कुलिङ पिरियडको हेरेफेर बारे समितिका सभापति खतिवडासँग बयान
काठमाडौँ । कुलिङ पिरियडमा भएको हेरफेरको छानबिन गर्न बनेको संसदीय समितिले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासँग बयान लिएको छ ।
सिंहदरबारस्थित राज्य व्यवस्था समितिकै बैठक कक्षमा जारी बैठकमा सभापति खतिवडासँग समितिले बयान लिएको हो ।
खतिवडा नेतृत्वको राज्य व्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती सेवा विधेयकमा अवकास भएका कर्मचारीले संवैधानिक नियुक्ति पाउन २ वर्ष अवधि पर्खनुपर्ने (कुलिङ पिरियड) को व्यवस्था गरेकोमा प्रतिनिधि सभाबाट पारित भएको विधेयकमा हेरफेर भएको पाइएको थियो ।
यो विषय विवादित बनेपछि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सांसद जीवन परियारको नेतृत्वमा समिति बनाएका थिए । समितिले यस अघि राज्य व्यवस्था तथा सुशासन समितिका सचिवको पनि बयान लिएको थियो ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ ललितपुरका तीन क्षेत्रबाट कांग्रेसका ३२ जनाको सिफारिस
- २ बज्रबाराहीमा हुने पूर्णिमा भजनका लागि भक्तजनबाट आर्थिक सहयोग प्राप्त
- ३ सुनाकोठीमा “प्लास्टिकमुक्त २०४०” गोष्ठी सम्पन्न
- ४ The Eternal Lure of Gold: From Sacred Metal to Geopolitical Weapon
- ५ जागिरे युवाहरूको पहलमा सुनाकोठीमा सरसफाइ गतिविधि सम्पन्न
- ६ नागढुंगा–नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
- ७ गौरहत्याकाण्डको छानबिन गर्न सर्वोच्चको परमादेश

तपाईको प्रतिक्रिया दिनुहोस