्य…

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका छन्। चीनका विदेशमन्त्री वाङ्ग यीको निमन्त्रणामा

    देशभर १६ सय नयाँ टेलिकम टावर निर्माण प्रक्रिया अघि बढ्यो,…

    काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देशभर दूरसञ्चार सेवा विस्तार तथा गुणस्तर सुधारका लागि करिब १६ सय नयाँ

    नेपाल टेलिभिजनका उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न चार सदस्यीय…

    काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजनद्वारा विभिन्न समयमा गरिएका उपकरण, प्रविधि तथा सेवा खरिद

    प्रतिनिधिसभा बैठक आज बस्दै, विभिन्न मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको मन्त्रीहरूले…

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (बुधबार) बिहान ११ बजे संघीय संसद् भवन, सिंहदरबारमा बस्दैछ। बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न

    परराष्ट्रमन्त्री खनाल र सीपीपीसीसी अध्यक्ष वाङ हुनिङबीच भेटवार्ता

    काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र नेसनल कमिटी अफ द पिपल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सीपीपीसीसी)

    राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा

    काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। आयोगको टोलीले मंगलबार

    Techie IT