कोशीसहित विभिन्न प्रदेशमा वर्षा र चट्याङको सम्भावना, हिमाली क्षेत्रमा हिमपातको अनुमान
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ।
विभागका अनुसार अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका साथै सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि आंशिक बदली रहेको छ। मधेश प्रदेशमा आंशिक बदली छ भने सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। यसैबीच, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ। अन्य पहाडी भू–भाग तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने मौसम विभागले जनाएको छ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
विभागका अनुसार कोशी प्रदेशका केही स्थानमा तथा देशका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको छ। बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थान तथा मधेश प्रदेशका केही क्षेत्रमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।
आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
रातिको समयमा कोशी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ भने मधेश प्रदेशका केही क्षेत्रमा पनि मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ।
मौसम विभागले मेघगर्जन, चट्याङ र वर्षाको सम्भावना रहेका क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ बडादसैँको साइत सार्वजनिक: असोज २५ गते घटस्थापना, कार्तिक ३ गते बिहान १०:२६ बजे टीकाको उत्तम साइत
- २ नेपाली कांग्रेस १५औँ महाधिवेशन: नयाँ नेतृत्वका लागि मतदान हुदै
- ३ कांग्रेस निर्वाचन अपडेट: राष्ट्रिय सभागृह, खुलामञ्च र तीनवटा हलमा भोटिङ, मोबाइल लैजान निषेध
- ४ सरकारी कार्यालयको बिजुली बिल अब अनलाइनबाटै भुक्तानी हुने
- ५ नेपाली श्रमिकलाई ठूलो राहत: मलेसियामा न्यूनतम तलब २ हजार रिंगिट पुग्यो, मासिक कमाइ साढे ७५ हजार हुने
- ६ नेप्सेमा ६.३८ अंकको गिरावट, सूचक घट्दा पनि कारोबार रकम भने ३ अर्ब ७४ करोड माथि
- ७ विदेशी मुद्राको विनिमय दर सार्वजनिक: कुवेती दिनार सबैभन्दा महँगो, डलरको बिक्रीदर १५५ रुपैयाँ पार

तपाईको प्रतिक्रिया दिनुहोस