का.म.न.पा, स्वास्थ्य विभागद्वारा एक दिने अभिमुखीकरण सम्पन्न
काठमाडौं । काठमाडौं महानगरपालिका अन्तर्गतको स्वास्थ्य विभाग, शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको आयोजनामा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंको वडा नं. ७ स्थित शहीद स्मृति सामुदायिक भवन मैजुवहाल चावहिलको कार्यालयमा ‘समुदायमा आधारित रोग निरानी प्रणाली सम्बन्धी समुदायका सरोकारवालाहरुको लागि १ दिने अभिमुखीकरण कार्यक्रम’ सम्पन्न भएको हो ।
कार्यक्रमका बारेमा शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रकी इन्चार्जसमेत रहेकी जनस्वास्थ्य अधिकृत सुभाशिनी कर्माचार्यले समुदायमा आधारित रोग निगरानीका लागि सहजता होस् भनेर वडा जनप्रतिनिधि ,स्वास्थ्य स्वयम् सेविका, वडाका समाजसेवी संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय क्लवका प्रतिनिधि ,नगर प्रहरी प्रतिनिधि तथा पत्रकार र सरोकारवालाहरुलाई समावेश गरेर अभिमुखीकरण कार्यक्रम गरिएको जानकारी दिइन् । उक्त कार्यक्रम प्रत्यक्ष निगरानीका लागि फलदायी हुने उनको विश्वास रहेको छ ।
यो कार्यक्रम नेपालभरि लागू हुन लागेको समेत उनले जानकारी दिइन् । यस्तो कार्यक्रमको माध्यमबाट अकस्मात घट्ने स्वास्थ्य सम्बन्धी घटनाको छरितो सूचना प्रवाह हुने उनले बताइन् ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ स्पेन सेमिफाइनलमा, बेल्जियमलाई २–१ ले पराजित
- २ मन्त्रिपरिषद्का निर्णय : बीउबिजन नियमावली संशोधनदेखि पदक विजेता खेलाडीलाई नगद पुरस्कारसम्म
- ३ सुन तोलामा २८ सय र चाँदीमा १ सय रुपैयाँ गिरावट
- ४ विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तन अभियानमा जोड्न मन्त्री महावीर पुनको आह्वान
- ५ ३ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालयका चार संगठनको माग
- ६ एसीसी यू–१९ महिला प्रिमियर कप: नेपाल आज सिङ्गापुरसँग प्रतिस्पर्धा गर्दै
- ७ इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश, नर्वेमाथि २–१ को रोमाञ्चक जित

तपाईको प्रतिक्रिया दिनुहोस