काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. विवेक बराल नियुक्त
काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा. डा. विवेक बराल नियुक्त भएका छन् । कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले बराललाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा गठित छनोट समितिले उपकुलपतिका लागि प्रा. डा. बरालसहित प्रा. डा. विकास नकर्मी र बालचन्द्र लुइँटेलको नाम सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा बराललाई उपकुलपति नियुक्त गरिएको हो ।
सरकारले गत वैशाखमा अध्यादेशमार्फत तत्कालीन उपकुलपति अच्युत वाग्लेलाई पदबाट हटाएपछि केयूको उपकुलपति पद रिक्त थियो । त्यसपछि जेठ १९ गते बसेको केयू सभाले नयाँ उपकुलपति छनोटका लागि शिक्षामन्त्री पोखरेलको संयोजकत्वमा समिति गठन गरेको थियो ।
समितिमा केयूका पूर्वउपकुलपति प्रा. डा. सुरेशराज शर्मा र राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य रेशु अर्याल ढुंगाना सदस्य रहेका थिए ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ हिमतालको बढ्दो जोखिम : पूर्वतयारीको आवश्यकता
- २ रसुवा बाढीमा तपाईको आफन्त हराइरहनु भएको छ ? अब khozi.facetagr.com ले सहयोग गर्न सक्छ
- ३ भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ७८८
- ४ ओली र लेखक विरूद्धको जाहेरी प्रहरीले बुझी जाँचबुझ आयोगलाई पठायो
- ५ राज्यबाट सिर्जित सुकुम्बासी : आर्थिक, कृषि तथा भूमिनीतिको यथार्थ
- ६ गोरखाको छेकम्पारमा ठूलो पहिरो, स्यारखोला केही समय थुनियो
- ७ ट्रम्पद्वारा इरानसँगको वार्ता रोक्न निर्देशन, सम्झौताका लागि तेहरान तयार हुनुपर्ने अडान

तपाईको प्रतिक्रिया दिनुहोस