Techie IT
  • The Film Nepal
  • २०८३ आश्विन २० मंगलवार

    अपडेट
    गृहपृष्ठ ∕ राष्ट्रिय ∕ कुशे औँसीमा कुश भित्र्याउँदै पितृस्मरण र बाबुको मुख हेर्ने पर्व मनाइँदै

    कुशे औँसीमा कुश भित्र्याउँदै पितृस्मरण र बाबुको मुख हेर्ने पर्व मनाइँदै


    काठमाडौं — भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले घर–घरमा पवित्र कुश भित्र्याएर मनाउँदैछन्। देवकार्य तथा पितृकार्यमा वर्षभरि प्रयोग गरिने कुशलाई धार्मिक रूपमा पवित्र मानिन्छ।

    शास्त्रोक्त विधिअनुसार ब्राह्मणले पूजा गरी उखेलेर जजमानको घरमा पुर्‍याएको कुश राख्दा परिवारको कल्याण हुने धार्मिक विश्वास छ। आज ल्याइएको कुश वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गर्ने परम्परा रहेको छ।

    कुशे औँसीकै अवसरमा नेपालमा पत्रकारिताको सुरुआत गर्ने व्यक्तित्व तथा राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६०औँ जन्मजयन्ती पनि विभिन्न साहित्यिक कार्यक्रम आयोजना गरी मनाइँदैछ।

    विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मिएका भट्टको विसं १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएको थियो। नेपाली साहित्यको विकासमा महत्वपूर्ण योगदान दिएका भट्टले विशेषगरी शृङ्गार रसको विकासमा उल्लेखनीय योगदान पुर्‍याएका थिए।

    भट्टले आदिकवि भानुभक्त आचार्यको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखाना भित्र्याएका थिए। यही छापाखानामार्फत नेपालमा पत्रकारिताको सुरुआत भएको मानिन्छ।

    कुशे औँसीलाई बाबुको मुख हेर्ने दिनका रूपमा समेत मनाउने गरिन्छ। छोराछोरीले परम्पराअनुसार आफ्ना बाबुलाई मन पर्ने मिठाइ तथा भोजन खुवाएर आदर–सम्मान प्रकट गर्छन्।

    बाबु नहुनेहरूले भने विभिन्न पवित्र स्थानमा पुगेर दिवंगत बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने परम्परा छ।

    यस अवसरमा काठमाडौंको उत्तरपूर्वी भेगमा रहेको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्ने गर्दछ। उत्तरगयाका रूपमा समेत चिनिने गोकर्ण क्षेत्रमा दिवंगत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्ने श्रद्धालुको घुइँचो लाग्ने गर्दछ।

    मेलाका लागि आवश्यक सबै तयारी पूरा गरिएको गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष तथा मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष जयराम महतले जानकारी दिए।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    विद्युत् प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन: महसुल भुक्तानी पूर्ण रूपमा विद्युतीय बनाऊ

    काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिजुलीको महसुल भुक्तानीका लागि नागरिकहरू घण्टौँ लाइन बस्नुपर्ने बाध्यता तत्काल अन्त्य गर्न

    वर्षाले कोरला नाका प्रभावित, १५० बढी कन्टेनर रोकिए

    मुस्ताङ । चीनबाट पैठारी गरिएका मालसामान बोकेका १५० भन्दा बढी कन्टेनर कोरलानाकास्थित लोमान्थाङ गाउँपालिका–४ न्हेचुङ भन्सार क्षेत्रमा रोकिएका छन्। भारी

    आज पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा–हिमपातको सम्भावना

    काठमाडौं । हाल देशमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक

    भोटेकोशी–त्रिशूली विपद् अध्ययन समितिका सभापति पराजुलीले लिए शपथ

    काठमाडौं । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिका नवनिर्वाचित सभापति गणेश पराजुलीले पद तथा

    ऊर्जा सुरक्षा र पूर्वाधार पुनर्निर्माणमा तत्काल ठोस कदम चाल्न सरकारलाई…

    काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी तथा पछिल्लो अविरल वर्षाका कारण

    महाकाली नदीमा आएको बाढीले दोधारा–चाँदनी झोलुङ्गे पुल चुँडियो

    कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीलाई बाँकी नेपालसँग जोड्ने महाकाली नदीमाथिको ऐतिहासिक दोधारा–चाँदनी झोलुङ्गे पुल चुँडिएको छ। बुधबार बिहान महाकाली नदीमा

    Techie IT