कैलाश–मानसरोवर यात्राले बढायो हुम्लाको पर्यटन चहलपहल
हुम्ला । हिमाली जिल्ला हुम्लामा पछिल्लो पाँच महिनामा ६ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार वैशाखदेखि हालसम्म ६ हजार १२५ जना विदेशी पर्यटक जिल्ला भित्रिएका हुन् ।
कार्यालयका अनुसार हुम्ला प्रवेश गर्ने विदेशी पर्यटकमध्ये ३ हजार ५६ जना महिला र ३ हजार ६९ जना पुरुष रहेका छन् । जिल्ला प्रहरी कार्यालय हुम्लाका इन्स्पेक्टर युवराज ढकालले उक्त तथ्यांक सार्वजनिक गरेका हुन् ।
हुम्लाको हिल्सा नाका हुँदै पवित्र तीर्थस्थल कैलाश–मानसरोवर दर्शनका लागि जाने भारतीय तीर्थयात्रीको संख्या उल्लेख्य रहेको छ । उनीहरू काठमाडौं र नेपालगञ्ज हुँदै हुम्लाको हिल्सा पुगेका हुन् ।
विदेशी पर्यटकको आगमन बढेसँगै सदरमुकाम सिमकोट र हिल्सा क्षेत्रका होटल तथा पर्यटन व्यवसायीले राम्रो आम्दानी गरेका छन् । होटल व्यवसायी संघका अध्यक्ष मिम लामाका अनुसार यस वर्ष एउटा होटलले मात्रै १० लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ ।
अन्य मुलुकबाट हुम्लाका विभिन्न स्थानमा घुम्न आउने पर्यटकको संख्या भने तुलनात्मक रूपमा कम छ । यद्यपि कैलाश–मानसरोवर दर्शनका लागि आउने भारतीय तीर्थयात्रीको आगमन अझै जारी रहेको व्यवसायीहरूले बताएका छन् ।
हुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारीका अनुसार भारतीय तीर्थयात्रीको आगमनले होटल व्यवसायी मात्रै नभई स्थानीय नागरिकलाई समेत रोजगारीको अवसर सिर्जना भएको छ । सिमकोटदेखि हिल्सा नाकासम्मका होटल, यातायात तथा अन्य व्यवसायमा यसको प्रत्यक्ष प्रभाव परेको उनले बताए ।
कैलाश–मानसरोवर पुग्न हुम्लाको मार्ग तुलनात्मक रूपमा छोटो दूरीको भएकाले जेठदेखि विदेशी तीर्थयात्रीको आगमन बढ्ने गरेको व्यवसायीहरूको भनाइ छ । जेठ, असार, साउन र भदौलाई कैलाश–मानसरोवर दर्शनका लागि उपयुक्त समय मानिन्छ ।
विदेशी पर्यटकको आगमनबाट स्थानीय तहले समेत आम्दानी गर्दै आएका छन् । सिमकोट र नाम्खा गाउँपालिकाले हुम्ला पुगेका विदेशी पर्यटकबाट शुल्क उठाउँदै आएका छन् । भारतीय पर्यटकबाट प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क लिने गरिएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेपाली कांग्रेसको १५औँ महाधिवेशन : २२ वर्षका युवा महत महाधिवेशन प्रतिनिधिमा निर्वाचित
- २ मेलम्चीमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय उद्घाटन
- ३ प्रतिनिधिसभाको बैठक आज बस्दै, विभिन्न विधेयक कार्यसूचीमा
- ४ सामुदायिक योग समूह गाईजात्रा (इन्द्रजात्रा) विशेष कार्यक्रम मनाइयो
- ५ म्याग्दीमा पहिरोमा परी ६ जनाको मृत्यु, ३ जना बेपत्ता
- ६ रसुवा बाढीको बीमा दाबी २० अर्ब ९८ करोड, छिटो भुक्तानीका लागि संक्षिप्त कार्यविधि लागू
- ७ आज देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

तपाईको प्रतिक्रिया दिनुहोस