Techie IT
  • The Film Nepal
  • २०८३ असार ३१ बुधबार

    अपडेट
    गृहपृष्ठमनोरञ्जनकान्स फिल्म फेस्टिभलमा सहभागी हुन सुनिता डंगोल फ्रान्स प्रस्थान

    कान्स फिल्म फेस्टिभलमा सहभागी हुन सुनिता डंगोल फ्रान्स प्रस्थान


    काठमाडौं । कान्स फिल्म फेस्टिभलको ७९औँ संस्करणमा सहभागी हुन काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल आइतबार फ्रान्स प्रस्थान गरेकी छन् । उनी कान्स सहरका मेयर डेभिड लिसनार्डको निमन्त्रणामा फेस्टिभलमा सहभागी हुन गएकी हुन् ।

    फेस्टिभलका विभिन्न सत्र तथा कार्यक्रमहरूमा सहभागिता जनाएपछि उनी आगामी ८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

    कान्स र काठमाडौँ दुवै युनेस्कोको ‘क्रिएटिभ सिटी अफ फिल्म’ सञ्जालका सदस्य नगर हुन् । कान्सका मेयरले पठाएको निमन्त्रणा पत्रमा फेस्टिभललाई क्रिएटिभ सहरहरूलाई जोड्ने महत्वपूर्ण अवसरका रूपमा उल्लेख गरिएको छ । साथै, ‘अन–एयर’ शीर्षकमा सञ्चालन हुने अडियो–भिजुअल कन्टेन्ट चेनबारे जानकारी आदान–प्रदान हुने जनाइएको छ ।

    यस वर्ष नेपालबाट निर्देशक अविनाश विक्रम शाहको चलचित्र ‘एलेफेन्ट इन द फग’ कान्स फिल्म फेस्टिभलमा प्रदर्शन हुने भएको छ ।

    युनेस्कोले वि.सं. २०८० कार्तिक १४ गते काठमाडौँ महानगरपालिकालाई चलचित्र सहर सञ्जालको सदस्य नगरका रूपमा चयन गरेको थियो । त्यस वर्ष विश्वका ५५ नगर विभिन्न रचनात्मक विधामा थपिएका थिए ।

    हाल विश्वका १ सयभन्दा बढी देशका करिब ४ सय सहरहरू युनेस्कोको क्रिएटिभ सिटी नेटवर्कमा आबद्ध छन्, जसअन्तर्गत चलचित्र, संगीत, डिजाइन, साहित्य, लोककला, ग्यास्ट्रोनोमी र मिडिया कला लगायतका क्षेत्र समावेश छन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउँदै ‘सहीछाप’ सडक नाटक प्रदर्शन

    काठमाडौ । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडक नाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ। नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा

    ‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने

    काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक

    ‘रोल नं १’ आजदेखि प्रदर्शनमा, देशभर १५० हाराहारी शो

    काठमाडौं । विनोद पौडेल निर्मित चलचित्र ‘रोल नं १’ आजदेखि देशभर प्रदर्शनमा आएको छ । ‘पूर्ण बहादुरको सारङ्गी’बाट चर्चामा आएका

    कमजोर पटकथाको शिकार ‘काजी’

    चलचित्र समीक्षा सस्मिता पाठक   काठमाडौं । समय परिवर्तित छ । यद्यपी सामाजिक विश्वासहरू हाम्रो समाजमा अझै पनि यथावत छन्, जहाँ

    ‘गंगारानी’मा वर्षा शिवाकोटी अनुबन्धित

    काठमाडौँ । अभिनेत्री वर्षा शिवाकोटी आगामी नेपाली सिनेमा गंगारानी मा अनुबन्धित भएकी छन् । निर्माण टिमले उनलाई औपचारिक रूपमा स्वागत

    ‘मितज्यू’ र ‘काजी’ आजदेखि एकसाथ प्रदर्शनमा

    काठमाडौँ ।  आजदेखि दुई नेपाली फिल्म ‘मितज्यू’ र ‘काजी’ देशभर एकसाथ प्रदर्शनमा आएका छन्। मितेरी साइनोको कथामा आधारित फिल्म ‘मितज्यू’

    Techie IT