Techie IT
  • The Film Nepal
  • २०८३ असार ३१ बुधबार

    अपडेट
    गृहपृष्ठसमाचारकुलपति तथा सचिवलगायतका प्राज्ञहरूको अपमानजनक बहिर्गमन !

    कुलपति तथा सचिवलगायतका प्राज्ञहरूको अपमानजनक बहिर्गमन !


    काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानबाट कुलपति, सदस्य सचिवलगायतका प्राज्ञहरूले अपमानजनक ढङ्गबाट बहिर्गमन हुनुपरेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा ‘सरकारी नियुक्ति पदमुक्ति अध्यादेश’ जारी भएपछि अन्तिम पटक हाजिर गर्न, केही जरुरी डकुमेन्टहरूमा तोक लगाउन र आफ्ना सरसामानको कुम्लोकुटुरो टिप्न प्रज्ञा–प्रतिष्ठान पुगेका पदमुक्त कुलपति भूपाल राई, सदस्य सचिव धनप्रसाद सुवेदीलगायतका प्राज्ञहरूले अपमानजनक ढङ्गबाट बहिर्गमन हुनुपरेको हो । प्रज्ञा–प्रतिष्ठान कर्मचारी स्रोतका अनुसार पदमुक्त कुलपति राई र सदस्य सचिव सुवेदी गत मङ्गलबार १० बजेतिर प्रज्ञा–प्रतिष्ठान (प्रज्ञा भवन) पुगेका थिए । मन्त्रालयको आदेशमा प्रज्ञा–प्रतिष्ठान प्रशासनले पदमुक्त प्राज्ञहरूलाई लिन गाडी लिएर नजानका निमित्त चालकहरूलाई आदेश जारी गरिसकेको थियो तर सो आदेश थाहा नपाएका कुलपति र सदस्य सचिवका गाडी चालकले घर–घरमा पुगेर उनीहरूलाई लिएर जब प्रज्ञा भवन आए तब प्रज्ञा–प्रतिष्ठानका रुष्ट कर्मचारीहरूले गाडीको चाबी नियन्त्रणमा लिए । कार्यकक्षमा चाबी नै लगाइएको थियो । यस्तो कार्यबाट अपमानित भएको महसुस गरेका कुलपति राई अक्क न बक्क बनेर उभिइरहे । सदस्य सचिव सुवेदीले चाहिँ आफ्नो कार्यकक्षमा आफ्ना केही सरसमान भएको र त्यो लिन आफूलाई प्रवेश गर्न दिन अनुनय गरेपछि प्रशासनका एकजना कर्मचारीको रोहबहरमा उनलाई कार्यकक्षमा प्रवेश दिइयो ।

    सुवेदी केही सरसामन टिपेर बाहिर निस्किए र अब घर जानका लागि गाडीको व्यवस्था गर्नुप¥यो भनी फेरि अनुरोध गरे । तर, रष्ट कर्मचारीहरूले ‘सरी, मिल्दैन’ भने । त्यसपछि राइड सेरिङ ‘याङ्गो’ मगाएर उनीहरू प्रज्ञा भवनबाट नमिठो अनुभूतिसहित बाहिरिए । अन्य प्राज्ञहरूले भने अघिल्लो दिन र सोही दिन बिहानै प्रज्ञा भवन पुगेर आफ्ना कुम्लोकुटुरो टिपिसकेका थिए । प्रज्ञा–प्रतिष्ठानका एकजना कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा भने, “उहाँहरूले बढो अनुदार ढङ्गले काम गर्नुभएको थियो । आफ्नो नश्ल र विचारबाहेकका स्रष्टा–साधक र विद्वान्लाई प्रज्ञा भवनमा पूरै निषेध गरिएको थियो । प्रशासन प्रमुखलगायतका कर्मचारीवर्गलाई अत्यन्त अपमानजनक रूपले र पाँडेपजनी शैलीमा व्यवहार गर्नुभएको थियो । एक किसिमको जङ्गली राज नै चलाउनुभएको थियो । यसकारण पनि कुलपति राई र सदस्य सचिव सुवेदीप्रति प्रज्ञा–प्रतिष्ठानका कर्मचारीहरू निकै रुष्ट थिए । त्यसैको परिणाम हो— अपमानजनक बहिर्गमन । सायद यस्तो भएको प्रज्ञा–प्रतिष्ठानको इतिहासमै पहिला घटना हो ।” स्मरणीय छ— तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारका पालामा संस्कृतिमन्त्री सुदन किरातीको सिफारिसमा कुलपति राईसहितका व्यक्तिहरू प्रज्ञा–प्रतिष्ठानमा नियुक्त भएका थिए । देशमा राजनीतिक परिवर्तन भएर नयाँ सरकार आएको र सत्तापक्षले यसअघिका सरकारले नियुक्त गरेका पदाधिकारी तथा सदस्यहरूले राजीनामा दिन आग्रह गरे पनि उनीहरूले अटेर गरेर पद छाडेका थिएनन् । तर, आकस्मिक रूपमा पदमुक्ति अध्यादेश नै जारी भएपछि भने उनीहरू निरास भएका थिए । चार वर्षे कार्यकाल रहेका उनीहरूको पदावधि अझै दश महिना बाँकी थियो । आफ्नो पद जोगाउनका लागि कुलपति राईले रास्वपाको सरकार नयाँ स्पिरिटका साथ आएको भन्दै रास्वपाको सरकारबाट आफू निकै आशावादी भएको भन्दै मिडियामा अन्तर्वार्ता दिनुका साथै फेसबुकमा पोष्टसमेत गरेका थिए । केही प्राज्ञहरूले वर्तमान प्रधानमन्त्री र संस्कृतिमन्त्री लेखक–साहित्यकारसमेत भएको र उनीहरूसित आफ्नो निटकतम् सम्बन्ध रहेकाले आफूहरूलाई हटाउँदैन भन्ने गरेका थिए ।

    भूपाल राई एउटा त्यस्ता अभागी हुन्, जसले कहिल्यै पनि आफ्नो कार्यकाल पूरा गर्न पाएन् । पहिलो संविधान सभाको चुनावपछि बनेको पुष्पकमल दाहालको सरकारका पालामा संस्कृति मन्त्री गोपाल किरातीको सिफारिसमा उनी उही नेपाल प्रज्ञा–प्रतिष्ठानको उपकुलपति नियुक्त भएका थिए तर सिफारिस प्रक्रियामै त्रुटि भएपछि र सर्वोच्च मुद्धा परेपछि उनी नियुक्त भएको सात दिनमै पदमुक्त हनुपरेको थियो । त्यसपछि संस्कृति मन्त्री गोपाल किरातीले तत्कालै राईलाई सांस्कृतिक संस्थानको महाप्रवन्धक पदमा नियक्त गरेका थिए । उनी नियुक्त भएको ६ महिना नपुग्दै दाहालको सरकार ढल्यो र अर्कै मन्त्री आए । सो बेला पनि एउटा कार्यक्रमका लागि संस्थानको गाडी लिएर धरान पुगेका उनको गाडी मन्त्रालयको आदेशमै उनलाई त्यहीँ छोडेर तत्कालै काठमाडौँ फर्किएको सांस्कृतिक संस्थानले स्रोतले जनायो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    प्रतिनिधिसभाका तीन समितिको बैठक आज, धितोपत्र बजारदेखि ग्यास आपूर्तिसम्मका विषयमा…

    काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्दैछ। अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा उद्योग,

    मन्त्रिपरिषद्का निर्णय : बीउबिजन नियमावली संशोधनदेखि पदक विजेता खेलाडीलाई नगद…

    काठमाडौं । सरकारले बीउबिजन पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका खेलाडीलाई रोकिएको नगद पुरस्कार उपलब्ध गराउनेलगायत

    एमाले उपाध्यक्ष विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अदालतको…

    काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतले थप

    तीन दिन नदीमा बहाव बढ्ने पूर्वानुमान, काठमाडौं उपत्यकासहित धेरै जिल्लामा…

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका अधिकांश नदी तथा खोलामा पानीको बहाव

    भानुभक्तको मार्ग आत्मसात गर्दै नेपाली भाषा–साहित्यको संरक्षण गर्न सभामुख अर्यालको…

    काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले आदिकवि भानुभक्त आचार्यको योगदानलाई केवल स्मरणमा सीमित नराखी उहाँले देखाएको मार्गलाई आत्मसात गर्दै नेपाली भाषा

    संघीय संसदका चार समितिको बैठक बस्दै

    काठमाडौं । संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाका तीन र राष्ट्रिय सभाको एक गरी चार वटा समितिको बैठक बस्दैछन्। बैठकहरूमा राष्ट्रिय

    Techie IT