Techie IT
  • The Film Nepal
  • २०८३ आश्विन २० मंगलवार

    अपडेट
    गृहपृष्ठ ∕ समाचार ∕ कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन र कान्ति राजपथ वैकल्पिक मार्ग

    कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन र कान्ति राजपथ वैकल्पिक मार्ग


    काठमाडौं । धादिङको कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ।

    त्रिशूली नदीले सडक आसपासको जमिन कटान गरेपछि कृष्णभीरमा पहिरो खसेको हो। सडक अवरुद्ध भएपछि काठमाडौं, धादिङ हुँदै चितवन, तनहुँ, कास्की लगायत पश्चिम नेपालका विभिन्न जिल्लातर्फ आवतजावत गर्ने सवारीसाधन प्रभावित भएका छन्।

    सडक विभागले तत्कालका लागि त्रिभुवन राजपथ र कान्ति राजपथलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्ने व्यवस्था मिलाएको जनाएको छ।

    सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज न्यौपानेका अनुसार ठूला सवारीसाधनसमेत त्रिभुवन राजपथबाट सञ्चालन गर्न सकिनेछ। सडक केही साँघुरो भए पनि यसअघि पनि उक्त मार्गबाट सवारीसाधन सञ्चालन हुँदै आएको उनले बताए।

    उनका अनुसार अन्य वैकल्पिक मार्गसमेत सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। साथै, कृष्णभीरमा स्थायी पुनर्निर्माणका लागि समय लाग्ने भएकाले तत्काल अस्थायी ट्र्याक खोलेर सडक सञ्चालनमा ल्याउने योजना विभागले बनाएको छ।

    न्यौपानेले करिब १५ दिनभित्र अस्थायी रूपमा सडक सञ्चालनमा ल्याउने योजना रहेको जानकारी दिए।

    त्रिशूलीको बहाव परिवर्तनले थप जोखिम

    सडक विभागका प्रवक्ता न्यौपानेका अनुसार त्रिशूली नदीको बहाव परिवर्तन भएर सडकतर्फ कटान सुरु भएपछि कृष्णभीर क्षेत्रमा थप जोखिम बढेको छ।

    नदी सडकको छेउतर्फ बग्न थालेपछि सडकको तल्लो भाग कटान गरी क्षति पुर्‍याइरहेको उनले बताए। नदीको सतहसमेत बढेकाले आगामी बाढीमा सडकसम्मै पानी पुग्न सक्ने जोखिम रहेको उनको भनाइ छ।

    उनका अनुसार नदी कटानका कारण सडकमा थप क्षति पुग्ने सम्भावना रहेकाले विभागले जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गरिरहेको छ।

    वैकल्पिक मार्ग सञ्चालनका क्रममा तत्काल कुन–कुन स्थानमा सडक चौडा वा मर्मत गर्नुपर्ने हो भन्ने विषयमा पनि विभागले अध्ययन गरिरहेको छ। यद्यपि, त्यसबारे हालसम्म ठोस निर्णय भइनसकेको विभागले जनाएको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    विद्युत् प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन: महसुल भुक्तानी पूर्ण रूपमा विद्युतीय बनाऊ

    काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिजुलीको महसुल भुक्तानीका लागि नागरिकहरू घण्टौँ लाइन बस्नुपर्ने बाध्यता तत्काल अन्त्य गर्न

    वर्षाले कोरला नाका प्रभावित, १५० बढी कन्टेनर रोकिए

    मुस्ताङ । चीनबाट पैठारी गरिएका मालसामान बोकेका १५० भन्दा बढी कन्टेनर कोरलानाकास्थित लोमान्थाङ गाउँपालिका–४ न्हेचुङ भन्सार क्षेत्रमा रोकिएका छन्। भारी

    आज पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा–हिमपातको सम्भावना

    काठमाडौं । हाल देशमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक

    भोटेकोशी–त्रिशूली विपद् अध्ययन समितिका सभापति पराजुलीले लिए शपथ

    काठमाडौं । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिका नवनिर्वाचित सभापति गणेश पराजुलीले पद तथा

    ऊर्जा सुरक्षा र पूर्वाधार पुनर्निर्माणमा तत्काल ठोस कदम चाल्न सरकारलाई…

    काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी तथा पछिल्लो अविरल वर्षाका कारण

    महाकाली नदीमा आएको बाढीले दोधारा–चाँदनी झोलुङ्गे पुल चुँडियो

    कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीलाई बाँकी नेपालसँग जोड्ने महाकाली नदीमाथिको ऐतिहासिक दोधारा–चाँदनी झोलुङ्गे पुल चुँडिएको छ। बुधबार बिहान महाकाली नदीमा

    Techie IT