Techie IT
  • The Film Nepal
  • २०८२ मंसिर २९ सोमबार

    अपडेट
    गृहपृष्ठखेलकुदकाठमाडौंको सहज जीत

    काठमाडौंको सहज जीत


    काठमाडौं। कर्णाली याक्सविरुद्ध पाँच विकेटको सहज जितसँगै नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाण्डू गोर्खाज प्लेअफनजिक पुगेको छ ।प्रतियोगिताका काठमाण्डूको यो चौथो जित हो । काठमाण्डूले यसअघि पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध पाँच विकेटको जित निकालेको थियो ।
    दोस्रो र तेस्रो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सविरुद्ध क्रमशः २९ र पाँच विकेटले पराजित भएको काठमाण्डूले चौथो र पाँचौँ खेलमा लुम्बिनी लायन्स र चितवन राइनोजविरुद्ध २२ र ५३ रनको जित निकालेको थियो ।

    यता, चौथो हार बेहोरेको कर्णालीको प्लेअफ यात्रा भने कठिन बनेको छ । कर्णाली यसअघि पहिलो खेलमा चितवन राइनोजसँग चार विकेटले पराजित भएको थियो । दोस्रो खेलमा लुम्बिनी लायन्सलाई नौ विकेटले हराएको कर्णालीले तेस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ४५ रनको र चौथो खेलमा विराटनगरविरुद्ध तीन विकेटको हार बेहोरेको थियो ।आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा कर्णालीले प्रस्तुत गरेको १५० रनको लक्ष्य काठमाण्डूले १८ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो ।

    शनिबार काठमाण्डूलाई जित दिलाउन गेरहार्ड इरास्मसले सर्वाधिक ४३ रन बनाए । अविजित रहेका गेरहार्डले ६३–३ को स्थितीबाट जोन सिम्पसनसँग चौथो विकेटका निम्ति ८६ रनको साझेदारी गर्दै काठमाण्डूलाई जितसम्म डोहोर्‍याएका हुन् ।सिम्पसनले २१ बलमा चार चौका र दुई छक्कासहित ४१ रन जोडे । ओपनर बेन चाल्सवर्थले २१ बलमा दुई चौका र तीन छक्कासहित ३४ रन थपे । मिलिन्द कुमार १५ रनमा रनआउट भए । अर्का ओपनर आकाश त्रिपाठीले आठ रन बनाए । काठमाण्डूका राशिद खान गोल्डेन डक भए ।कर्णालीका नन्दन यादवले तीन विकेट लिए । पवन सर्राफले एक विकेट लिए ।

    त्यसअघि टस जितेर ब्याटिङमा आएको कर्णाली निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४९ रनको योगफल खडा गरेको थियो ।कर्णालीका अलराउन्डर गुल्सनकुमार झाले आक्रामक ब्याटिङ गर्दै ४९ रन बनाए । उनले २२ बलमा ६ चौका र दुई छक्का प्रहार गरे । ८८–६ को स्थितिबाट करणले दीपक डुम्रेसँग सातौँ विकेटका निम्ति ५५ रनको साझेदारी गर्दै कर्णालीलाई सम्मानजनक लक्ष्यसम्म पुर्‍याएका थिए । दीपकले १० रन बनाए ।

    पवन सर्राफले २९ बलमा दुई चौका र दुई छक्कासहित ३५ रन जोडे । ओपनर मार्क वाटले २७ बल खेल्दा एक चौका र दुई छक्कासहित ३० रन बनाए । अर्का ओपनर प्रियांक पन्चाल भने ‘रोयल डक’ भए । खेलको पहिलो बलमै काठमाण्ढूका कप्तान करण केसीले ‘कट एन्ड बोल्ड’ गरे ।विलियम बोसिस्टोले एक र कप्तान सोमपाल कामीले ६ रन थपे ।

    काठमाण्डूका राशिद खानले दुई विकेट लिए । चार ओभरमा उनले ३७ रन खर्चिए । मिलिन्द कुमार र सन्तोष यादवले समान एक विकेट लिए ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    आज एनपीएलको फाइनल खेल हुँदै: सुदूरपश्चिम र लुम्बिनीबीच भिडन्त

    काठमाडौं।आज नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिका लागि शनिबार साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।कीर्तिपुरस्थित

    आर्सनलले लगातार छ खेल जित्यो

    काठमाडौं।आर्सनलले युईएफए च्याम्पियन्स लिगमा लगातार छैटौँ खेलमाजित हासिल गरेको छ ।बुधबार सम्पन्न खेलमा आर्सनलले क्लब ब्रुगविरुद्ध ३–० को सहज जित

    एनपीएलको दोस्रो क्वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच खेल हुँदै छ । कीर्तिपुरस्थित त्रिवि

    लुम्बिनीविरुद्ध काठमान्डुले ब्याटिङ गर्दै

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटर खेलमा काठमान्डु गोर्खाले लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गर्दैछ । काठमान्डुका कप्तान करण केसीले

    एनपीएलको इलिमिनेटरमा आज भिड्दै काठमाण्डू र लुम्बिनी

    काठमाडौं।नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको इलिमिनेटरमा आज काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदै छ ।एनपीएलको इतिहासमा यी दुवै

    विराटनगर विरुद्ध ओपनर विनोदको अर्धशतकमा सुदुर पश्चिमद्धारा १५६ को लक्ष्य…

    काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध १५६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट

    Techie IT