Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १ शुक्रबार

    अपडेट
    गृहपृष्ठराष्ट्रियकाठमाडौं महानगरको कक्षा ११–१२ छात्रवृत्तिमा २६ हजारभन्दा बढी आवेदन, विज्ञान विषयमा सबैभन्दा धेरै आकर्षण

    काठमाडौं महानगरको कक्षा ११–१२ छात्रवृत्तिमा २६ हजारभन्दा बढी आवेदन, विज्ञान विषयमा सबैभन्दा धेरै आकर्षण


    काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका विद्यालयहरूमा कक्षा ११ र १२ का लागि प्रदान गरिने छात्रवृत्तिमा २६ हजार ८८८ जना विद्यार्थीले अनलाइन आवेदन दिएका छन्। आवेदन दिनेमा १६ हजार ५४९ छात्र, १० हजार ३३३ छात्रा तथा ६ जना अन्य रहेका छन्।

    शिक्षा अधिकृत तथा परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काका अनुसार हालसम्म २३ हजार ४९९ आवेदन स्वीकृत भइसकेका छन्। ३ हजार ३०२ आवेदकको विवरणमा त्रुटि देखिएकाले मोबाइल र इमेलमार्फत सच्याउन सूचना पठाइएको छ। सम्बन्धित विद्यार्थीले भोलि दिउँसो १२ बजेसम्म विवरण सच्याएर पुनः पेश गर्नुपर्नेछ।

    अनलाइन प्रणालीमार्फत आवेदन दिन कठिनाइ हुने अभिभावक तथा विद्यार्थीलाई सहयोग गर्न शिक्षा विभागमा सहायता कक्षसमेत स्थापना गरिएको छ।

    यसैबीच, ८४ वटा आवेदन अस्वीकृत भएका छन्। एउटै कागजात पटक–पटक अपलोड गरिएको, आवश्यक नभएका कागजात समावेश गरिएको वा अनिवार्य विवरण नपुगेका कारण आवेदन रद्द गरिएको विभागले जनाएको छ। तोकिएको समयभित्र आवश्यक कागजात र सही विवरण पेश नगरे आवेदन स्वतः रद्द हुने चेतावनी पनि दिइएको छ।

    फाराम स्वीकृत गर्ने प्रक्रिया जेठ १३ गतेसम्म जारी रहनेछ। स्वीकृत भएका विद्यार्थीले जेठ १४ गते बिहान १० बजेदेखि आवेदन दिएको वेबसाइटमार्फत प्रवेशपत्र डाउनलोड गरी कलर प्रिन्ट गर्न सक्नेछन्। परीक्षा केन्द्र तथा अन्य परीक्षा सम्बन्धी जानकारी प्रवेशपत्रमै उल्लेख हुनेछ।

    विषयगत रूपमा विज्ञान संकायमा सबैभन्दा बढी आकर्षण देखिएको छ। विज्ञानतर्फ १८ हजार ९९६ आवेदन परेका छन् भने व्यवस्थापनमा ७ हजार २७१, कानुनमा ४०७, शिक्षामा १३५ र मानविकीमा ७९ आवेदन दर्ता भएका छन्।

    कक्षा १० सम्मको छात्रवृत्तिका लागि वडा स्तरीय समितिले सिफारिस गर्ने व्यवस्था भए पनि कक्षा ११ र १२ को छात्रवृत्तिका लागि शिक्षा विभागले परीक्षा सञ्चालन गरी नतिजाका आधारमा सिफारिस गर्ने व्यवस्था रहेको छ। परीक्षा सम्पन्न भएपछि योग्यता क्रम सूची सार्वजनिक गरिनेछ र म्याचिङ लिस्टमार्फत नाम सिफारिस गरिएका विद्यार्थीले कक्षा ११–१२ मा कुनै पनि शैक्षिक शुल्क तिर्नु नपर्ने बताइएको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    साउने संक्रान्तिमा पशुपतिनाथमा भक्तजनको घुइँचो, बिहानैदेखि शिवपूजामा श्रद्धालुको भीड

    काठमाडौं । साउने संक्रान्तिको अवसरमा शुक्रबार बिहानैदेखि आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थी भक्तजनहरूको उल्लेख्य भीड लागेको छ। साउन महिनाको पहिलो

    सांसदलाई सम्पत्ति विवरण बुझाउन सचिवालयको आग्रह, भदौ २९ भित्र अनिवार्य…

    काठमाडौं । संघीय संसद् सचिवालयले आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण निर्धारित समयभित्र बुझाउन संघीय संसद्का सबै सदस्यलाई अनुरोध गरेको

    आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व…

    काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका

    बागमतीमा एमाले मन्त्रीहरूको सामूहिक राजीनामा रोकियो

    काठमाडौं । नेकपा (एमाले) बाट बागमती प्रदेश सरकारमा सहभागी ६ जना मन्त्रीले गर्ने भनिएको सामूहिक राजीनामा अन्तिम समयमा स्थगित भएको

    बागमती प्रदेश प्रमुखद्वारा दुई आर्थिक विधेयक प्रमाणीकरण

    काठमाडौँ । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाबाट पारित दुई वटा आर्थिक विधेयक प्रमाणीकरण गर्नुभएको छ । प्रदेश प्रमुख देवकोटाले

    सार्वजनिक विद्युतीय बस खरिदमा ८० प्रतिशतसम्म बैंक कर्जा पाइने

    काठमाडौँ । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको कुल मूल्यको

    Techie IT