काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ सरेको छ।
त्यो भनेको पानी पार्ने प्रणाली नेपालको तराई नजिक अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।सोमबार बिहान मधेस प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। अन्य प्रदेशका पनि तराईका भूभागमा पानी परिरहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार सोमबार दिउँसो देशभर साधारणतया बदली रहनेछ।साथै सबै प्रदेशका धेरै स्थानहरूमा मेघगर्जनरचट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
सोमबार राति देशभर साधारणतया बदली रहने पूर्वानुमान छ।कोशी प्रदेश, मधेश प्रदेश, गण्डकी प्रदेशका र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
साथै बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा राति भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ काठमाडौंमा मोबाइल छापप्रति जनलहर बढदो, खुल्यो खगेश रञ्जिकारको सम्पर्क कार्यालय
- २ मिडिया, सामाजिक सञ्जालमा गगन र अमरेशको चर्चा भएपनि घरघर र मतदाताकाबीचमा मोबाइल छापको चर्चा छ : रिंकी साह
- ३ प्रभु साहको उद्घोष—“म प्रधानमन्त्री भएँ भने नेपालमा विद्युत्, सञ्चार सेवा (मोबाइल र डाटा) तथा खानेपानी निःशुल्क उपलब्ध गराउनेछु”
- ४ समृद्धि र विकासका लागि मोवाइलमा मतदान गर्न रुपन्देही–१ का उम्मेदवार बदरु दोजा फकिरको अपिल
- ५ रुपन्देहीमा आजपा उम्मेदवार राधेश्याम गुप्ताको घरदैलो कार्यक्रम तिब्र, मोबाइलमा मतदान गर्न अपिल
- ६ काठमाडौं–८ का उम्मेदवार खगेश रञ्जितको घरदैलो कार्यक्रम तिब्र
- ७ पर्वतमा रास्वपाका सागर भुसाल विजयी

तपाईको प्रतिक्रिया दिनुहोस