काभा यू–१९ महिला भलिबल : नेपालको लगातार दोस्रो जित
काठमाडौं । श्रीलंकाको कोलम्बोमा जारी सेन्ट्रल एसियन भलिबल संघ (काभा) यू–१९ महिला च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित हात पारेको छ ।कोलोम्बोमा बिहीबार भएको लिग चरणको आफ्नो तेस्रो तथा अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । नेपालले माल्दिभ्सलाई पहिलो सेट २५–७ ले पराजित गर्यो भने दोस्रो सेट २५–१० तथा तेसो सेट २५–११ ले हरायो ।
यो जितपछि नेपालले तीन खेलबाट सात अंक जोडेको छ । यसअघि कीर्गिस्तानसँग ३–२ को सेटमा पराजित भएको नेपालले घरेलु टोली श्रीलंकालाई ३–१ को सेटमा हराएको थियो ।चार टिम सहभागी यस प्रतियोगितामा सिंगल राउन्ड रोविनका आधारमा खेल हुनेछ । त्यसपछि लिग चरणको अंक तालिकाको आधारमा सेमिफाइनल खेल हुनेछ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ हिमतालको बढ्दो जोखिम : पूर्वतयारीको आवश्यकता
- २ रसुवा बाढीमा तपाईको आफन्त हराइरहनु भएको छ ? अब khozi.facetagr.com ले सहयोग गर्न सक्छ
- ३ भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ७८८
- ४ ओली र लेखक विरूद्धको जाहेरी प्रहरीले बुझी जाँचबुझ आयोगलाई पठायो
- ५ राज्यबाट सिर्जित सुकुम्बासी : आर्थिक, कृषि तथा भूमिनीतिको यथार्थ
- ६ नाडा अटो शो नेपालको आर्थिक रूपान्तरणको मार्गचित्र बन्न सक्छ : उपराष्ट्रपति यादव
- ७ नयाँ ढंगले जान सबै मन्त्रालयको बिफ्रिङ लिएर समीक्षा गरिरहेको छुः प्रधानमन्त्री

तपाईको प्रतिक्रिया दिनुहोस