Techie IT
  • The Film Nepal
  • २०८३ बैशाख ८ मंगलवार

    अपडेट
    गृहपृष्ठराजनीतिकृषि क्षेत्रमा लागत कम र,उत्पादन धेरै हुने अवस्था सृजना गर्नुपर्छ- कांग्रेस प्रवक्ता डाक्टर महत

    कृषि क्षेत्रमा लागत कम र,उत्पादन धेरै हुने अवस्था सृजना गर्नुपर्छ- कांग्रेस प्रवक्ता डाक्टर महत


    ललितपुर/ २५ भदौ: नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डाक्टर प्रकाशशरण महतले कृषि क्षेत्रमा आश्रित जनसंख्यालाई न्युनिकरण गरी  लागत कम र,उत्पादन धेरै हुने अवस्था सृजना गर्नुपर्छ भन्ने धारणा राख्नुभएको छ ।
    नेपाल किसान महासंघ केन्द्रीय समितिको छैटौं वैठककाे सुभारम्भकाे अवसरमा नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आज मंगलबार आयाेजित सम्मान तथा प्रमाणपत्र वितरण कार्यक्रममा मन्तव्य राख्नुहुँदै डाक्टर महतले अहिले  कृषि  क्षेत्रमा आश्रित जनसंख्याको तुलनामा अन्य क्षेत्रमा आश्रितहरुकाे आयस्तर र जीवनशैली उच्चभएकोले त्यही अनुसार कृषि क्षेत्रमा लाग्नेहरुकाे पनि बनाउनुपर्ने धारणा राख्नुभएको हाे ।
    “सम्पूर्ण राष्ट्रिय उत्पादनमा कृषि क्षेत्रकाे याेगदान २४ प्रतिशत मात्रै छ, ७६ प्रतिशत याेगदान अन्य क्षेत्रमा रहेका ४० प्रतिशत जनसंख्याकाे रहेकाे छ, यसले कृषिमा निर्भर जनसंख्याकाे आयस्तर कमजोर भएको देखाउँछ । अहिले कृषिमा निर्भर रहेका ६० प्रतिशत जनसंख्याकाे आयस्तर वृद्धि गर्नुपर्ने हाम्रो सामु चुनाैती रहेकाे छ । यसका लागि कृषिमा आश्रित केही जनसंख्यालाई अझै अरु क्षेत्रमा प्राेत्साहित गर्नु पर्छ र अर्कोतिर कम जनसंख्यालाई सहभागी गराइ उत्पादकत्व वृद्धि गर्नेतीर ध्यान दिनु पर्छ । अहिले हाम्रो कृषि उत्पादनमा खर्च ज्यादा आम्दानी कम भएको अवस्था छ, यसलाई परिवर्तन गर्न आवश्यक छ।” डाक्टर महतले भन्नुभयो ।
    नेपालमा कुनै समय ९५ प्रतिशत जनसंख्या कृषिमा निर्भर रहेकाेमा अहिले ६० प्रतिशत मात्रै रहेकाे भन्नुहुँदै उहाँले उत्पादकत्व वृद्धि गर्न अझै केही प्रतिशत जनसंख्यालाई कृषिमा निर्भरताबाट अन्य क्षेत्रमा प्राेत्साहित गरिनुपर्ने बताउनुभयो ।
    “अमेरिकामा २ प्रतिशत जनसंख्या कृषिमा निर्भर छन्, उनीहरुले आफ्नो देशलाई चाहिने सम्पूर्ण कुराहरु पुर्‍याएर संसारभरि खाद्यान्न निर्यात गरिरहेका छन् । हामी कृषि प्रधान देश भन्छाैं, ६० प्रतिशत जनता कृषिमा लाग्दा पनि हामी गैर कृषिमा लागेका ४० प्रतिशत जनसंख्यालाई पनि खाद्यान्न लगायत कृषि उत्पादनहरु पुर्‍याउन सकिरहेका छैनौं । विदेशबाट आयात गर्नुपर्ने अवस्था छ। कृषिमा आश्रित जनसंख्यासंग खेतीका लागि पर्याप्त जमिन छैन, सबै ठाउँमा मल र,सिंचाईकाे व्यवस्था गर्न सकेका छैनौं । हामी पुरानाे प्रविधिमा छाैं, नयाँ प्रविधिलाई कृषि क्षेत्रमा लागू गर्न सकेका छैनौं । यातायात र पूर्वाधारकाे क्षेत्रमा पनि हामीले पर्याप्त व्यवस्था गर्न सकेका छैनौं, भण्डारणकाे व्यवस्था पनि गर्न सकेका छैनाैं।” डाक्टर महतले भन्नुभयो ।
    उहाँले कृषि क्षेत्रमा कम उत्पादन र बढि लागतले गर्दा मानिसहरु विदेश जान बाध्य छन् भन्नुहुँदै यसलाई चिर्न अन्य क्षेत्रमा युवाहरूलाई अवसर सृजना गर्नुपर्नेमा जाेड दिनुभयाे। सरकारले राष्ट्रिय बजेटकाे महत्त्वपूर्ण हिस्सा कृषि क्षेत्रलाई छुट्याइएर गर्न काेशिस पनि गरेको हाे भन्नुहुँदै उहाँले कृषि क्षेत्रमा चाहे अनुरुप उत्पादकत्व बृद्धि हुन सकिरहेको छैन भन्नुभयो ।
    उहाँले लागत काम गरि उत्पादन वृद्धि गर्न पानीका स्राेतहरुकाे व्यवस्थापन सिचाई सुविधा चाँडोभन्दाचाँडो पुर्‍याउने, मलखादकाे व्यवस्थापन र प्रविधिको पहुँच बृद्धि गर्ने कुरालाई ध्यानमा राखेर समयसापेक्ष नागरिककाे अपेक्षालाई सम्बाेधन गरि उत्पादकत्व वृद्धि गरी आर्थिक सक्षमता बृद्धिमा ध्यान दिनुपर्छ भन्नुभयो ।
    डाक्टर महतले विदेशबाट आउने उत्पादनसंग प्रतिस्पर्धा गर्न सक्ने अवस्था छैन भने सरकारले अनुदान दिएर प्रतिस्पर्धी बनाउन सक्नेगरी प्राेत्साहित गर्नुपर्छ भन्नुभयो । उहाँले नेपाली उत्पादनलाई प्राेत्साहित गर्न विदेशबाट आउने पदार्थको भन्सार वृद्धि गर्न सकिन्छ भन्दै जापानले पनि आत्मनिर्भर हुन त्यही गरेको छ भन्नुभयो ।  आन्तरिक उत्पादनलाई संरक्षण गर्नुपर्छ भन्नुहुँदै उहाँले बजारमा अर्गानिक उत्पादनकाे माग बढेकोले नेपाली किसानलाई त्यसतर्फ पनि प्राेत्साहित गर्दै अर्गानिक खेतीका लागि पकेट क्षेत्र निर्धारण गरि बजार व्यवस्थापन गर्नुपर्छ । भन्नुभयो ।
    कृषि तथा पशुपञ्छी विकास मन्त्री रामनाथ अधिकारीले आफू खेती किसानी गरेर आएकाे व्यक्ति भएको भन्दै मन्त्रालयमा रहेर कृषि क्षेत्रकाे उत्थानका लागि सक्दाे प्रयास गर्ने बताउनुभयो ।
    कार्यक्रममा संघीय संसदकाे कृषि, सहकारी तथा प्राकृतिक स्राेत विकास समितिका सभापति कुसुम थापा, नेपाली कांग्रेस कृषि तथा किसान विभागका प्रमुख उमेश श्रेष्ठलगायतले मन्तव्य राख्नुभएको थियाे ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    प्रधानमन्त्री बालेनको योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल

    काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले अर्थमन्त्रीसहित राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीहरूसँग उच्चस्तरीय छलफल सुरु गरेका छन्। सिंहदरबारस्थित

    अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी…

    काठमाडौं | आगामी आर्थिक वर्षको बजेट तयारीबारे विषयगत मन्त्री र सचिवसँग अर्थमन्त्री स्वर्णिम वाग्लेले छलफल गरेका छन् ।सोमबार अर्थ मन्त्रालयमा

    ३ दिनभित्र बसपार्कभित्र सेवा प्रवेश नगराए कानुन बमोजिम कारबाही गरिने

    काठमाडौं । नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारी साधन सञ्चालन सेवा प्रदान गर्न काठमाडौँ महानगरपालिकाले अन्तिम ३ दिनको अवधि दिएको छ

    गौर हत्याकाण्ड बारेमा भ्रामक प्रचार नगर्न पीडितको अपिल

    काठमाडौं, ७ वैशाख । गौर हत्याकाण्ड संघर्ष समितिकी संयोजक रुपसागर उपाध्यायले गम्भीर र संवेदनशील आपराधिक घटना बारेमा भ्रामक प्रचार गर्दै

    भुपदेव शाहलाई महामन्त्री बनाउने रास्वपाको निर्णय

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भुपदेव शाहलाई महामन्त्री बनाउने निर्णय गरेको छ ।आज बसेको केन्द्रीय समिति बैठकले साहलाई महामन्त्री बनाउने निर्णय

    विश्वविद्यालयमा दलीय राजनीति निषेध गर्न उपकुलपतिहरूलाई प्रधानमन्त्री शाहको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउने निर्णय

    Techie IT