Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १ शुक्रबार

    अपडेट
    गृहपृष्ठराजनीतिकिसानलाई यस वर्ष ६ लाख मेट्रिक टन मल उपलब्ध गराइने, उखु किसानको बाँकी भुक्तानी असारभित्र : मन्त्री चौधरी

    किसानलाई यस वर्ष ६ लाख मेट्रिक टन मल उपलब्ध गराइने, उखु किसानको बाँकी भुक्तानी असारभित्र : मन्त्री चौधरी


    काठमाडौं । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले सरकारले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन विशेष पहल गरिरहेको बताएकी छन् ।बुधबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले चालु आर्थिक वर्षमा हालसम्म ५ लाख ५४ हजार ७६२ मेट्रिक टन रासायनिक मल आयात भएको र ४ लाख ६३ हजार १०७ मेट्रिक टन मल किसानलाई बिक्री वितरण भइसकेको जानकारी दिइन् ।

    उनका अनुसार चालु आर्थिक वर्षको असार मसान्तसम्म करिब ६ लाख मेट्रिक टन रासायनिक मल अनुदानमा उपलब्ध गराइनेछ, जुन अहिलेसम्मकै उच्च परिमाण हुनेछ ।

    मन्त्री चौधरीले मध्यपूर्वमा जारी द्वन्द्वका कारण मल आपूर्तिमा केही चुनौती देखिए पनि धान रोपाइँको समयमा अभाव हुन नदिन मन्त्रालयले विशेष तयारी गरेको बताइन् । उनले भारतसँग जीटुजी प्रक्रियामार्फत ५० हजार मेट्रिक टन मल खरिद प्रक्रिया अघि बढाइएको जानकारी समेत दिइन् ।
    अनुदानको मल वितरणलाई पारदर्शी बनाउन ‘अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका, २०८२’ लागू गरिएको र मल व्यवस्थापन सूचना प्रणाली सञ्चालनमा ल्याइएको उनले बताइन् ।

    बीउविजन उत्पादनबारे मन्त्री चौधरीले धान, गहुँ, मकै, मसुरो तथा तोरीको स्रोत बीउ डिजिटल प्रणालीमार्फत वितरण भइरहेको जानकारी दिँदै स्वदेशी बीउविजन प्रवर्द्धनका लागि स्रोत बीउ उत्पादनमा ३० प्रतिशत र उन्नत बीउ उत्पादनमा ५० प्रतिशतसम्म अनुदान उपलब्ध गराइएको बताइन् ।

    उखु किसानको भुक्तानीबारे बोल्दै उनले चालु आर्थिक वर्षमा करिब १३ अर्ब ४२ करोड रुपैयाँ भुक्तानी हुनुपर्नेमा हालसम्म ९ अर्ब रुपैयाँ भुक्तानी भइसकेको जानकारी दिइन् । बाँकी रकम पनि यही आर्थिक वर्षभित्र भुक्तानी हुने प्रतिबद्धता प्राप्त भएको उनको भनाइ थियो ।कृषि उत्पादनको उचित मूल्य सुनिश्चित गर्न सरकारले न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै आएको उल्लेख गर्दै उनले बर्से धान र गहुँको समर्थन मूल्य तोकिएको जानकारी दिइन् ।

    दुग्ध किसानको भुक्तानीतर्फ मङ्सिरदेखि माघसम्मको १८ करोड रुपैयाँ भुक्तानी गरिसकिएको र बाँकी २० करोड रुपैयाँ असार १५ भित्र उपलब्ध गराइने उनले बताइन् ।वन्यजन्तु–मानव द्वन्द्व नियन्त्रणका लागि बाँदर, निलगाई र बदेललगायत वन्यजन्तुबाट हुने क्षतिमा राहत वितरण भइरहेको जानकारी दिँदै मन्त्री चौधरीले जङ्गली रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तुको सूचीमा राखी नियन्त्रण प्रक्रिया अघि बढाइएको बताइन् ।

    वन संरक्षणबारे उनले नेपालको वन क्षेत्र हाल ४६ दशमलव ०८ प्रतिशत पुगेको जानकारी दिँदै आर्थिक वर्ष २०८३/८४ मा करिब १ खर्ब रुपैयाँ बराबरको काठ बिक्री गर्ने लक्ष्य राखिएको बताइन् ।

    जलवायु परिवर्तनका कारण नेपाल उच्च जोखिममा रहेको उल्लेख गर्दै मन्त्री चौधरीले राष्ट्रिय जलवायु नीति तथा विभिन्न कार्यक्रममार्फत जोखिम न्यूनीकरणका काम भइरहेको जानकारी दिइन् । उनले कृषि, खाद्य सुरक्षा र वन संरक्षणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै किसान तथा वन संरक्षणमा खटिएका सुरक्षाकर्मीको योगदानप्रति सम्मान व्यक्त गरिन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    राष्ट्र बैंक ऐन संशोधनमा खुला छलफल गर्न सरकार तयार, क्रिप्टोकरेन्सीबारे…

    काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ (संशोधन) विधेयक माथि दफावार छलफल गरिएको छ।

    साउने संक्रान्तिमा पशुपतिनाथमा भक्तजनको घुइँचो, बिहानैदेखि शिवपूजामा श्रद्धालुको भीड

    काठमाडौं । साउने संक्रान्तिको अवसरमा शुक्रबार बिहानैदेखि आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थी भक्तजनहरूको उल्लेख्य भीड लागेको छ। साउन महिनाको पहिलो

    सांसदलाई सम्पत्ति विवरण बुझाउन सचिवालयको आग्रह, भदौ २९ भित्र अनिवार्य…

    काठमाडौं । संघीय संसद् सचिवालयले आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण निर्धारित समयभित्र बुझाउन संघीय संसद्का सबै सदस्यलाई अनुरोध गरेको

    आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व…

    काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका

    बागमतीमा एमाले मन्त्रीहरूको सामूहिक राजीनामा रोकियो

    काठमाडौं । नेकपा (एमाले) बाट बागमती प्रदेश सरकारमा सहभागी ६ जना मन्त्रीले गर्ने भनिएको सामूहिक राजीनामा अन्तिम समयमा स्थगित भएको

    बागमती प्रदेश प्रमुखद्वारा दुई आर्थिक विधेयक प्रमाणीकरण

    काठमाडौँ । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाबाट पारित दुई वटा आर्थिक विधेयक प्रमाणीकरण गर्नुभएको छ । प्रदेश प्रमुख देवकोटाले

    Techie IT