Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २४ आईतवार

    अपडेट
    गृहपृष्ठप्रदेशबाग्मतीगङ्गाजमुना मेला भव्यताका साथ सम्पन्न, ४० हजार बढीको सहभागीता

    गङ्गाजमुना मेला भव्यताका साथ सम्पन्न, ४० हजार बढीको सहभागीता


    धादिङ/२८ कात्तिक,धादिङको उत्तरी क्षेत्रमा पर्ने गंगाजमुना गाउँपालिका स्थित ढाडखर्कमा रहेको गंगाजमुना माईमेला २०८१ भव्यताका साथ सम्पन्न भएको छ ।

    गंगाजमुना गाउँपालिकाको आयोजनामा सोमबार र मंगलबार भएको कार्यक्रममा ४० हजार बढी भक्तजनको सहभागीता रहेको गाउँपालिका पर्यटन विकास समितिका संयोजक एवम् वडा नं ६ का वडाअध्यक्ष रमेश ढकालले जानकारी दिनुभयो ।

    उक्त दुईदिने मेलाको बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले उद्घाटन गर्नुभएको थियो । सोमबार बिहानैदेखि झरनाको फेदीमा जम्मा भएका भक्तजनले मंगलबार एकादशीको दिन बिहान त्यही स्नान गरी पूजाआजा गरि मनाएका छन् ।

    तीन सय मिटर माथि पहराको टुप्पोबाट खस्ने गङ्गा र जमुना नामका दुई झरना रहेका छन् । झरनामा नुहाएर मनले चिताएको पूरा होस् भनेर आर्शिवाद माग्ने चलन छ । झरना झरेको पहराको बीचमा रहेको मन्दिरमा गएर गंगाजमुनाको पूजाआजा गर्ने गरिन्छ ।

    उक्त झरनाको नामबाटै गाउँपालिकाको नामसमेत रहन गएको हो । मेलाको अघिल्लो दिनमा फूलको डोली ल्याएर रातभर जाग्राम बसेर भोलिपल्ट डोरी तार्ने चलनसमेत रहेको छ ।

    एकादशीको दिन बिहान गङ्गाजमुनाको छहरामा स्नान गरी डोली तार्ने, बत्ती सेलाउने र पहरामा रहेको भगवान् गङ्गाजमुनाको दर्शन गरी फर्किने चलन छ । गङ्गाजमुना झरना र कुकुर धारा नुहाउँदा कुकुरले टोकेको दोष निवारण हुने तथा परिवारमा सुखशान्ति र संमृद्धि छाउने,वर्षभरि कुकुर वा अन्य कुनै जनावरले टोकेमा निको हुने,सन्तान प्राप्ति हुने धार्मिक विश्वास रहि आएको संयोजक ढकालले बताउनुभयो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम

    काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा

    परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति : परराष्ट्रमन्त्री खनाल

    ललितपुर । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन्। ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः

    महाङ्काल मन्दिरको चौघेरा सत्तल पुनःनिर्माण सम्पन्न, महानगरद्वारा उद्घाटन

    काठमाडौं । काठमाडौं महानगरपालिकाले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त महाङ्काल मन्दिर परिसरको ऐतिहासिक चौघेरा सत्तलको पुनःनिर्माण सम्पन्न गरेको छ। करिब ८

    राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरुङको माफी : ‘मेरो भाषा अलि…

    काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभा बैठकमा आफ्नो अभिव्यक्ति रुखो तथा ठाडो हुन पुगेको स्वीकार गर्दै सांसदहरूसँग माफी मागेका

    रौतहटमा पेट्रोल ट्याङ्कर पल्टिएपछि आगलागी, मानवीय क्षति भएन

    रौतहट ।  रौतहटको चन्द्रपुर नगरपालिका–४ धन्सार पुलस्थित महेन्द्र राजमार्गमा पेट्रोल बोकेको ट्याङ्कर पल्टिएपछि लागेको आगो सशस्त्र प्रहरी, नेपाल प्रहरी र

    काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं सेवा निवृत्त, महानगरद्वारा सम्मानसहित…

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ आजदेखि अनिवार्य अवकाशमा गएका छन्। उमेर हदका कारण सेवा निवृत्त भएका

    Techie IT