किम्रुङखोला पहिरोले थुनिएपछि मोदीखोला किनारका बस्तीमा सतर्कता
पोखरा । कास्कीको किम्रुङखोलामा पहिरो खसेर पानी थुनिएपछि जिल्ला प्रहरीले मोदीखोला र यसको जलाधार क्षेत्रमा रहेका बस्तीलाई सतर्क रहन आग्रह गरेको छ।
कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार मोदीखोलामा मिसिने किम्रुङखोला करिब ६ घण्टादेखि थुनिएको सूचना प्राप्त भएको छ।
खोला थुनिएको स्थानमा जमेको पानी अचानक फुटेमा ठूलो बाढी आउन सक्ने जोखिम रहेकाले प्रहरीले प्रभावित क्षेत्रमा माइकिङ गर्दै स्थानीयलाई सचेत गराएको छ।
एसपी कार्कीका अनुसार थुनिएको पानी फुटेमा मोदीखोलामा एक्कासि बाढी आउन सक्ने र त्यसको असर नयाँपुल तथा वीरेठाँटी हुँदै पर्वत, स्याङ्जा र पाल्पासम्म नदी किनारका बस्तीमा पर्न सक्ने जोखिम छ।
जल तथा मौसम विज्ञान विभागले पनि सम्बन्धित प्रशासनलाई सतर्क रहन आग्रह गरेको छ।
किम्रुङखोला थुनिएको र बाँध फुटेमा मोदीखोलामा ठूलो बाढी आउन सक्ने सूचनापछि जिल्ला प्रशासन कार्यालय पर्वतले समेत नदी किनारमा रहेका बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेपाली कांग्रेसको १५औँ महाधिवेशन : २२ वर्षका युवा महत महाधिवेशन प्रतिनिधिमा निर्वाचित
- २ मेलम्चीमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय उद्घाटन
- ३ प्रतिनिधिसभाको बैठक आज बस्दै, विभिन्न विधेयक कार्यसूचीमा
- ४ सामुदायिक योग समूह गाईजात्रा (इन्द्रजात्रा) विशेष कार्यक्रम मनाइयो
- ५ म्याग्दीमा पहिरोमा परी ६ जनाको मृत्यु, ३ जना बेपत्ता
- ६ आज देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी
- ७ रसुवा बाढीको बीमा दाबी २० अर्ब ९८ करोड, छिटो भुक्तानीका लागि संक्षिप्त कार्यविधि लागू

तपाईको प्रतिक्रिया दिनुहोस