Techie IT
  • The Film Nepal
  • २०८२ मंसिर २७ शनिबार

    अपडेट
    गृहपृष्ठसमाचारकांग्रेस र एमालेको गलत नीति र नेतृत्वका कारण मुलुकले ठुलो क्षति व्यहोर्नुपर्यो : प्रभु साह

    कांग्रेस र एमालेको गलत नीति र नेतृत्वका कारण मुलुकले ठुलो क्षति व्यहोर्नुपर्यो : प्रभु साह


    रौतहट, ५ कात्तिक । आम जनता पार्टी (आजपा) का अध्यक्ष एंव पुर्वमन्त्री प्रभु साहले कांग्रेस र एमालेको गलत नीति र नेतृत्वका कारण मुलुकले ठुलो क्षति व्यहोर्नुपरेको बताएका छन ।

    रौतहटको राजदेवी नगरपालिकाको पथरामा आज आजपाद्वारा महापर्व दिपावली, छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले प्रमुख दलका भ्रष्ट नेताले नेतृत्व नछाडे मुलुक र जनताले अझै दुख पाउन सक्ने बताए ।

    `यो कांग्रेस, एमालेका भ्रष्ट नेताका कारण मुलुक र जनताले ठुलो क्षति व्यहोर्नुपरेको छ । गलत नीति र नेतृत्वका कारण जनताले दुख पाउदैछन । तर पनि केपी ओलीहरु नेतृत्व छोडन मन्दैन्न,´ आजपा अध्यक्ष साहले भने, `मुलुकमा भ्रष्टाचार, अनियमितता, कुशासन कांग्रेस र एमालेले नै संस्थागत र संगठित रुपमा गरे । त्यसको परिणाम अहिले देखि नै रहेका छौ । त्यसैले यी भ्रष्ट नेताले नेतृत्व नछाडे सम्म मुलुक बन्दैन ।´

    कांग्रेस र एमाले सतामा पुग्नबितिकै भ्रष्टाचार, लुटलाई संगठित रुपमा गर्ने अगाडि बढाउने काम गरेको उनले गम्भीर आरोप लगाए ।

    कांग्रेस र एमालेमा नेतृत्व परिवर्तनमा जति ढिलाइ हुन्छ मुलुक र जनताले त्यतिनै दुख पाउने उनले बताए । कंग्रेस र एमालेमा भएका राम्रा नेताले भ्रष्ट नेताको बिदाई गर्नमा ढिलाइ गर्न नहुने उनले बताए ।

    कांग्रेसमा बिपिको र एमालेमा पुष्पलाल, मदनकुमार भण्डारीको बिचार बोक्ने नेताले यी भ्रष्ट नेतालाई बोक्नै नसक्ने आजपा अध्यक्ष साहले बताए ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि सबैजसो तयारीको काम सकियो

    भक्तपुर । नेकपा एमालेले पार्टीको ११ औं महाधिवेशनको उद्घाटनका लागि मञ्च निर्माणको काम अन्तिम चरणमा पुगेको जनाएको छ ।एमालेले ११औँ

    ललितपुरका तीन क्षेत्रबाट कांग्रेसका ३२ जनाको सिफारिस

    ललितपुर/ २६ मंसिर, नेपाली कांग्रेस ललितपुरले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन र माघ १० गते हुने राष्ट्रिय

    बज्रबाराहीमा हुने पूर्णिमा भजनका लागि भक्तजनबाट आर्थिक सहयोग प्राप्त

    ललितपुर/ २६ मंसिर, ललितपुरको गाेदावरी नगरपालिका वडा नं. ११ स्थित बज्रबाराही मन्दिरमा हरेक पूर्णिमामा दिनभर हुने  भजनका लागि विभिन्न भक्तजनबाट

    नागढुंगा–मलेखु सडक शुक्रबार र शनिबार खुला हुने

    मलेखु । दैनिक पाँच घण्टा आंशिक बन्द गरेर स्तरोन्नति भइरहेको नागढुंगा मलेखु सडकखण्ड आज र भोलि (शुक्रबार र शनिबार)का लागि

    ‘अक्षरहरूको क्यानभास’ सार्वजनिक

    काठमाडौं । कवि तथा गीतकार महेश बाबु तिमल्सिनाद्वारा लिखित नयाँ कविता कृति ‘अक्षरहरूको क्यानभास’ बिहीबार सार्वजनिक गरिएको छ ।२०८२ मंसिर

    पुष १ देखि बाघको गणना शुरु हुने

    चितवन ।आउँदो पुस १ गतेदेखि बाघ गणनाको काम थालिने भएको छ।चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ‘व्लक’ बनाएर गणना गर्न

    Techie IT