कांग्रेसका नेताहरुले थाले हिन्दू राष्ट्र अभियान
काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले हिन्दू राष्ट्र अभियान अघि बढाएका छन् ।
सोमबारदेखि शुरु भएको महासमिति बैठकमा पहिलो दिनदेखि नै हिन्दू राष्ट्रका अभियानकर्मीहरुले हस्ताक्षर संकलन गरिरहेका थिए ।
वैदिक सनातन हिन्दुराष्ट्र स्थापना गर्ने अभियानले एक हजार ६१ जनाको हस्ताक्षर पार्टी सभापति शेरबहादुर देउवालाई बुझाइएको छ ।
महासमिति बैठक समापनको शुरुमा अभियानका संयोजक एवं केन्द्रीय सदस्य शंकर भण्डारीले सभापति देउवालाई हस्ताक्षर बुझाएको अभियानका सहसंयोजक लोकेश ढकालले जानकारी गराए । ढकालका अनुसार पूर्वमहामन्त्री डा. शंशाक कोइरालासहित ४२ जना केन्द्रीय सदस्यले त्यसमा हस्ताक्षर गरेका छन् ।
ललितपुरको गोदावरीस्थित सनराइज हलमा भएको महासमिति बैठकको हल अगाडि अभियानका अगुवाहरु पाल टाँगेर हस्ताक्षर गराउन जुटेका थिए ।
यसअघिको महासमिति बैठकमा पनि हिन्दुराष्ट्रको पक्षमा ७१४ जनाले हस्ताक्षर गरेर सभापतिलाई बुझाइएको थियो । २२ जना केन्द्रीय सदस्यले हिन्दू राष्ट्रको एजेण्डामा महासमिति बैठकमा छलफलको एजेण्डा बनाउनुपर्ने मागसहित सभापति देउवालाई हस्ताक्षर बुझाएका थिए ।
हिन्दुराष्ट्रको एजेण्डाले भने महासमिति बैठकमा छलफलको विषय भने नबनेको कांग्रेसका नेताहरुले बताएका छन् ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ खोलाको मापदण्ड पालना नगरी निजी जग्गामा सडक निर्माण गरिएको भन्दै अख्तियारमा उजुरी
- २ सामाजिक सद्भाव जोगाऔँ, विभाजनको राजनीति असफल बनाऔँ
- ३ नेपाल–मोरक्को सम्बन्ध थप मजबुत बनाउन सहकार्य विस्तारमा जोड
- ४ सुनसरी गोलीकाण्ड : उपचारका क्रममा अर्का युवकको मृत्यु, मृतक संख्या तीन पुग्यो
- ५ सिन्धुलीमा बसको ठक्करपछि कार सुनकोसी नदीमा खस्यो, तीन जना बेपत्ता
- ६ एलपी ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमद्वारा ‘क्विक रेस्पोन्स टिम’ गठन
- ७ आज बस्दै प्रतिनिधिसभा बैठक, भूमिहीन र सुकुम्बासीको मुद्दा प्रमुख एजेन्डामा

तपाईको प्रतिक्रिया दिनुहोस