Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २९ शुक्रबार

    अपडेट
    गृहपृष्ठराजनीतिकांग्रेसले स्वर्गीय कोइरालाको स्मृतिमा ऐतिहासिक फोटो प्रदर्शन गर्ने

    कांग्रेसले स्वर्गीय कोइरालाको स्मृतिमा ऐतिहासिक फोटो प्रदर्शन गर्ने


    काठमाडौँ । नेपाली कांग्रेसले गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीमा मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा फोटो प्रदर्शनी र विमर्श सभा गर्ने भएको छ । कांग्रेसले पूर्वप्रधानमन्त्री तथा कांग्रेसका पूर्वसभापति स्वर्गीय कोइरालाको स्मृतिमा क्रान्तिदेखि शान्ति सम्झौतासम्मका ऐतिहासिक फोटो प्रदर्शनी र विमर्श सभा गर्न लागेको हो ।

    सोमबार सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले मंगलबार बिहान साढे ११ बजे सभापति शेरबहादुर देउवाले कार्यक्रम उद्घाटन गर्ने जानकारी दिए । फोटो प्रदर्शनी र विमर्श सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र अरू दलका शीर्ष नेताहरूलाई पनि निम्ता गरिएको उनले बताए ।

    कांग्रेसले सानेपास्थित पार्टी कार्यालयको भुइँतलाको हलमामा एक सय ५१ थान ऐतिहासिक फोटो प्रदर्शनीमा राखिने विश्वकर्माले बताएका हुन् । विश्वकर्माका अनुसार कोइरालाका जीवनी, राजनीति, शान्ति प्रक्रिया र समृद्धिसँग जोडिएका तस्बिरहरू प्रदर्शनमा राख्न लागिएको हो ।

    उनले पार्टी कार्यालयकै मिथिला हलमा विमर्श सभा हुने पनि बताए । क्रान्तिदेखि शान्तिसम्म शीर्षकमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, कांग्रेस नेता कृष्णप्रसाद सिटौला र एमाले नेता प्रदीप ज्ञवाली वक्ता रहेका छन् । उक्त विमर्शको राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेले सहजीकरण गर्ने छन् । यो कार्यक्रम मंगलबार दिउँसो १ बजे सुरु हुने र प्रत्यक्ष प्रसारण गरिने विश्वकर्माले बताए ।

    यस्तै २०४८ सालको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले मुलुकमा समुन्नतिको दोस्रो जग राखेको शीर्षकमा स्वतन्त्र विज्ञहरूबाट विमर्श सभा गरिने विश्वकर्माले बताए । काठमाडौँ विश्वविद्यालयका प्रा।डा। अच्युत वाग्ले, राजनीतिक विश्लेषक हरि शर्मा र मञ्चला झाले अतिथि वक्ता रहेको कार्यक्रमको सहजीकरण विश्व पौडेलले गर्ने उनले बताए ।

    यसपछि फोटो पत्रकारका संघर्षका कुराबारे विमर्श हुने उनले बताए । ‘फोटो पत्रकारिता जोखिम र अनुभव शीर्षकमा फोटो पत्रकारहरू गोपाल चित्रकार, विकास रौनियार, चन्द्रशेखर कार्की र प्रकाश माथेमाले बोल्नु हुनेछ भने सुशीर शर्मा र जगत नेपालले सहजीकरण गर्नुहुनेछ,’ उनले भने ।

    यस्तै नेपाल सांस्कृतिक महासंघको समन्वयमा झाँकी प्रदर्शनी पनि हुने बताइएको छ । विश्वकर्माले कांग्रेसका सबै तहका नेताहरू, भ्रातृ तथा शुभेच्छुक संघसंस्थामा आबद्ध रहेकाहरूले सोमबार बेलुकी ८ बजे कोइरालाको फोटो सामाजिक सञ्जालमा राख्ने कार्यक्रम रहेको बताएका छन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो

    काठमाडौं ।  सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।

    सिंहदरबारमा सुलभ मूल्यको खाद्य बिक्री कक्ष सञ्चालन

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सिंहदरबारमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सुलभ मूल्यको खाद्य बिक्री

    समाचार प्रकाशनको विषयमा सम्पादक पक्राउ, प्रेस स्वतन्त्रतामाथि बहस

    काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठ समाचार प्रकाशनको विषयलाई लिएर पक्राउ परेपछि प्रेस स्वतन्त्रता र

    एमालेद्धारा लोकतन्त्रमाथि नै हस्तक्षेप भएपछि न्याय माग्दै निर्वाचित जनप्रतिनिधि सर्वोच्च…

    काठमाडौं, २७ साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को घरझगडा सर्वोच्च अदालतसम्म पुगेको छ । पार्टीभित्रको गुटगत आक्रोश पोख्न एमालेबाट निर्वाचित

    सरकार बदलियो तर देशको सिच्युएशन बदलिएन : प्रभु साह

    रौतहट, ९ साउन । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपा नेतृत्वको सरकारले मुलुकलाई सही तवरले नेतृत्व

    रोल्पामा पहिरो : दुई जनाको मृत्यु, दुई घाइते, १० जना…

    रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५, कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

    Techie IT