Techie IT
  • The Film Nepal
  • २०८३ आश्विन २० मंगलवार

    अपडेट
    गृहपृष्ठ ∕ राजनीति ∕ कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा

    कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा


    काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आगामी मंसिर २१, २२ र २३ गते काठमाडौंमा हुने भएको छ ।

    नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिको बैठकले महाधिवेशनको मिति र विभिन्न तहका अधिवेशनको कार्यतालिका तय गरेको हो । तयारी समितिका संयोजक प्रा.डा. शशांक कोइरालाको संयोजकत्वमा भदौ १७ गतेदेखि चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको बैठकले महाधिवेशनसम्बन्धी विभिन्न निर्णय गरेको हो ।

    बैठकले असोज १५ गते वडा अधिवेशन, असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्र तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन, कात्तिक १५ गते जिल्ला अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने निर्णय गरेको छ ।

    भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा भने अधिवेशनको कार्यतालिका पछि सार्वजनिक गरिने कांग्रेसले जनाएको छ । विदेशस्थित जनसम्पर्क समितिहरूको अधिवेशनसम्बन्धी कार्यतालिका आवश्यक परामर्शपछि सार्वजनिक गरिने भएको छ ।

    महाधिवेशन सम्पन्न गर्न आवश्यक केन्द्रीय निर्वाचन समिति, क्रियाशील सदस्य छानबिन तथा व्यवस्थापन समिति, विधान संशोधन समिति र अनुशासन समितिलगायत समिति गठन गर्ने जिम्मेवारी तयारी समिति संयोजक कोइरालालाई दिइएको छ ।

    त्यस्तै, नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल दलित संघ, आदिवासी जनजाति महासंघ, नेपाल सांस्कृतिक महासंघलगायत भ्रातृ तथा शुभेच्छुक संस्थाका तदर्थ समिति आवश्यक परामर्श गरी गठन गर्ने जिम्मेवारी पनि कोइरालालाई दिइएको छ ।

    कांग्रेसले ७७ वटै जिल्लामा अधिवेशन तयारी समिति गठन गर्न सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यको सिफारिसमा केन्द्रीय प्रतिनिधि पठाउने निर्णय गरेको छ । केन्द्रीय प्रतिनिधिले भदौ २५ गतेभित्र जिल्ला अधिवेशन तयारी समिति, भदौ २८ गतेभित्र संघीय तथा प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन तयारी समिति र असोज ३ गतेभित्र पालिका तथा वडा अधिवेशन तयारी समिति गठन गरिसक्नुपर्नेछ ।

    विदेशस्थित जनसम्पर्क समितिहरूको अधिवेशन तयारी समिति भने आवश्यक परामर्श गरी सचिवालयले गठन गर्ने भएको छ ।

    वडा, पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन तयारी समितिले असोज ९ गतेभित्र नयाँ क्रियाशील सदस्यता वितरण गरिसक्नुपर्ने निर्णय बैठकले गरेको छ ।

    बैठकको निर्णयअनुसार नयाँ क्रियाशील सदस्य, १४औँ महाधिवेशनमा सहभागी सबै क्रियाशील सदस्य, १५औँ महाधिवेशनमा सहभागी हुने गरी १४औँ महाधिवेशनमा निर्णय गरेका सदस्य, २०८२ पुस १० गतेभित्र सदस्यता नवीकरण गरिसकेका तथा सोही मितिभित्र क्रियाशील सदस्यताको फारम भरिसकेका नयाँ सदस्यले १५औँ महाधिवेशनमा भाग लिन पाउनेछन् ।

    क्रियाशील सदस्यतासम्बन्धी विवाद उत्पन्न भएमा क्रियाशील सदस्य छानबिन तथा व्यवस्थापन समितिको निर्णय अन्तिम हुने कांग्रेसले जनाएको छ ।

    महाधिवेशन तथा अधिवेशन सम्पन्न गर्न केन्द्रीय निर्वाचन समितिले सातै प्रदेश, ७७ जिल्ला तथा जिल्लामार्फत प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र, पालिका र वडा अधिवेशनका लागि निर्वाचन अधिकृत तथा मतदान अधिकृत पठाउने निर्णय गरेको छ ।

    त्यसैगरी, प्रदेशसभा र स्थानीय तह निर्वाचनका लागि सम्बन्धित तह तथा समितिले इच्छुक उम्मेदवारहरूको नामावली संकलन गरी उपयुक्त उम्मेदवार छनोटको प्रक्रिया अघि बढाउने निर्णय पनि बैठकले गरेको छ ।

    यसैबीच, कांग्रेसले पार्टीका संस्थापक नेता बीपी कोइरालाको ११३औँ जन्मजयन्ती भदौ २४ गते भक्तपुरमा मनाउने भएको छ । कार्यक्रम व्यवस्थापनका लागि कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाको अध्यक्षतामा व्यवस्थापन समिति गठन गर्ने निर्णय गरिएको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक: इन्जिनियरिङ सेवा नियमावली संशोधन, नर्वेको अनुदान…

    काठमाडौँ — सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य ५ वटा निर्णयहरू सार्वजनिक गरेको छ। सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं

    विद्युत् प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन: महसुल भुक्तानी पूर्ण रूपमा विद्युतीय बनाऊ

    काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिजुलीको महसुल भुक्तानीका लागि नागरिकहरू घण्टौँ लाइन बस्नुपर्ने बाध्यता तत्काल अन्त्य गर्न

    पार्टीभित्रको ‘विशेष राजनीतिक निर्णय’ ले महाधिवेशन तालिका प्रभावित: गगन थापा

    काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशमा आइपरेका प्राकृतिक विपत् र पार्टीभित्र बृहत्तर एकता कायम गर्ने प्रयासका कारण महाधिवेशनको

    १२ वर्षदेखि अल्झिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइन दशैंलगत्तै चार्ज गरिने

    काठमाडौं । १२ वर्षदेखि निर्माणमा अल्झिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइनको काम अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले बाँकी

    रास्वपाले बनायो स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट समिति, देशव्यापी…

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोट समिति गठन गर्नुका साथै संगठन विस्तार

    जलवायु कूटनीति प्रभावकारी बनाउन घरेलु तयारी मजबुत बनाउनुपर्छ : परराष्ट्रमन्त्री…

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको जलवायु कूटनीतिलाई प्रभावकारी बनाउन घरेलु तहमा जलवायु जोखिम न्यूनीकरण, पूर्वाधार विकास र विपद् व्यवस्थापनका

    Techie IT