Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २५ सोमबार

    अपडेट
    गृहपृष्ठप्रदेशगण्डकीकाकाकुल कोटवस्ती, गाडीले बोकेकै पानीको भर

    काकाकुल कोटवस्ती, गाडीले बोकेकै पानीको भर


    काठमाडौं/ १३ मङ्सिर, लीगण्डकी गाउँपालिका – १ र २ को कोटवस्तीका स्थानीयहरूले वषौँदेखी खानेपानीको समस्या झेल्दै आएका छन् । उनीहरूले हिउँदको समयमा गाडीमा पानी ढुवानी गरेर पिउन बाध्य छन् । 
    कालीगण्डकी गाउँपालिका वडा नम्बर एकको देउराली, सिरकोट र वडा नम्बर २ को कोटका स्थानीयहरूलाई यो समस्या अहिलेको भने होइन, उनीहरूले यो समस्या वर्षौँदेखि झेल्दै आएका छन् ।  
    मुहानभन्दा बस्ती माथि भएका करण  त्यस क्षेत्रमा लिफटिङबाट मात्रै खानेपानीको समस्या समाधान हुन्छ ।  त्यस क्षेत्रमा पाँच वर्ष भन्दा बढी हुँदासमेत लिफटिङको कार्य पूरा हुन सकेको छैन । डिभिजन खानेपानी तथा सरसफाइ कार्यालय तम्घासमार्फत हुने कार्यले गति लिन नसक्दा पनि त्यस क्षेत्रका नागरिकले समस्या झेल्दै आएका हुन् । 
    एक वर्षमा कहिले एउटा ट्याङ्की बनाउने ,कहिले मोटर खरिद गर्ने जस्ता कार्यले गर्दा आफूहरूलाई देखाउने दाँत जस्तो बनाएको स्थानीय तिलक रानाले दुखेसो पोख्नुभयो । थोरै थोरै काम गरेजस्तो गर्ने र कार्य पूरा कहिल्यै नहुने हुँदा गाडीमा ढुवानी गरेको पानी तेल जस्तै हुने गरेकाले आफूहरूले गाडीबाट कहिलेसम्म पानी ढुवानी गरेर खाने भन्दै सरोकारवालाहरूलाई प्रश्न गर्नुभयो ।  
    नेताहरूले पनि चुनावी नारा बनाउने र चुनाव जितेर गएपछि समस्या बिर्सने गरेको त्यस क्षेत्रका स्थानीयहरूको गुनासो छ । चुनावमा मात्रै आफूहरू भोट बैङ्कको रूपमा प्रयोग मात्रै हुने गरेको उनीहरूले बताउँदै आएका छन् । 
    वर्षा यामको समयमा चिदियारको मूलबाट पानी पिउने गरेका उनीहरूले हिउँद लागेपछि मुहान सुक्ने भएपछि उक्त समस्या झेल्नुपरेको स्थानीय तुलसी पाण्डेले दुखेसो गर्नुभयो । हिउँद लागेपछि  राती सुत्ने बेलामा पनि खानेपानीको समस्याले सताउने गरेको उहाँले बताउनुभयो । गाडीमा पानी ढुवानी गरेर ल्याउँदा एक पटकको एक हजार पाँच रुपियाँ तिर्न आफूहरू बाध्य भएको उहाँको भनाइ छ । 
    यस्तै सिरकोटकी मनकुमारी रानाले पनि पिउने पानीको समस्याले गर्दा स्थानीयहरू बसाइँसराइ गर्न बाध्य हुने गरेको गुनासो गर्नुभयो । खानेपानीकै समस्याले गर्दा एक दर्जनभन्दा बढी व्यक्तिहरू बसाइसराइ गरेर गएको भन्दै यस्तै समस्या कायमै रहे अरू पनि बाध्य हुने उहाँको भनाइ छ । यस्तै कोटका लक्ष्मीपति न्यौपानेले खानेपानी गाडीमा ढुवानी गरेर ल्याउनुपर्दा खर्चिलो हुने र सबैलाई गाडीको पहुँच पनि नहुने बताउनुभयो । 
    बस्तीभन्दा तल खानेपानीको मुहान भएकाले लिफटिङ गरेर मात्रै पानी खुवाउन सकिने खानेपानी तथा तथा सरसफाइ डिभिजन कार्यालय तम्घास गुल्मीले जनाएको छ ।
    ठोटनेरी खोलाबाट लिफटिङ गरेर पानी खुवाउनका लागि अघिल्लो वर्षको बजेटबाट ट्याङ्की निमार्ण र खानेपानीको पाइप लाइन खन्ने काम  भएको कार्यालयका प्रमुख सरोज न्यौपानेले बताउनुभयो । अहिले विद्युतीकरण गर्नका लागि टेन्डरबाट काम भइरहेको र यस वर्ष पानी खुवाउने गरी काम भइरहेको उहाँको भनाइ छ ।  बजेट अभावका कारण त्यस क्षेत्रको समस्याबारे जानकार भए पनि काम पूरा गर्न नसकिएको न्यौपानेले बताउनुभयो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने

    काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। रास्वपाका सहमहामन्त्री

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला

    कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह जंगलमा मृत अवस्थामा फेला परेका छन्। गत शुक्रबार दिउँसोदेखि सम्पर्कविहीन रहेका सिंहको शव

    आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम

    काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा

    परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति : परराष्ट्रमन्त्री खनाल

    ललितपुर । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन्। ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः

    महाङ्काल मन्दिरको चौघेरा सत्तल पुनःनिर्माण सम्पन्न, महानगरद्वारा उद्घाटन

    काठमाडौं । काठमाडौं महानगरपालिकाले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त महाङ्काल मन्दिर परिसरको ऐतिहासिक चौघेरा सत्तलको पुनःनिर्माण सम्पन्न गरेको छ। करिब ८

    राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरुङको माफी : ‘मेरो भाषा अलि…

    काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभा बैठकमा आफ्नो अभिव्यक्ति रुखो तथा ठाडो हुन पुगेको स्वीकार गर्दै सांसदहरूसँग माफी मागेका

    Techie IT