कांग्रेस संस्थापनइतर पक्षद्वारा महाधिवेशनसहित सबै निर्णय यथास्थितिमा राख्न माग
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले सर्वोच्च अदालतमा पार्टीको वैधानिकतासम्बन्धी मुद्दा विचाराधीन रहेकाले आगामी महाधिवेशनसहित पार्टीका सम्पूर्ण निर्णय तत्कालका लागि यथास्थितिमा राख्न माग गरेको छ।
नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समिति संयोजक डा. शशांक कोइरालाले पार्टी सभापति गगनकुमार थापालाई पत्र लेख्दै सर्वोच्च अदालतबाट मुद्दा पुनरावलोकनका लागि ‘निस्सा’ प्रदान भइसकेकाले अदालतको अन्तिम फैसला नआएसम्म पार्टीका सांगठनिक तथा नीतिगत गतिविधि अघि नबढाउन आग्रह गरेका हुन्।
पत्रमा अदालतबाट मुद्दाको अन्तिम किनारा नलागेसम्म पार्टीको वर्तमान संरचना र नेतृत्वको वैधानिकतामाथि कानुनी प्रश्न कायम रहेको उल्लेख गरिएको छ।
संस्थापनइतर पक्षले विशेष महाधिवेशनसँग सम्बन्धित सबै सांगठनिक, प्राविधिक तथा नीतिगत कार्यतालिका तत्काल स्थगित गर्न माग गरेको छ। त्यस्तै, अदालतको अन्तिम फैसला नआएसम्म पार्टीका तर्फबाट दीर्घकालीन प्रभाव पार्ने राजनीतिक, सांगठनिक, नीतिगत तथा आर्थिक निर्णय नगर्न पनि आग्रह गरिएको छ।
पार्टीभित्र गम्भीर कानुनी तथा नीतिगत संक्रमणको अवस्था रहेकाले थप जटिलता र कानुनी संकट उत्पन्न हुन नदिन आफूहरूले यस्तो आग्रह गरेको कोइरालाको पत्रमा उल्लेख छ।
अदालतको निर्णयविपरीत हुने कुनै गतिविधि भएमा त्यसबाट उत्पन्न हुने कानुनी जटिलताको जिम्मेवारी सम्बन्धित पक्षले नै लिनुपर्ने चेतावनीसमेत संस्थापनइतर पक्षले दिएको छ।
साथै, सर्वोच्च अदालतको गरिमा र कानुनी प्रक्रियालाई पूर्ण रूपमा सम्मान गर्दै सहयोग गर्न पनि पार्टी नेतृत्वसँग आग्रह गरिएको छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ हिमतालको बढ्दो जोखिम : पूर्वतयारीको आवश्यकता
- २ रसुवा बाढीमा तपाईको आफन्त हराइरहनु भएको छ ? अब khozi.facetagr.com ले सहयोग गर्न सक्छ
- ३ भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ७८८
- ४ ओली र लेखक विरूद्धको जाहेरी प्रहरीले बुझी जाँचबुझ आयोगलाई पठायो
- ५ राज्यबाट सिर्जित सुकुम्बासी : आर्थिक, कृषि तथा भूमिनीतिको यथार्थ
- ६ गोरखाको छेकम्पारमा ठूलो पहिरो, स्यारखोला केही समय थुनियो
- ७ ट्रम्पद्वारा इरानसँगको वार्ता रोक्न निर्देशन, सम्झौताका लागि तेहरान तयार हुनुपर्ने अडान

तपाईको प्रतिक्रिया दिनुहोस