Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र २१ आईतवार

    अपडेट
    गृहपृष्ठसमाचारकश्मीरबारे भारतीय सर्वोच्च अदालतको फैसला पाकिस्तानले गर्‍यो अस्वीकार

    कश्मीरबारे भारतीय सर्वोच्च अदालतको फैसला पाकिस्तानले गर्‍यो अस्वीकार


    एजेन्सी- जम्मू र कश्मीरको स्थिति बारे भारतको सर्वोच्च अदालतले गरेको फैसलालाई पाकिस्तानले अस्वीकार गर्ने जनाएको छ ।

    जम्मु र कश्मीर एक अन्तर्राष्ट्रिय मान्यता प्राप्त विवादित क्षेत्र भएको भन्दै सात दशकभन्दा बढी समयदेखि संयुक्त राष्ट्र सुरक्षा परिषदको एजेन्डामा रहेकाले कश्मीरी जनता र पाकिस्तानको इच्छाविपरीत एकतर्फी निर्णय गर्ने अधिकार नभएको पाकिस्तानले जनाएको छ ।

    पाकिस्तानको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जम्मु र कश्मीरको अन्तिम निर्णय संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्ताव र कश्मीरी जनताको आकांक्षा अनुसार हुने उल्लेख गरिएको छ ।

    ‘पाकिस्तानले जम्मू कश्मीरमा भारतीय संविधानको सर्वोच्चतालाई स्वीकार गर्दैन । भारतीय संविधानको अधीनमा हुने कुनै पनि प्रक्रियाले कानूनी महत्व राख्दैन’, पाकिस्तानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    घरेलु कानून र न्यायिक फैसलाको बहानामा भारतले आफ्नो अन्तर्राष्ट्रिय दायित्वहरू त्याग्न नमिल्ने तर्क गर्दै पाकिस्तानले जम्मू कश्मीर बारेका भारतीय योजनाहरू असफल हुन बाध्य हुने पाकिस्तानको भनाइ छ ।

    ५ अगस्ट २०१९ मा भारतले गरेको एकपक्षीय र गैरकानूनी कार्य न्यायिक, ऐतिहासिक र कानुनी हिसाबले धोका भएको विज्ञप्तिमा उल्लेख छ ।

    भारतीय सर्वोच्च अदालतको फैसलाले जम्मु कश्मीर अन्तर्राष्ट्रिय मान्यता प्राप्त विवादित प्रकृतिलाई मान्यता दिन असफल भएको र यसले कश्मीरी जनताका आकांक्षाहरू पूरा गर्न असफल भएको पाकिस्तानको भनाइ छ ।

    ‘भारतको अन्तिम लक्ष्य कश्मीरीहरूलाई आफ्नै भूमिमा एक अशक्त समुदायमा रूपान्तरण गर्नु भएको भन्दै ती गतिविधिहरू पाकिस्तानका लागि गम्भीर चिन्ताको विषय बनेको हो। शान्तिपूर्ण वार्ताको वातावरण सिर्जना गर्न यो निर्णयलाई खारेज गर्नुपर्छ’, पाकिस्तानले भनेको छ ।

    पाकिस्तानले कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको प्राप्तिको लागि पूर्ण रूपमा राजनीतिक, कूटनीतिक र नैतिक समर्थन जारी राख्ने जनाएको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    कृष्णभीर सडक अवरुद्ध भएपछि बाइरोडबाट इन्धन र ग्यास आपूर्ति निरन्तर

    काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक अवरुद्ध भएपछि नेपाल आयल निगमले त्रिभुवन राजपथ (बाइरोड) हुँदै काठमाडौं उपत्यका तथा आसपासका

    आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

    काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको

    भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण सार्वजनिक : ७ हजार ५७०…

    काठमाडौं । रसुवामा आएको भोटेकोशी बाढीबाट भएको क्षति तथा आवश्यक स्रोत पहिचानका लागि गठित र्‍यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट (आरडीएनए)

    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार र विद्युत् पुनःस्थापना तीव्र

    काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा विद्युत् आपूर्ति पुनःस्थापनाको काम उच्च प्राथमिकताका साथ अघि

    त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा एकजनाको शव फेला, दुई जनाको उद्धार

    रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र एकजनाको शव फेला परेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र

    त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई कर्मचारीको उद्धार, गृहमन्त्री गुरुङ स्वयं उद्धारस्थलमा

    काठमाडौं । बाढीपहिरोका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कर्मचारीमध्ये दुई जनाको सकुशल उद्धार गरिएको छ । उद्धार टोलीले

    Techie IT