कोशी ब्यारेजमा पानीको बहाव २ लाख २९ हजार क्युसेक, ३० ढोका खोलिए
सुनसरी । कोशी नदीमा पानीको सतह निरन्तर बढ्दै गएको छ । शुक्रबार दिउँसो १ः१५ बजेसम्म कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड २ लाख २९ हजार ९६० क्युसेक पुगेको छ ।
पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये ३० वटा ढोका खोलिएका छन् । जलस्तर बढेसँगै कोशी आसपासका क्षेत्रमा जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
सप्तकोशी जलमापन केन्द्रका अनुसार कोशी ब्यारेजमा पानीको बहाव १ लाख ५० हजार क्युसेक पुगेपछि खतराको सूचकका रूपमा रातो झन्डा र बत्ती बाल्ने व्यवस्था रहेको छ ।
पानीको बहाव अझै बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै नदी आसपासका बासिन्दालाई सतर्क रहन तथा आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेपाली कांग्रेसको १५औँ महाधिवेशन : २२ वर्षका युवा महत महाधिवेशन प्रतिनिधिमा निर्वाचित
- २ मेलम्चीमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय उद्घाटन
- ३ प्रतिनिधिसभाको बैठक आज बस्दै, विभिन्न विधेयक कार्यसूचीमा
- ४ सामुदायिक योग समूह गाईजात्रा (इन्द्रजात्रा) विशेष कार्यक्रम मनाइयो
- ५ म्याग्दीमा पहिरोमा परी ६ जनाको मृत्यु, ३ जना बेपत्ता
- ६ आज देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी
- ७ आजको विदेशी मुद्राको विनिमय दर : डलर १५३ रुपैयाँ ६१ पैसामा बिक्री

तपाईको प्रतिक्रिया दिनुहोस