Techie IT
  • The Film Nepal
  • २०८३ आश्विन २० मंगलवार

    अपडेट
    गृहपृष्ठ ∕ राष्ट्रिय ∕ कृष्णभीर अवरुद्ध : बाइरोडबाट काठमाडौंमा दैनिक २४ हजार ५ सय ग्यास सिलिन्डर ल्याइँदै

    कृष्णभीर अवरुद्ध : बाइरोडबाट काठमाडौंमा दैनिक २४ हजार ५ सय ग्यास सिलिन्डर ल्याइँदै


    काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर खण्ड अवरुद्ध भएपछि नेपाल आयल निगमले त्रिभुवन राजपथ (बाइरोड) को वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौं उपत्यका तथा आसपासका जिल्लामा पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति व्यवस्था मिलाएको छ।

    गत भदौ १४ गते त्रिशूली नदीको कटानका कारण कृष्णभीर खण्डमा सडक भासिएपछि पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर तथा एलपी ग्यास बुलेटको आवतजावत रोकिएको थियो। त्यसपछि निगमले वैकल्पिक मार्गमार्फत आपूर्ति व्यवस्थापन थालेको हो।

    एलपी ग्यास उद्योगहरूले तराईका डिपोबाट सिलिन्डर भरेर बाइरोड हुँदै काठमाडौं ल्याइरहेका छन्। निगमका अनुसार बिहीबार मात्रै विभिन्न ब्रान्डका करिब २४ हजार ५ सय ग्यास सिलिन्डर काठमाडौं उपत्यकामा भित्र्याइएको छ। भोलिदेखि आपूर्ति थप परिमाणमा नियमित गरिने निगमले जनाएको छ।

    यसअघि भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका जिल्लामा उद्धार तथा राहत कार्य प्रभावित भएपछि निगमले ती क्षेत्रमा इन्धन आपूर्तिलाई निरन्तरता दिँदै आएको छ।

    खोज तथा उद्धार कार्यमा खटिएका हेलिकप्टरका लागि आवश्यक हवाई इन्धन व्यवस्थापन गर्न नेपाली सेनासँगको समन्वयमा नुवाकोटस्थित सेनाको ब्यारेकबाट रिफ्युलिङ सेवा सञ्चालन गरिएको निगमले जनाएको छ। भदौ १० गतेदेखि हालसम्म १ लाख २ हजार लिटर हवाई इन्धन रिफ्युलिङका लागि पठाइसकिएको र सेवा नियमित रूपमा सञ्चालन भइरहेको निगमको भनाइ छ।

    त्यस्तै, निगमको थानकोटस्थित बागमती प्रादेशिक कार्यालयमार्फत बाढी प्रभावित क्षेत्रमा सञ्चालनमा रहेका पेट्रोल पम्पहरूलाई हालसम्म १ लाख ५ हजार लिटर पेट्रोल र २ लाख २ हजार लिटर डिजेल उपलब्ध गराइएको छ। सार्वजनिक बिदाका दिनमा समेत मागअनुसार इन्धन बिक्री–वितरणको व्यवस्था मिलाइएको निगमले जनाएको छ।

    बाढी प्रभावित क्षेत्रमा रहेका विभिन्न सेल्टरका नागरिकका लागि नेपाल एलपी ग्यास उद्योग संघबाट प्राप्त १ हजार २५० सिलिन्डरमध्ये ५०० थान रसुवा र नुवाकोट पठाइसकिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा ती सिलिन्डर पठाइएको निगमले जनाएको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    विद्युत् प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन: महसुल भुक्तानी पूर्ण रूपमा विद्युतीय बनाऊ

    काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिजुलीको महसुल भुक्तानीका लागि नागरिकहरू घण्टौँ लाइन बस्नुपर्ने बाध्यता तत्काल अन्त्य गर्न

    वर्षाले कोरला नाका प्रभावित, १५० बढी कन्टेनर रोकिए

    मुस्ताङ । चीनबाट पैठारी गरिएका मालसामान बोकेका १५० भन्दा बढी कन्टेनर कोरलानाकास्थित लोमान्थाङ गाउँपालिका–४ न्हेचुङ भन्सार क्षेत्रमा रोकिएका छन्। भारी

    आज पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा–हिमपातको सम्भावना

    काठमाडौं । हाल देशमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक

    भोटेकोशी–त्रिशूली विपद् अध्ययन समितिका सभापति पराजुलीले लिए शपथ

    काठमाडौं । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिका नवनिर्वाचित सभापति गणेश पराजुलीले पद तथा

    ऊर्जा सुरक्षा र पूर्वाधार पुनर्निर्माणमा तत्काल ठोस कदम चाल्न सरकारलाई…

    काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी तथा पछिल्लो अविरल वर्षाका कारण

    महाकाली नदीमा आएको बाढीले दोधारा–चाँदनी झोलुङ्गे पुल चुँडियो

    कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीलाई बाँकी नेपालसँग जोड्ने महाकाली नदीमाथिको ऐतिहासिक दोधारा–चाँदनी झोलुङ्गे पुल चुँडिएको छ। बुधबार बिहान महाकाली नदीमा

    Techie IT