खेलकुदको विकासमा कांग्रेसले विशेष ध्यान दिन्छ – शेरबहादुर देउवा
काठमाडौं / १४ पुस, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको खेलकुद क्षेत्रको विकासमा पार्टीले ध्यान दिनु पर्ने बताउनु भयो।
नेपाल लोकतान्त्रिक खेलकुद संघले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवाले खेलकुद जगतलाई कांग्रेसले महत्वका साथ हेरेको भन्दै यस क्षेत्रको बिकासमा ध्यान दिने बताउनुभयो।
उहाँले हरेक युवाहरुलाई खेल क्षेत्रमा जोड्न सके खेलको पनि बिकास हुने धारणा राख्नुभयो। देउवाले बिभिन्न रनिङ् शिल्डलाई पनि प्रभावकारी ढंगले निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो। ओलम्पीक कमिटीमा देखिएको विवाद उचित नभएको भन्दै उनले अदालतको आदेश सवैले मान्नुपर्ने जिकिर गर्नुभयो।
कार्यक्रममा संघको महाधिवेशन केन्द्रीय निर्देशन समिति संयोजक एवं कांग्रेस सांसद मोहन बहादुर बस्नेतले देशलाई चिनाउनका लागि खेलकुदको धेरै योगदान रहेपनि खेल क्षेत्रको उचित बिकास हुन नसकेको बताउनुभयो।
उनले खेलकुदको क्षेत्रमा भएको बजेट न्यून रहेकाले यसलाई बढाउनका लागि पार्टीले पनि पहल गर्नुपर्ने धारणा राख्नुभयो। उनले सबै तहका खेल क्षेत्रमा केहि न केहि रकम छुट्टाएको अवस्थामा सवैले आ–आफ्नो ठाँउबाट पनि खेल क्षेत्रलाई अघि बढाउन भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
- २ सरकार–निजी क्षेत्र सहकार्यबाटै आर्थिक रूपान्तरण सम्भव : अर्थमन्त्री वाग्ले
- ३ भव्यताकासाथ मनाइयो राष्ट्रिय विभूति वडाकाजी अमरसिंह थापाको २१०औँ स्मृति दिवस
- ४ फ्रान्समा डढेलोको कहर : आगजनी र लापरवाहीको आरोपमा ४२० जना पक्राउ
- ५ आईएसपीको अर्बौं बक्यौता असुली प्रक्रिया अघि, किस्ताबन्दीमा तिर्न सेवा प्रदायकको प्रस्ताव
- ६ काठमाडौंका होटल–रेस्टुरेन्टलाई धुम्रपानका लागि छुट्टै स्थान अनिवार्य बनाउन प्रशासनको निर्देशन
- ७ रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने

तपाईको प्रतिक्रिया दिनुहोस