काठमाडौँ उपत्यकाबाट दसैँमा १८ लाख मानिस बाहिरिने अनुमान
काठमाडौं/ ९ असाेज, यस वर्षको चाडपर्वमा १५ देखि १८ लाख मानिस काठमाडौँ उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ।
यो संख्या गत वर्षको तुलनामा पाँच लाखले बढी हो। अघिल्लो वर्ष १३ लाखको संख्यामा सर्वसाधारणहरू उपत्यकाबाट बाहिरिएका थिए।
मौसम राम्रो भएमा १८ लाखको हाराहारीमा मानिसहरू उपत्यकाबाट बाहिरिने सम्भावना रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता विश्वराज खड्काले बताउनुभयाे।
चाडपर्वका बेलामा आवतजावत गर्नेको चाप बढ्दा दुर्घटना पनि बढ्न सक्ने भएकाले सो विषयमा सरोकारवालाहरूसँग छलफल भइरहेको उहाँले जानकारी गराउनुभयाे।
‘सडक राम्रो नहुनु, सावारी साधनको बढी चाप हुनु, क्षमताभन्दा बढी यात्रु बोक्नु, हतारहतार गरेर यात्रु ओसारपोसार गर्नु, बिग्रिएका सवारी साधनहरू पनि सञ्चालन गर्नुलगायतका कारण चाडपर्वमा बढी दुर्घटना हुने गरेको छ। त्यसलाई न्यूनीकरण गर्ने विषयमा सम्बन्धित निकायसँग छलफल भइरहेको छ,’ उहाँले भन्नुभयाे।
दसैँमा सजकतापूर्वक जाँच गरेर कडाइका साथ नियम पालना गराउन आफूहरू लागिपर्ने उहाँले बताउनुभयाे।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ बालेनले बुझाए चुनावमा १४ लाख १७ हजार रुपैयाँ खर्च भएको विवरण
- २ गल्ती गर्नेलाई कारबाहीको सिफारीस गरिएको छ : आयोग
- ३ आजको मौसम : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
- ४ राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको आज शपथ
- ५ प्रधानन्यायाधीशको निम्ति ६ न्यायाधीशहरुको नाम संवैधानिक परिषदमा
- ६ पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्षओलीलाई पितृ शोक
- ७ सुनसरी-१ मा हर्कराज साम्पाङ विजयी

तपाईको प्रतिक्रिया दिनुहोस