काभा महिला भलिबलको उपाधिका लागि आज इरान र काजकिस्तान भिड्दै
काठमाडौं । जारी काभा महिला भलिबल च्याम्पियनसिप अन्तर्गत काभा महिला भलिबल च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ ।
काठमाडौंको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने उपाधि भिडन्तमा इरान र काजकिस्तान आमनेसामने हुनेछन् । फाइनल खेल अपराह्न साढे ४ बजेदेखि सुरु हुनेछ ।
सेमिफाइनलमा इरानले नेपाललाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो भने काजकिस्तानले भारतलाई हराउँदै उपाधिनजिक पुगेको हो ।
त्यस्तै, तेस्रो स्थानका लागि आजै नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल दिउँसो १ बजेदेखि सुरु हुने तालिका रहेको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ राष्ट्र बैंकद्वारा शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
- २ स्पेन सेमिफाइनलमा, बेल्जियमलाई २–१ ले पराजित
- ३ मन्त्रिपरिषद्का निर्णय : बीउबिजन नियमावली संशोधनदेखि पदक विजेता खेलाडीलाई नगद पुरस्कारसम्म
- ४ फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै लगातार तेस्रो पटक विश्वकप सेमिफाइनलमा स्थान बनायो
- ५ सुन तोलामा २८ सय र चाँदीमा १ सय रुपैयाँ गिरावट
- ६ विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तन अभियानमा जोड्न मन्त्री महावीर पुनको आह्वान
- ७ ३ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालयका चार संगठनको माग

तपाईको प्रतिक्रिया दिनुहोस