काभा महिला भलिबलका लागि निरुता ठगुन्नाको कप्तानीमा नेपाली टोली घोषणा
काठमाडौं । जेठ ८ गतेदेखि १४ गतेसम्म काठमाडौंमा सञ्चालन हुने काभा महिला भलिबल च्याम्पियनसिपका लागि निरुता ठगुन्नाको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय महिला भलिबल टोली घोषणा गरिएको छ ।
घोषित टोलीमा कप्तान निरुता ठगुन्नासहित उषा भण्डारी, मिना सुनार, सलिना बुढामगर, कामना विष्ट, रिमा कुँवर, सलिना श्रेष्ठ, बसन्ती साउद, सुमित्रा रेग्मी, सुनिता खत्री, एलिशा मानन्धर, प्रगति नाथ, जसना महतो र शान्तिकला तामाङ रहेका छन् ।
प्रतियोगितामा नेपालसहित भारत, किर्गिस्तान, माल्दिभ्स, इरान, काजकिस्तान, श्रीलंका र बंगलादेशको सहभागिता रहनेछ । नेपाल पुल ‘ए’ मा भारत, किर्गिस्तान र माल्दिभ्ससँग रहेको छ ।
नेपालले उद्घाटन खेलमा जेठ ८ गते भारतसँग प्रतिस्पर्धा गर्नेछ । त्यसपछि जेठ ९ गते किर्गिस्तान र जेठ १० गते माल्दिभ्ससँग खेल्ने तालिका रहेको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ बडादसैँको साइत सार्वजनिक: असोज २५ गते घटस्थापना, कार्तिक ३ गते बिहान १०:२६ बजे टीकाको उत्तम साइत
- २ नेपाली कांग्रेस १५औँ महाधिवेशन: नयाँ नेतृत्वका लागि मतदान हुदै
- ३ कांग्रेस निर्वाचन अपडेट: राष्ट्रिय सभागृह, खुलामञ्च र तीनवटा हलमा भोटिङ, मोबाइल लैजान निषेध
- ४ सरकारी कार्यालयको बिजुली बिल अब अनलाइनबाटै भुक्तानी हुने
- ५ नेपाली श्रमिकलाई ठूलो राहत: मलेसियामा न्यूनतम तलब २ हजार रिंगिट पुग्यो, मासिक कमाइ साढे ७५ हजार हुने
- ६ नेप्सेमा ६.३८ अंकको गिरावट, सूचक घट्दा पनि कारोबार रकम भने ३ अर्ब ७४ करोड माथि
- ७ विदेशी मुद्राको विनिमय दर सार्वजनिक: कुवेती दिनार सबैभन्दा महँगो, डलरको बिक्रीदर १५५ रुपैयाँ पार

तपाईको प्रतिक्रिया दिनुहोस