Techie IT
  • The Film Nepal
  • २०८२ मंसिर २७ शनिबार

    अपडेट
    गृहपृष्ठसमाचारकृषि बिमा तत्काल लागु गर्नुपर्ने आजपाको माग

    कृषि बिमा तत्काल लागु गर्नुपर्ने आजपाको माग


    सर्लाही ।आम जनता पार्टी (आजपा)ले किसानलाई समयमै मलखाद सहितको सेवा सुविधा उपलब्ध गराउनुपर्ने माग सरकारसंग गरेको छ । जिल्ला प्रशासन कार्यालय सर्लाही, मलंगवामा प्रमुख जिल्ला अधिकारलाई ज्ञापनपत्र बुझाउदै किसानलाई मलखाद्य लगायतका सेवासुविधा उपलब्ध गराउन माग गरेको हो ।

    आफूहरुको माग समयमै सम्बोधन गर्दै किसानलाई बिउँबिजन, मलखाद्य, सिचाई सहितका सेवा सुविधा उपलब्ध नगराए कडा आन्दोलनको चेतावनी समेत आजपाले दिएको छ । आजपा प्रवक्ता चन्द्रभुषण साहले सरकारले किसानसंग विभेद गर्दै आएको बताउदै आफूहरुको माग पुरा नभए सडकमा उत्रिने चेतावनी दिएका छन् ।

    समयमै युरिया मलखादको पर्याप्त उपलब्धता गराउनुपर्ने, अन्नदाता किसानलाई सम्मान सहित पेन्सनको व्यवस्था गर्नुपर्ने, कृषि बिमा तत्काल लागु गर्नुपर्ने, पर्याप्त एवम् सहज रुपमा सहुलियत कृषि ऋण उपलब्ध गराउनुपर्ने, कृषी उपकरण ट्याक्टरमा लाग्ने सम्पूर्ण कर खारेजी गर्नुपर्ने, कृषी विद्युतिकरण पूर्ण निःशुल्क गर्नुपर्ने, किसानहरुलाई आधुनिक कृषि औजारको व्यवस्था गर्नुपर्ने, कृषि उपजको प्रभावकारी भण्डारण एवं बजारीकरणको व्यवस्था गर्नुपर्ने माग आजपाले गरेको छ ।

    यसैगरी प्राकृतिक प्रकोपबाट हुने क्षतिका लागि राहत प्याकेजको व्यवस्था गर्नुपर्ने, भुमिहीन किसानलाई जग्गा उपलब्ध गराउनुपर्ने, लगायतका माग रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबार, काठमाडौं, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, जनकपुरधाम, मधेश प्रदेशका साथै सर्लाही जिल्लाका सम्पूर्ण स्थानीय सरकारहरुलाई ज्ञापनपत्रको बोधार्थ आजपाले पठाइएको छ ।

    ‘के आफ्नो पसीना र पौरखले सबैका लागि अन्न उत्पादन गर्ने श्रमजीवी किसानहरुको दुःख, पीडा र समस्याको समाधान राज्यको दायित्वभित्र पर्दैन ? कृषीमा सुधार नै नगर्ने हो भने, संवैधानिक हैसियतको ७६१ ओटा सरकार र तीनका संयन्त्रहरुको आवश्यकता र औचित्य के हो ? मुलुकमा राजनीतिक बदलावको नाममा पटक पटक कथित व्यवस्था परिवर्तन भयो तर किसानहरुको अवस्थामा तात्विक परिवर्तन किन आएन ? कृषिप्रधान देशमा कृषकहरु नै कृषी पेशाबाट किन पलायन हुँदैछ ? के किसानको अवस्थामा सुधार बिना देशको समृद्धि र विकास सम्भव छ ?,’ आजपाले ज्ञापनपत्रमा उल्लेख गरेको छ ।

    नेपालमा लगभग प्रत्येक वर्ष नै यूरिया मलको हाहाकार हुन्छ तर विभिन्न जोरजाम गरेर किसानहरुले मित्र राष्ट्र भारतको सिमावर्ती क्षेत्रबाट मल ल्याउँदा पनि प्रहरी र भन्सार प्रशासनले जनताको सम्पति सम्बन्धी मौलिक हक हनन हुने गरि कमिशनको चक्करमा जफ्त गर्नु कतिको न्यायोचित हो ? आजपाले सरकारसंग प्रश्न गरेको छ ।
    ‘असारे खेती सुरू भैसक्दा समेत हालसम्म मलखादको समुचित प्रबन्धको सुनिश्चितता समेत नहुनु दुःखद कुरा हो । यसर्थ, आम किसानहरुलाई समयमै युरिया मलखादको पर्याप्त उपलब्धता सहितको तल उल्लेखित मागहरु सरकारसंग जोडदार रुपमा प्रस्तुत गर्दछौं । साथै, कृषकहरुको न्यायोचित मागहरुलाई स्थानीय प्रशासन तथा राज्यले गम्भीरतापूर्वक नलिएमा÷कार्यान्वयन नगराएमा हामी चरणबद्ध रुपमा सशक्त संघर्षका कार्यक्रमहरू गर्न बाध्य हुने र त्यसबाट सृजित हुने क्षति एवम् परिस्थितिको सम्पूर्ण जिम्मेवारी स्वयं राज्य पक्षले नै लिनुपर्ने विषय अग्रीम रूपमा अवगत गराउँदै यो ज्ञापन–पत्र पेश गर्दछौं,’ ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

    आजपा प्रवक्ता साहका साथै आजपा नेताहरु रेहाना खातुन, सुरेश महतो, सुनिल गुप्ता, डा.शैलेन्द्र यादव, पुनिताकुमारी महरा लगायतका नेताहरु जिल्ला प्रशासन कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएका हुन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि सबैजसो तयारीको काम सकियो

    भक्तपुर । नेकपा एमालेले पार्टीको ११ औं महाधिवेशनको उद्घाटनका लागि मञ्च निर्माणको काम अन्तिम चरणमा पुगेको जनाएको छ ।एमालेले ११औँ

    ललितपुरका तीन क्षेत्रबाट कांग्रेसका ३२ जनाको सिफारिस

    ललितपुर/ २६ मंसिर, नेपाली कांग्रेस ललितपुरले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन र माघ १० गते हुने राष्ट्रिय

    बज्रबाराहीमा हुने पूर्णिमा भजनका लागि भक्तजनबाट आर्थिक सहयोग प्राप्त

    ललितपुर/ २६ मंसिर, ललितपुरको गाेदावरी नगरपालिका वडा नं. ११ स्थित बज्रबाराही मन्दिरमा हरेक पूर्णिमामा दिनभर हुने  भजनका लागि विभिन्न भक्तजनबाट

    नागढुंगा–मलेखु सडक शुक्रबार र शनिबार खुला हुने

    मलेखु । दैनिक पाँच घण्टा आंशिक बन्द गरेर स्तरोन्नति भइरहेको नागढुंगा मलेखु सडकखण्ड आज र भोलि (शुक्रबार र शनिबार)का लागि

    ‘अक्षरहरूको क्यानभास’ सार्वजनिक

    काठमाडौं । कवि तथा गीतकार महेश बाबु तिमल्सिनाद्वारा लिखित नयाँ कविता कृति ‘अक्षरहरूको क्यानभास’ बिहीबार सार्वजनिक गरिएको छ ।२०८२ मंसिर

    पुष १ देखि बाघको गणना शुरु हुने

    चितवन ।आउँदो पुस १ गतेदेखि बाघ गणनाको काम थालिने भएको छ।चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ‘व्लक’ बनाएर गणना गर्न

    Techie IT