Techie IT
  • The Film Nepal
  • २०८३ असार ४ बिहीबार

    अपडेट
    गृहपृष्ठस्वास्थ्यक्षयरोग मुक्त अभियानकामा रामग्राम नगरपालिका

    क्षयरोग मुक्त अभियानकामा रामग्राम नगरपालिका


    नवलपरासी । रामग्राम नगरपालिकाले क्षयरोग मुक्त अभियान संन्चाल गरेको छ । अभियान अन्तर्गत पहिलो चरणमा महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका र गाउँघर क्लिनिक सञ्चालन गर्ने स्वास्थ्य कर्मीहरुलाई क्षयरोग स्क्रिनिङ सम्बन्धि अभिमुकिकरण कार्यक्रम सञ्चालन गरिएको छ ।

    हरेक वडामा क्षयरोग मुक्त अभियानको लागि वडा समिति गठन गरेर आफ्नो वडामा भएका क्षयरोग सम्बन्धि समस्याहरुलाई समाधान गरेर आउने दिनमा क्षयरोग मुक्त वडा बनाउनको लागि सुक्ष्म योजना पनि बनाइ नगरपालिका लागि परेको छ । रामग्राम नगरपालिकामा १८ ओटा वडा छन् । अहिलेसम्म १२ वटा वडामा सुक्ष्म योजना बनाएर सकिएको छ ।

     

    क्षयरोग पहिचान, निदान, उपचार, रोकथाम र बिभिन्न जनचेतनामुलक कार्यक्रमहरु सञ्चालनमा खटाउनको लागि भनेर हरेक वडाबाट एक एक जना क्षयरोग मुक्त सामुदायिक स्वेमसेवक (टीबीएफसीभी) छनोट गरेर उनीहरुलाई क्षयरोग पहिचान, निदान, उपचार, रोकथाम समेटिएको बिभिन्न विषयवस्तुमा आधारित रहेर अभिमुखीकरण कार्यक्रम पनि सञ्चालन भईसकेको छ ।

    रामग्राम नगरपालिका भित्रका सबै ११ हजार ४०७ घरधुरीमा टीबी एफसीभी परिचालन गरि समुदायमा रहेका क्षयरोगको लक्षण भएका व्यक्तिहरुको पहिचान गरि समयमै उपचारको दायरामा ल्याउने नगरपालिकाको लक्ष्य रहेको छ । त्यसका लागि आवश्यक योजनाका साथ नगरपालिका बढेको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    गोकर्णेश्वरका ३ वडामा बर्ड फ्लु पुष्टि, नगरपालिकाद्वारा उच्च सतर्कता अपनाउन…

    काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका वडा नं. २, ३ र ४ मा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड फ्लु पुष्टि भएपछि

    कंगोमा इबोला संक्रमण तीव्र रूपमा फैलिँदै: ९०० भन्दा बढी केस,…

    काठमाडौँ । अफ्रिकी देश कंगोमा Ebola virus disease को प्रकोप तीव्र गतिमा फैलिँदै गएको छ । देशको पूर्वी क्षेत्रमा देखिएको

    आगामी जेठ १६ १७ मा चिकित्सक संघको सम्मेलन हुँदै

    भरतपूर ।नेपाल चिकित्सक संघले यही जेठ १६ र १७ गते चिकित्सक सम्मेलन आयोजना गर्ने भएको छ ।‘आधुनिक, सुलभ, किफायती र

    चितवनमा १३ जनामा औलो संक्रमण पुष्टि

    नारायणगढ। चालु आर्थिक वर्षमा जिल्लामा १३ जनामा औलो (मलेरिया) रोगका बिरामी भेटिएका छन् ।औलो रोग संक्रमणको आशंकामा उपचारका लागि आएका

    पशुपति मित्र माविद्वारा निशुल्क स्वास्थ्य शिविरको आयोजना

    काठमाडौं । काठमाडौंको चावहिलस्थित पशुपति मित्र माध्यमिक विद्यालयको आयोजनामा ‘वृहत निशुल्क स्वास्थ्य परिक्षण शिविर’ सम्पन्न भएको छ । काठमाडौं महानगरपालिका

    का.म.न.पा, स्वास्थ्य विभागद्वारा एक दिने अभिमुखीकरण सम्पन्न

    काठमाडौं । काठमाडौं महानगरपालिका अन्तर्गतको स्वास्थ्य विभाग, शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको आयोजनामा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

    Techie IT