Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २९ शुक्रबार

    अपडेट
    गृहपृष्ठअर्थतन्त्रगठबन्धन सरकार अहिलेको बाध्यता हो : अर्थमन्त्री डा.महत

    गठबन्धन सरकार अहिलेको बाध्यता हो : अर्थमन्त्री डा.महत


    मकवानपुर  – अर्थमन्त्री डा. प्रकाशशरण महतले कुनै पनि दलको बहुमत नभएकाले गठबन्धन सरकार बनाउनु अहिलेको बाध्यता भएको बताउनुभएको छ । नेपाली कांग्रेस मकवानपुर प्रथम जिल्ला सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै मन्त्री डा. महतले भन्नुभयो, ‘कतिपय साथीहरुलाई गठनबन्धन किन गर्नुप¥यो भन्ने लागेको होला । यी कुरा पार्टीको कोणबाट हेर्दा ठीकैजस्तो लाग्छ । तर, कुनै पनि दलसँग बहुमत नभएको अवस्थामा गठबन्धन नगरी सरकार बन्दैन ।’

    ‘मिश्रित निर्वाचन प्रणालीले गर्दा एउटा दलको बहुमत आउन कठिन छ । एकल बहुमतका लागि हामीले ठूलै जनप्रभाह हासिल गर्नुपर्ने उहाँको भनाइ थियो’ उहाँले भन्नुभयो, ‘कांग्रेसबाट सरकारमा सहभागी भएका हामीले काम गरिरहेका छौं, तर देशमा समस्या धेरै छ, आवश्यकता धेरै छन् । तर हाम्रो सामथ्र्य कम छ । देशको आम्दानी थोरै छ, थोरै आम्दानीले धेरै समस्याको समाधान एकैपटक हुँदैन । तर समस्या समाधानका लागि हामीले इमान्दार प्रयास गरिरहेका छौं, समर्पणका साथ काम गरिरहेका छौं ।’

    मन्त्री डा. महतले भन्नुभयो, ‘म अर्थमन्त्री बनेका बेला हाम्रो अर्थतन्त्र अत्यन्त अप्ठ्यारोमा थियो, अघिल्लो सरकारले सिर्जना गरेको समस्या थुप्रिरहेका थिए । त्यसबेला ठूल–ठूलो बिल्डिङ बन्ने घोषणा भए, बिल्डिङ बनुन्जेल रोजगारी पाइन्छ, सिमेन्ट, छठ बिक्री हुन्छ, केही आर्थिक गतिविधि पनि बढ्छ । बिल्डिङ बनिसकेपछि उत्पादन दिन छोड्छ । घरबाट निस्कन नमिल्ने बेलामा धेरै ऋण प्रवाह भयो । त्यो ऋण जग्गा र सेयर बजारमा लगानी भयो । जग्गा र सेयरको भाउ बढिहाल्छ भनेर लगानी भएको थियो । तर सधैं भाउ बढ्ने अवस्था थिएन । त्यसबेला जसले ऋण लिए उनीहरु अहिले समस्यामा छन् ।’

    बहुमत ल्याएर कांग्रेसको एकल सरकार निर्माणका लागि एकता, सद्भाव र जिम्मेवारीप्रति उच्च समर्पणभाव आवश्यक रहेको मन्त्री डा. महतको भनाइ छ । उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेस पार्टीले गरेको काम र भोलि गरिने कामप्रति सबैले गर्व गर्नुपर्छ, हामी जुन संस्थामा लागेका छौं, यो संस्थामा पुरानो र युवा पुस्ता छ । यो पार्टी एउटा परिवारजस्तो पार्टी हो । लामो समयदेखि दुःखसुखमा हामी सँगै छौं, लामो उठबस भएपछि १९–२० हुनु स्वभाविक हो । ठूलो पार्टी भएको हुनाले सबैले एकैपटक जिम्मेवारी पाउन कठिन हुन्छ । मान्छे खोजीखोजी ल्याएर राख्ने नयाँ पार्टीजस्तो कांग्रेस होइन ।’

    आम निर्वाचनमा पार्टीको पक्षमा एकत्रित भएर उभ्यौं भने कांग्रेसले बहुमत ल्याउन सक्छ । एकताभाव, सद्भाव, सहकार्य र समर्पण कमी आउनु हुँदैन । हाम्रो कतिपय उठबसमा देखिएका समस्याले तिक्तता विकसित हुन्छ । यो तिक्तता आम निर्वाचनमा अभिव्यक्त हुन थाल्यो भने पार्टीका लागि दुर्भाग्य हुने उहाँले बताउनुभयो ।

    ‘कांग्रेसभित्र समस्या छ, यसलाई सम्बोधन गर्नेवित्तिकै हाम्रो पार्टीले बहुमत ल्याउन सक्छ । नयाँ कुरा लिएर नयाँ पार्टी आउन सक्छन्, तर कुरा गर्न सजिलो हुन्छ, काम गर्न गाह्रो हुन्छ । कुराको पछाडि होइन, कामको आधारमा पार्टीहरुको मूल्यांकन हुनुपर्छ’ मन्त्री डा. महतले भन्नुभयो, ‘बीपी कोइरालाले भन्नुहुन्थ्यो, ‘सत्यको मुख बन्द भयो भने झुटोको थुतुनो चल्छ ।’ सत्य बुझेर पनि हामी झुटोको अगाडि चुप लाग्यौ भने, झुटोको थुतुनो चलेको चलै हुन्छ । आम जनताले त्यही झुटोलाई सत्य ठान्छन् । झुटोलाई चिर्न सत्यको मुख बन्द हुनुहुन्न ।’

    हाम्रो मुख पार्टीभित्रै साथीहरुको आलोचना गर्न प्रयोग हुनुको सट्टा, जसले हामीविरुद्ध झुटो प्रचार गरिरहेका छन्, त्यसको खिलाफमा हाम्रो पार्टीका साथीहरुको मुख खुल्नुपर्छ । यति गर्न सकियो भने मित्थ्या प्रचारको अन्त्य हुन्छ, झुठ पराजित हुन्छ । यो कुरा हाम्रा साथीहरुले आत्मसाथ गर्न मन्त्री डा. महतले आग्रह गर्नुभयो ।

    मन्त्री डा. महतले भन्नुभयो, ‘कांग्रेसको सबैभन्दा ठूलो कमजोरी भनेको प्रचार हो । हाम्रा कुरा राख्दैनौं, अरुको कुरा सुन्ने, त्यसबाट प्रभावित हुने र आफैलाई गाली गर्ने प्रवृत्ति हामीकहाँ विद्यमान छ । झुटोको थुतुनो सुनेर हामी प्रभावित हुनुभएन ।’




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    ‘नेपालकै आम्दानीले देश बनाउने गरी बजेट ल्याएका छौँ’ : अर्थमन्त्री…

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालकै आन्तरिक आम्दानीबाट देश विकास गर्ने लक्ष्यसहित सरकारले नयाँ बजेट ल्याएको बताएका छन् ।

    बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको

    मधेसमा विद्युत् प्रसारण र सबस्टेसन निर्माण तीव्र, औद्योगिक क्षेत्रको आपूर्ति…

    काठमाडौँ । मधेस प्रदेशमा बढ्दो विद्युत् माग र औद्योगिक क्षेत्रको आवश्यकता पूरा गर्न प्रसारण लाइन तथा विद्युत् केन्द्र (सबस्टेसन) निर्माणलाई

    राष्ट्रिय अभिलेखालयका ऐतिहासिक दस्ताबेज संरक्षणमा जोड दिन अर्थमन्त्री वाग्लेको आग्रह

    काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय अभिलेखालयमा सङ्ग्रहित ऐतिहासिक, राजनीतिक, धार्मिक तथा सांस्कृतिक दस्ताबेजको संरक्षण र प्रवर्धनलाई प्राथमिकता दिनुपर्ने

    सुनको मूल्य तोलामा १ हजार २ सयले घट्यो, चाँदी पनि…

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मूल्य तोलामा १

    जलेका सरकारी स्रेस्ता व्यवस्थापन गर्न कानुन संशोधन गर्न सरकार तयार…

    काठमाडौं । सार्वजनिक लेखा समितिको बैठकमा २०८२ भदौ २३ र २४ गतेको आन्दोलन तथा त्यसक्रममा जलेका सरकारी स्रेस्ताको व्यवस्थापनबारे छलफल

    Techie IT