Techie IT
  • The Film Nepal
  • २०८३ आश्विन २२ बिहीबार

    अपडेट
    गृहपृष्ठ ∕ राजनीति ∕ कृषि क्षेत्रमा लागत कम र,उत्पादन धेरै हुने अवस्था सृजना गर्नुपर्छ- कांग्रेस प्रवक्ता डाक्टर महत

    कृषि क्षेत्रमा लागत कम र,उत्पादन धेरै हुने अवस्था सृजना गर्नुपर्छ- कांग्रेस प्रवक्ता डाक्टर महत


    ललितपुर/ २५ भदौ: नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डाक्टर प्रकाशशरण महतले कृषि क्षेत्रमा आश्रित जनसंख्यालाई न्युनिकरण गरी  लागत कम र,उत्पादन धेरै हुने अवस्था सृजना गर्नुपर्छ भन्ने धारणा राख्नुभएको छ ।
    नेपाल किसान महासंघ केन्द्रीय समितिको छैटौं वैठककाे सुभारम्भकाे अवसरमा नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आज मंगलबार आयाेजित सम्मान तथा प्रमाणपत्र वितरण कार्यक्रममा मन्तव्य राख्नुहुँदै डाक्टर महतले अहिले  कृषि  क्षेत्रमा आश्रित जनसंख्याको तुलनामा अन्य क्षेत्रमा आश्रितहरुकाे आयस्तर र जीवनशैली उच्चभएकोले त्यही अनुसार कृषि क्षेत्रमा लाग्नेहरुकाे पनि बनाउनुपर्ने धारणा राख्नुभएको हाे ।
    “सम्पूर्ण राष्ट्रिय उत्पादनमा कृषि क्षेत्रकाे याेगदान २४ प्रतिशत मात्रै छ, ७६ प्रतिशत याेगदान अन्य क्षेत्रमा रहेका ४० प्रतिशत जनसंख्याकाे रहेकाे छ, यसले कृषिमा निर्भर जनसंख्याकाे आयस्तर कमजोर भएको देखाउँछ । अहिले कृषिमा निर्भर रहेका ६० प्रतिशत जनसंख्याकाे आयस्तर वृद्धि गर्नुपर्ने हाम्रो सामु चुनाैती रहेकाे छ । यसका लागि कृषिमा आश्रित केही जनसंख्यालाई अझै अरु क्षेत्रमा प्राेत्साहित गर्नु पर्छ र अर्कोतिर कम जनसंख्यालाई सहभागी गराइ उत्पादकत्व वृद्धि गर्नेतीर ध्यान दिनु पर्छ । अहिले हाम्रो कृषि उत्पादनमा खर्च ज्यादा आम्दानी कम भएको अवस्था छ, यसलाई परिवर्तन गर्न आवश्यक छ।” डाक्टर महतले भन्नुभयो ।
    नेपालमा कुनै समय ९५ प्रतिशत जनसंख्या कृषिमा निर्भर रहेकाेमा अहिले ६० प्रतिशत मात्रै रहेकाे भन्नुहुँदै उहाँले उत्पादकत्व वृद्धि गर्न अझै केही प्रतिशत जनसंख्यालाई कृषिमा निर्भरताबाट अन्य क्षेत्रमा प्राेत्साहित गरिनुपर्ने बताउनुभयो ।
    “अमेरिकामा २ प्रतिशत जनसंख्या कृषिमा निर्भर छन्, उनीहरुले आफ्नो देशलाई चाहिने सम्पूर्ण कुराहरु पुर्‍याएर संसारभरि खाद्यान्न निर्यात गरिरहेका छन् । हामी कृषि प्रधान देश भन्छाैं, ६० प्रतिशत जनता कृषिमा लाग्दा पनि हामी गैर कृषिमा लागेका ४० प्रतिशत जनसंख्यालाई पनि खाद्यान्न लगायत कृषि उत्पादनहरु पुर्‍याउन सकिरहेका छैनौं । विदेशबाट आयात गर्नुपर्ने अवस्था छ। कृषिमा आश्रित जनसंख्यासंग खेतीका लागि पर्याप्त जमिन छैन, सबै ठाउँमा मल र,सिंचाईकाे व्यवस्था गर्न सकेका छैनौं । हामी पुरानाे प्रविधिमा छाैं, नयाँ प्रविधिलाई कृषि क्षेत्रमा लागू गर्न सकेका छैनौं । यातायात र पूर्वाधारकाे क्षेत्रमा पनि हामीले पर्याप्त व्यवस्था गर्न सकेका छैनौं, भण्डारणकाे व्यवस्था पनि गर्न सकेका छैनाैं।” डाक्टर महतले भन्नुभयो ।
    उहाँले कृषि क्षेत्रमा कम उत्पादन र बढि लागतले गर्दा मानिसहरु विदेश जान बाध्य छन् भन्नुहुँदै यसलाई चिर्न अन्य क्षेत्रमा युवाहरूलाई अवसर सृजना गर्नुपर्नेमा जाेड दिनुभयाे। सरकारले राष्ट्रिय बजेटकाे महत्त्वपूर्ण हिस्सा कृषि क्षेत्रलाई छुट्याइएर गर्न काेशिस पनि गरेको हाे भन्नुहुँदै उहाँले कृषि क्षेत्रमा चाहे अनुरुप उत्पादकत्व बृद्धि हुन सकिरहेको छैन भन्नुभयो ।
    उहाँले लागत काम गरि उत्पादन वृद्धि गर्न पानीका स्राेतहरुकाे व्यवस्थापन सिचाई सुविधा चाँडोभन्दाचाँडो पुर्‍याउने, मलखादकाे व्यवस्थापन र प्रविधिको पहुँच बृद्धि गर्ने कुरालाई ध्यानमा राखेर समयसापेक्ष नागरिककाे अपेक्षालाई सम्बाेधन गरि उत्पादकत्व वृद्धि गरी आर्थिक सक्षमता बृद्धिमा ध्यान दिनुपर्छ भन्नुभयो ।
    डाक्टर महतले विदेशबाट आउने उत्पादनसंग प्रतिस्पर्धा गर्न सक्ने अवस्था छैन भने सरकारले अनुदान दिएर प्रतिस्पर्धी बनाउन सक्नेगरी प्राेत्साहित गर्नुपर्छ भन्नुभयो । उहाँले नेपाली उत्पादनलाई प्राेत्साहित गर्न विदेशबाट आउने पदार्थको भन्सार वृद्धि गर्न सकिन्छ भन्दै जापानले पनि आत्मनिर्भर हुन त्यही गरेको छ भन्नुभयो ।  आन्तरिक उत्पादनलाई संरक्षण गर्नुपर्छ भन्नुहुँदै उहाँले बजारमा अर्गानिक उत्पादनकाे माग बढेकोले नेपाली किसानलाई त्यसतर्फ पनि प्राेत्साहित गर्दै अर्गानिक खेतीका लागि पकेट क्षेत्र निर्धारण गरि बजार व्यवस्थापन गर्नुपर्छ । भन्नुभयो ।
    कृषि तथा पशुपञ्छी विकास मन्त्री रामनाथ अधिकारीले आफू खेती किसानी गरेर आएकाे व्यक्ति भएको भन्दै मन्त्रालयमा रहेर कृषि क्षेत्रकाे उत्थानका लागि सक्दाे प्रयास गर्ने बताउनुभयो ।
    कार्यक्रममा संघीय संसदकाे कृषि, सहकारी तथा प्राकृतिक स्राेत विकास समितिका सभापति कुसुम थापा, नेपाली कांग्रेस कृषि तथा किसान विभागका प्रमुख उमेश श्रेष्ठलगायतले मन्तव्य राख्नुभएको थियाे ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    कालीकोटको गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्ग पूर्ण रूपमा बन्द

    कालीकोट — कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा बुधबार बिहान लेदोसहितको

    बडादसैँको साइत सार्वजनिक: असोज २५ गते घटस्थापना, कार्तिक ३ गते…

    काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको बडादसैँका लागि घटस्थापनादेखि विजयादशमी (टीका) सम्मको आधिकारिक साइत र धार्मिक समय

    “साइबर सुरक्षा र प्रविधि बलियो बनाएर अनलाइन मतदानतर्फ अघि बढ्छौँ”…

    काठमाडौँ — निर्वाचन आयोगले नेपालमा अनलाइन मतदान प्रविधि तथा निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको प्रयोगबारे सम्भाव्यता अध्ययन र प्राविधिक प्रदर्शन कार्यक्रम

    दसैँ, तिहार र छठका लागि असोज २३ गतेदेखि सार्वजनिक यातायातको…

    काठमाडौँ — सरकारले आसन्न दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी आगामी असोज २३ गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ

    विद्युत् प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन: महसुल भुक्तानी पूर्ण रूपमा विद्युतीय बनाऊ

    काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिजुलीको महसुल भुक्तानीका लागि नागरिकहरू घण्टौँ लाइन बस्नुपर्ने बाध्यता तत्काल अन्त्य गर्न

    वर्षाले कोरला नाका प्रभावित, १५० बढी कन्टेनर रोकिए

    मुस्ताङ । चीनबाट पैठारी गरिएका मालसामान बोकेका १५० भन्दा बढी कन्टेनर कोरलानाकास्थित लोमान्थाङ गाउँपालिका–४ न्हेचुङ भन्सार क्षेत्रमा रोकिएका छन्। भारी

    Techie IT