काठमाडौंमा ग्यास सहज रूपमा बिक्री गर्न प्रशासनको निर्देशन
काठमाडौं । काठमाडौंमा खाना पकाउने एलपी ग्यासको आपूर्ति भइरहे पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले ग्यास विक्रेता तथा वितरकलाई ग्यास प्राप्त हुनासाथ उपभोक्तालाई बिक्री गर्न निर्देशन दिएको छ।
जिल्ला प्रशासन कार्यालयले काठमाडौं जिल्लाभर ग्यासको बिक्री–वितरण अवस्थाबारे सघन अनुगमन भइरहेको जनाएको छ। प्रशासनले सरकारले तोकेको मूल्यभन्दा बढी रकम लिएर ग्यास बिक्री गरेको पाइएमा सम्बन्धित विक्रेता तथा वितरकमाथि कानुनी कारबाही गरिने चेतावनी दिएको छ।
त्यस्तै, ग्यास लुकाएर राख्ने, अनावश्यक रूपमा भण्डारण गर्ने वा कृत्रिम अभाव सिर्जना गरी बिक्री नगर्ने गरेको पाइएमा तत्काल नियन्त्रणमा लिएर कानुनबमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ।
ग्यास लुकाएको वा भण्डारण गरेर बिक्री नगरेकोबारे जानकारी भए जिल्ला प्रशासन कार्यालय काठमाडौंका सूचना अधिकारीको मोबाइल नम्बर ९८५१३३८३२२ मा सम्पर्क गरी सूचना दिन प्रशासनले उपभोक्तालाई आग्रह गरेको छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेपाली कांग्रेसको १५औँ महाधिवेशन : २२ वर्षका युवा महत महाधिवेशन प्रतिनिधिमा निर्वाचित
- २ मेलम्चीमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय उद्घाटन
- ३ प्रतिनिधिसभाको बैठक आज बस्दै, विभिन्न विधेयक कार्यसूचीमा
- ४ सामुदायिक योग समूह गाईजात्रा (इन्द्रजात्रा) विशेष कार्यक्रम मनाइयो
- ५ म्याग्दीमा पहिरोमा परी ६ जनाको मृत्यु, ३ जना बेपत्ता
- ६ आज देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी
- ७ आजको विदेशी मुद्राको विनिमय दर : डलर १५३ रुपैयाँ ६१ पैसामा बिक्री

तपाईको प्रतिक्रिया दिनुहोस