Techie IT
  • The Film Nepal
  • २०८३ आश्विन २० मंगलवार

    अपडेट
    गृहपृष्ठ ∕ राजनीति ∕ कांग्रेसको वडा अधिवेशन आज सकिँदै, ६ हजार ७४३ वडामा नयाँ नेतृत्व चयन हुँदै

    कांग्रेसको वडा अधिवेशन आज सकिँदै, ६ हजार ७४३ वडामा नयाँ नेतृत्व चयन हुँदै


    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन आज देशभर सम्पन्न हुँदैछ । शनिबारदेखि सुरु भएको वडा अधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन गरिँदैछ ।

    कांग्रेसका अनुसार शनिबार ४३ जिल्लाका ३ हजार ३९६ वडामा अधिवेशन तथा निर्वाचन सम्पन्न भएको छ । केन्द्रीय कार्यसमितिले तय गरेको कार्यतालिकाअनुसार आगामी असोज १६ देखि १९ गतेसम्म हुने १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा अधिवेशन प्रक्रिया अघि बढाइएको हो ।

    शनिबार ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, धनकुटा, सोलुखुम्बु, उदयपुर, झापा, मोरङ, महोत्तरी, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, भक्तपुर, ललितपुर, काठमाडौं, गोरखा, कास्की, मनाङ, पर्वत, स्याङ्जा, बागलुङ, नवलपुर, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम पूर्व, रोल्पा, प्युठान, रुकुम पश्चिम, डोल्पा, जुम्ला, मुगु, हुम्ला, जाजरकोट, दैलेख, सुर्खेत, डोटी, अछाम, दार्चुला, बैतडी, कञ्चनपुर र कैलालीमा अधिवेशन सम्पन्न भएको कांग्रेसले जनाएको छ ।

    केन्द्रीय निर्वाचन समितिका अनुसार रसुवा, नुवाकोट र धादिङबाहेकका ३१ जिल्लामा वडा अधिवेशन आइतबार पनि जारी रहनेछ । भोटेकोशी बाढीका कारण रसुवा तथा नुवाकोटको निर्वाचन क्षेत्र नम्बर १ बाहेक अन्य स्थानमा वडा अधिवेशन आज र भोलिसम्म सम्पन्न गर्ने तयारी छ । बाढी प्रभावित क्षेत्रमा भने स्थानीय अवस्था र कार्यकर्तासँगको समन्वयका आधारमा अधिवेशनको मिति तय गरिने जनाइएको छ ।

    कांग्रेसले देशभरका ४६० गाउँपालिकाका ३ हजार २१५, २७६ नगरपालिकाका ३ हजार १२०, ११ उपमहानगरपालिकाका २३४ तथा ६ महानगरपालिकाका १७४ गरी कुल ६ हजार ७४३ वडामा अधिवेशन गर्दैछ ।

    विधानअनुसार वडा कार्यसमितिमा देशभर ८५ हजार ४३४ जना निर्वाचित हुनेछन् । जसमा ३३ हजार ७१५ पदाधिकारी र ५१ हजार ७१९ सदस्य रहने कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

    गाउँपालिकाका वडामा पाँच पदाधिकारी र सात सदस्य गरी प्रतिवडा १२ जनाका दरले ३८ हजार ५८० जना निर्वाचित हुनेछन् । नगरपालिकाका ३ हजार १२० वडामा पाँच पदाधिकारी र आठ सदस्य गरी ४० हजार ५६० जना निर्वाचित हुनेछन् ।

    त्यस्तै, उपमहानगरपालिकाका २३४ वडामा पाँच पदाधिकारी र १० सदस्य गरी ३ हजार ५१० जना तथा महानगरपालिकाका १७४ वडामा पाँच पदाधिकारी र ११ सदस्य गरी २ हजार ७८४ जना निर्वाचित हुनेछन् ।

    वडा अधिवेशनबाट पार्टीको क्रियाशील सदस्य संख्याका आधारमा प्रतिवडाबाट २३ देखि ७५ जनासम्म क्षेत्रीय प्रतिनिधि चयन हुने कांग्रेसले जनाएको छ । क्षेत्रीय प्रतिनिधिले प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशनमार्फत महाधिवेशन प्रतिनिधि चयन गर्नेछन् । महाधिवेशन प्रतिनिधिले केन्द्रीय महाधिवेशनबाट पार्टीको केन्द्रीय नेतृत्व चयन गर्नेछन् ।

    कांग्रेसको महाधिवेशन कार्यतालिकाअनुसार वडा र पालिका अधिवेशनपछि असोज ७ गते जिल्ला अधिवेशन तथा असोज १० गते प्रदेश अधिवेशन हुनेछ । त्यसपछि असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन आयोजना गर्ने कार्यतालिका रहेको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक: इन्जिनियरिङ सेवा नियमावली संशोधन, नर्वेको अनुदान…

    काठमाडौँ — सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य ५ वटा निर्णयहरू सार्वजनिक गरेको छ। सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं

    विद्युत् प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन: महसुल भुक्तानी पूर्ण रूपमा विद्युतीय बनाऊ

    काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिजुलीको महसुल भुक्तानीका लागि नागरिकहरू घण्टौँ लाइन बस्नुपर्ने बाध्यता तत्काल अन्त्य गर्न

    पार्टीभित्रको ‘विशेष राजनीतिक निर्णय’ ले महाधिवेशन तालिका प्रभावित: गगन थापा

    काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशमा आइपरेका प्राकृतिक विपत् र पार्टीभित्र बृहत्तर एकता कायम गर्ने प्रयासका कारण महाधिवेशनको

    १२ वर्षदेखि अल्झिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइन दशैंलगत्तै चार्ज गरिने

    काठमाडौं । १२ वर्षदेखि निर्माणमा अल्झिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइनको काम अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले बाँकी

    रास्वपाले बनायो स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट समिति, देशव्यापी…

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोट समिति गठन गर्नुका साथै संगठन विस्तार

    जलवायु कूटनीति प्रभावकारी बनाउन घरेलु तयारी मजबुत बनाउनुपर्छ : परराष्ट्रमन्त्री…

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको जलवायु कूटनीतिलाई प्रभावकारी बनाउन घरेलु तहमा जलवायु जोखिम न्यूनीकरण, पूर्वाधार विकास र विपद् व्यवस्थापनका

    Techie IT