Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २५ सोमबार

    अपडेट
    गृहपृष्ठराजनीतिक्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने

    क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने


    काठमाडौँ|  क्यान्सरको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्रीहरू स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको छ।

    आइतबार ‘डाइरेक्ट रिलिफ’ सहयोग तथा ’वान हार्ट वल्र्डवाइड’ को समन्वयमा क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्रीहरू नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको हो ।

    औषधि हस्तान्तरणपछि स्वास्थ्यमन्त्री प्रदीप पौडेलले डाइरेक्ट रिलिफ र सरकरसँगै औषधि सिँधै आउने स्थितिका लागि प्रयास गर्दा नभएपछि ‘वान हार्ट वल्र्डवाइड’संस्थामार्फत ल्याइएको जानकारी गराए ।

    उनले भने,‘डाइरेक्ट रिलिफ र सरकरसँगै औषधि सिँधै आउने स्थितिको लागि हामीले प्रयास गर्यौं तर त्योबाट नहुने भएपछि ’डाइरेक्ट रिलिफ’ ले ’वान हार्ट वल्र्डवाइड’ दिएर त्यसमार्फत हामीलाई दिएको छ । दुई तीन महिनामा आउँछ भन्ने आशा थियो । तर प्रकृया लामो भएर आज आइपुगेको छ । ’

    आजै ती औषधी र स्वास्थ्य सामाग्रीहरू क्यान्सर उपचारमा संलग्न चार अस्पतालहरू बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँके, वीर अस्पताल, काठमाडौँलाई हस्तान्तरण गरिएको छ।

    स्तन क्यान्सर, प्लाक सोरियासिस, अल्जाइमर आदि स्वास्थ्य समस्यामा प्रयोग हुने यी औषधि र स्वास्थ्य सामग्रीहरू यी चार अस्पतालहरूमा क्यान्सरका बिरामीहरूलाई निःशुल्क रूपमा उपलब्ध गराइनेछ। मन्त्रालयले सम्बन्धित निकायहरूसँगको सहयोग र समन्वयमा यी औषधि तथा स्वास्थ्य सामाग्रीहरू भविष्यमा पनि निरन्तर रूपमा उपलब्ध गराउने गरी पहल गरिरहेको विज्ञप्तिमार्फत जनाएको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने

    काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। रास्वपाका सहमहामन्त्री

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला

    कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह जंगलमा मृत अवस्थामा फेला परेका छन्। गत शुक्रबार दिउँसोदेखि सम्पर्कविहीन रहेका सिंहको शव

    आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम

    काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा

    परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति : परराष्ट्रमन्त्री खनाल

    ललितपुर । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन्। ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः

    महाङ्काल मन्दिरको चौघेरा सत्तल पुनःनिर्माण सम्पन्न, महानगरद्वारा उद्घाटन

    काठमाडौं । काठमाडौं महानगरपालिकाले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त महाङ्काल मन्दिर परिसरको ऐतिहासिक चौघेरा सत्तलको पुनःनिर्माण सम्पन्न गरेको छ। करिब ८

    राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरुङको माफी : ‘मेरो भाषा अलि…

    काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभा बैठकमा आफ्नो अभिव्यक्ति रुखो तथा ठाडो हुन पुगेको स्वीकार गर्दै सांसदहरूसँग माफी मागेका

    Techie IT