काठमाडौंमा यति डुबान होला भन्ने कल्पना नगरिएको प्रधानमन्त्री ओली
काठमाडौं/१४ असोज,प्रधानमन्त्री केपी ओलीले काठमाडौंमा यति डुबान होला भन्ने कल्पना नगरिएको बताएका छन्। विपतको संवेदनशील समयमा विरोध गरेर परिस्थिति झन् बिगार्न खोजिएको उनको भनाइ छ।
दशदिने अमेरिका भ्रमण सकेर सोमबार अपराह्न काठमाडौं आइपुगेका प्रधानमन्त्री ओलीले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा जल तथा मौसम विज्ञान विभागले ५६ जिल्लामा रेडअलर्ट जारी गरे पनि कहाँ–कहाँ पहिरो जान्छ भनरे पूर्वानुमान नभएको बताए।
प्रधानमन्त्रीलाई सञ्चारकर्मीले रेडअलर्ट जारी गरे पनि सरकार किन गम्भीर बनेन भनेर सोधेका थिए। जवाफमा उनले भने, ‘म तपाईंलाई सोध्न चाहन्छु, फोरकास्ट गरेको छ, रेडअलर्ट भनेर तर, कहाँ-कहाँ पहिरो जान्छ त भनेको थिएन। गएपछि थाहा हुने कुरा भयो।’
उनले अब सरकारले पनि गर्दै सरकारले सहायता र राहतमा कसर बाँकी नराख्ने जनाए।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ बडादसैँको साइत सार्वजनिक: असोज २५ गते घटस्थापना, कार्तिक ३ गते बिहान १०:२६ बजे टीकाको उत्तम साइत
- २ नेपाली कांग्रेस १५औँ महाधिवेशन: नयाँ नेतृत्वका लागि मतदान हुदै
- ३ कांग्रेस निर्वाचन अपडेट: राष्ट्रिय सभागृह, खुलामञ्च र तीनवटा हलमा भोटिङ, मोबाइल लैजान निषेध
- ४ सरकारी कार्यालयको बिजुली बिल अब अनलाइनबाटै भुक्तानी हुने
- ५ नेपाली श्रमिकलाई ठूलो राहत: मलेसियामा न्यूनतम तलब २ हजार रिंगिट पुग्यो, मासिक कमाइ साढे ७५ हजार हुने
- ६ विदेशी मुद्राको विनिमय दर सार्वजनिक: कुवेती दिनार सबैभन्दा महँगो, डलरको बिक्रीदर १५५ रुपैयाँ पार
- ७ नेप्सेमा ६.३८ अंकको गिरावट, सूचक घट्दा पनि कारोबार रकम भने ३ अर्ब ७४ करोड माथि

तपाईको प्रतिक्रिया दिनुहोस