कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, भवनमा क्षति, केही घाइते
काठमाडौं । कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। कोलम्बियाली भूगर्भ सर्वेक्षणका अनुसार स्थानीय समयअनुसार सोमबार बिहान ७ः३४ बजे भूकम्प गएको हो।
भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब ९६ किलोमिटर गहिराइमा रहेको बताइएको छ। राजधानी बोगोटालगायत केन्द्रविन्दुबाट सयौँ किलोमिटर टाढाका क्षेत्रमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो।
अधिकारीहरूका अनुसार शक्तिशाली भूकम्पका कारण विभिन्न सहरमा भवन तथा संरचनामा क्षति पुगेको छ। केही भवन भत्किएका छन् भने मानिसहरू घाइते भएका छन्।
चोको राज्यकी गभर्नर नुबिया क्यारोलिना कोर्डोबाले भूकम्पमा केही मानिस घाइते भएको जानकारी दिएकी छन्। यद्यपि, घाइतेको यकिन संख्या भने सार्वजनिक गरिएको छैन।
यो भूकम्प उत्तरी छिमेकी मुलुक भेनेजुएलामा करिब दुई महिनाअघि गएको शक्तिशाली भूकम्पपछि आएको हो। उक्त घटनामा ६१ सयभन्दा बढी मानिसको मृत्यु भएको दाबी गरिएको छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ हिमतालको बढ्दो जोखिम : पूर्वतयारीको आवश्यकता
- २ रसुवा बाढीमा तपाईको आफन्त हराइरहनु भएको छ ? अब khozi.facetagr.com ले सहयोग गर्न सक्छ
- ३ भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ७८८
- ४ ओली र लेखक विरूद्धको जाहेरी प्रहरीले बुझी जाँचबुझ आयोगलाई पठायो
- ५ राज्यबाट सिर्जित सुकुम्बासी : आर्थिक, कृषि तथा भूमिनीतिको यथार्थ
- ६ नाडा अटो शो नेपालको आर्थिक रूपान्तरणको मार्गचित्र बन्न सक्छ : उपराष्ट्रपति यादव
- ७ नयाँ ढंगले जान सबै मन्त्रालयको बिफ्रिङ लिएर समीक्षा गरिरहेको छुः प्रधानमन्त्री

तपाईको प्रतिक्रिया दिनुहोस