Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र २१ आईतवार

    अपडेट
    गृहपृष्ठअर्थतन्त्रकिसान र सरकारविच पाँच बुदे सहमती , चैत्र २१ सम्म रकम भुक्तानी गरिने

    किसान र सरकारविच पाँच बुदे सहमती , चैत्र २१ सम्म रकम भुक्तानी गरिने


    सरकार र आन्दोलनरत दुग्ध किसानबिच ५ बुँदे सहमति भएको छ । सहमतिसँगै आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू किसानहरुले हाललाई स्थगन गरेका छन् ।

    केन्द्रीय दुग्ध सहकारी संघ लि. नेपालले दुग्ध उत्पादक कृषकहरूबाट दूध बिक्री गरे बापत दुग्ध उद्योगहरूबाट पाउनुपर्ने रकम लामो समय देखि रोकेपछी किसान आन्दाेलित भएका थिए ।
    दुध विक्री गरेकाे रकमको भुक्तानीको माग राखी फागुन ८ गतेदेखि विभिन्न किसिमबाट आन्दोलनका कार्यक्रम शुरु भएकाे थियाे ।
    ससद देखि सडकसम्म आवाज उठेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल भुक्तानीकाे ब्यवस्था मिलाउन निर्देशन गरेका थिए ।
    कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालको उपस्थितिमा दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी संस्था लि. नेपाल, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघका प्रतिनिधि र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिवबिच किसानका मागहरू पूरा गर्ने सम्बन्धमा सहमति भएकाे हाे ।

    सहमति अनुसार दुग्ध उत्पादक कृषकहरूलाई दुध बिक्री गरे बापत पाउनुपर्ने रकम निरन्तरता दिँदै २०८० पुस मसान्तसम्मको रकमको भुक्तानी प्रत्येक उद्योगीहरूले यही २०८० साल चैत्र २१ सम्म गरिसक्ने भनिएकाे छ । त्यस्तै प्रत्येक उद्योगले सहकारीबाट खरिद गरिरहेको दूधको परिमाणलाई नघटाई मिल्क होलिडे नहुने गरी निरन्तर खरिद गरिरहने पनि सहमति भएको छ ।
    दुग्ध उद्योगीहरूले दूध तथा दुग्ध पदार्थ निर्यातका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आवश्यक समन्वय गर्ने साथै दूध तथा दुग्ध पदार्थहरूको निर्यात प्रवर्द्धन सम्बन्धी विषयहरू नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गर्ने सहमतिमा उल्लेख छ।

    यसैगरी नेपाल सरकारले पशुपालक किसानहरूलाई दिइरहेको कृषि तथा पशुपन्छी बीमा कार्यक्रमलाई निरन्तरता दिने भनिएको छ। केन्द्रीय दुग्ध सहकारी संघ लि। नेपालले राखेका अन्य मागहरू सम्बोधन गर्न पहल गर्ने पनि सहमति भएको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    सुन तोलामा ८ हजार ८ सय रुपैयाँले घट्यो, चाँदीको मूल्य…

    काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ८ हजार

    नेप्से ९.२४ अंकले बढ्यो, २ अर्ब ९० करोडको कारोबार

    काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज मंगलबार ९.२४ अंकले बढेको छ । नेप्से ९.२४ अंकले बढेर २ हजार

    राष्ट्र बैंकले तोक्यो आजको विदेशी मुद्राको विनिमयदर, डलर १५२ रुपैयाँ…

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको

    सूचना प्रविधिमा लगानी बढाउन युवा उद्यमीलाई अर्थमन्त्री वाग्लेको आग्रह

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सूचना प्रविधि क्षेत्रमा कार्यरत युवा उद्यमीहरूलाई निर्धक्क भएर स्वदेशमै लगानी विस्तार गर्न आग्रह गरेका

    नाडा अटो शो नेपालको आर्थिक रूपान्तरणको मार्गचित्र बन्न सक्छ :…

    काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नाडा अटो शो व्यापारिक मेला वा सवारी साधनको प्रदर्शनीमा मात्र सीमित नभई नेपालको गतिशीलता,

    इरानी रियाल इतिहासकै कमजोर, एक डलरको मूल्य २० लाख रियाल…

    काठमाडौं ।  अमेरिकाले थप कडा प्रतिबन्ध घोषणा गर्ने तयारी गरिरहेका बेला इरानी मुद्रा रियाल इतिहासकै कमजोर अवस्थामा पुगेको छ। अनौपचारिक

    Techie IT