Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २२ शुक्रबार

    अपडेट
    गृहपृष्ठराजनीतिकांग्रेस संस्थापक नेता सुवर्ण शम्शेरको सम्झना : नेतृत्व पनि सही हुनुपर्नेमा जोड

    कांग्रेस संस्थापक नेता सुवर्ण शम्शेरको सम्झना : नेतृत्व पनि सही हुनुपर्नेमा जोड


    ललितपुर/२४ कात्तिकः नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा गोविन्दप्रसाद पोखरेलले राजनीतिक पार्टीका दर्शन र विचार सही भएर मात्र नभई नेतृत्व पनि सही हुनुपर्नेमा जोड दिनुभएको छ ।
    कांग्रेसका संस्थापक नेता सुवर्ण शम्शेरको स्मृति दिवस तथा सर्वमान्य नेता गणेशमान सिंहको जन्मजयन्तीका अवसरमा उहाँहरुको राजनीतिक योगदान, सङ्घर्षमय जीवन, अभूतपूर्व र अतुलनीय योगदान तथा आजको सान्दर्भिकता विषयमा आज पार्टीको जिल्ला कार्यालय ललितपुरमा आयोजित विचार गोष्ठीमा उहाँले नेतृत्व सही भएमात्रै देशको विकास हुनसक्ने भएकाले सही र सिर्जनशील नेतृत्वमा ध्यान दिनुपर्ने बताउनुभयो ।
    “बिपी र गणेशमानलाई पढ्दा राजनीति गर्न मन लाग्छ, तर जनप्रतिनिधि हुन मन लाग्दैन, उहाँहरुमा त्यागको भावनाबाट राजनीतिक प्रणाली परिवर्तन गर्नसक्ने ताकत थियो, नेतृत्वमा रहेका एकार्कामा विश्वास थियो, सुवर्ण शम्शेरले तयार गरिदिएको अर्थतन्त्रकै आधारमा रहेर अहिले देश अगाडि बढिरहेको छ, आधार भएमात्रै सेवा प्रवाह गर्न सकिन्छ, राजनीति भनेको देश बनाउन हो”, उहाँले भन्नुभयो ।
    उहाँले सुवर्ण शम्शेरले विसं २०१६ मा बजेट ल्याउँदा रोपवे, सडक र पूर्वपश्चिमको सडकको खाका तयार गर्नुभएको स्मरण गर्नुभयो । सभापति जीतेन्द्रकुमार श्रेष्ठले गणेशमानले निरंकुशता हटाउँदै प्रजातान्त्रिक आन्दोलन सफल पार्नका लागि वडाहाकिमसमेत रहनुभएका आफ्ना पिताको आलिसान महल छाडेर डेरामा बस्नुभएको स्मरण गर्नुभयो ।
    नेपाल महिला सङ्घ ललितपुरका अध्यक्ष तथा ललितपुर महानगरपालिकाका पूर्वउपप्रमुख गीता सत्यालले सुवर्ण शम्शेर र गणेशमानको विचारलाई हामीले भुलेको हो कि भन्ने भान आमजनमानसमा परिरहेको बताउनुभयो ।
    कार्यक्रममा कांग्रेस ललितपुर क्षेत्र नं ३(२) का सभापति सुरेन्द्र डङ्गोलले गणेशमान र सुवर्ण शम्शेरको योगदान तथा त्यागलाई हेक्का राख्दै जनताको अपेक्षाअनुरुप विकास निर्माणका गतिविधिलाई प्रभावकारी बनाउन, जनतामा छाएको निराश हटाउन निरन्तर क्रियाशील भएर लाग्ने धारणा राख्नुभयो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति : परराष्ट्रमन्त्री खनाल

    ललितपुर । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन्। ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः

    महाङ्काल मन्दिरको चौघेरा सत्तल पुनःनिर्माण सम्पन्न, महानगरद्वारा उद्घाटन

    काठमाडौं । काठमाडौं महानगरपालिकाले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त महाङ्काल मन्दिर परिसरको ऐतिहासिक चौघेरा सत्तलको पुनःनिर्माण सम्पन्न गरेको छ। करिब ८

    राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरुङको माफी : ‘मेरो भाषा अलि…

    काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभा बैठकमा आफ्नो अभिव्यक्ति रुखो तथा ठाडो हुन पुगेको स्वीकार गर्दै सांसदहरूसँग माफी मागेका

    रौतहटमा पेट्रोल ट्याङ्कर पल्टिएपछि आगलागी, मानवीय क्षति भएन

    रौतहट ।  रौतहटको चन्द्रपुर नगरपालिका–४ धन्सार पुलस्थित महेन्द्र राजमार्गमा पेट्रोल बोकेको ट्याङ्कर पल्टिएपछि लागेको आगो सशस्त्र प्रहरी, नेपाल प्रहरी र

    काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं सेवा निवृत्त, महानगरद्वारा सम्मानसहित…

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ आजदेखि अनिवार्य अवकाशमा गएका छन्। उमेर हदका कारण सेवा निवृत्त भएका

    काठमाडौंका होटल–रेस्टुरेन्टलाई धुम्रपानका लागि छुट्टै स्थान अनिवार्य बनाउन प्रशासनको निर्देशन

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकाभित्र सञ्चालित होटल तथा रेस्टुरेन्टलाई धुम्रपानसम्बन्धी कानुनी व्यवस्था कडाइका साथ पालना गर्न निर्देशन दिएको

    Techie IT