Techie IT
  • The Film Nepal
  • २०८३ असार ३१ बुधबार

    अपडेट
    गृहपृष्ठखेलकुदकर्णालीले जनकपुरलाई ३ रनले हरायो

    कर्णालीले जनकपुरलाई ३ रनले हरायो


    काठमाडौं ।नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको अन्तिम खेल ‘लो स्कोरिङ’ थ्रिलर बन्दा कर्णाली याक्सले डिफेण्डिङ च्याम्पियन जनकपुरमाथि ३ रनको रोमाञ्चक हात पारेको छ ।कर्णाली याक्सले दिएको १३० रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले पूरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो ।
    यस सिजन दोस्रो जित हात पारेको कर्णालीले ७ खेलबाट ४ अंक जोड्दै छैटौं स्थानमा रहेर लिग सकायो । चितवन राइनोज समान ४ अंक भए पनि कर्णाली नेट रनरेटमा अघि रहेको हो ।डिफेण्डिङ च्याम्पियन जनकपुरले भने ७ खेल खेल्दा जम्मा एक खेल मात्र जित्यो र २ अंकसहित पुछारमा रह्यो । जनकपुरले यस संस्करण चितवनलाई मात्र पराजित गरेको थियो ।

    जनकपुरका लागि कृष्णमुर्तीले ३९ बल खेल्दै १ चौका र ४ छक्का मद्दतमा सर्वाधिक ५१ रन बनाए।यस्तै संगीथ कुरले ३२ बलमा २५ रन जोडे ।२९ रनमा ४ विकेट गुमाएको जनकपुरका लागि कृष्णमूर्ति र संगीथ कुरेले ७५ रनको साझेदारी गर्दै इनिङ्स अगाडि बढाएका थिए । कुरेलाई १७औं ओभरको अन्तिम बलमा कर्णालीका कप्तान सोमपाल कामीले आउट गरे।

    विलयम बोसिस्टोले २ तथा मार्क बोसिस्टो, पवन सर्राफ, नन्दन यादव र सोमपाल कामीले एक/एक विकेट लिए ।त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२९ रन बनाएको थियो ।

    कर्णालीका लागि यस सिजन पहिलो खेल खेलेका ओपनर इमरान शेखले ३२ बलमा १ चौका र १ छक्क मदतमा सर्वाधिक ३३ रन बनाए ।यस्तै गुल्सन झाले २० बलमा १९ जोडे भने कप्तान सोमपालले १० बल खेल्दै १ चौका र १ छक्का मद्दतमा १८ रन बनाए । प्रियांक पाञ्चलले १६, विलियम बोसिस्टोले १५ र नजिबुल्लाह जद्रानले १३ रन जोडे ।

    बलिङमा जनकपुरका लागि ललित राजवंशी र आदित्य महताले २-२ तथा संगीथ कुरे, अनिल साह र माज सदाकतले समान १ विकेट लिए ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    एसीसी यू–१९ महिला प्रिमियर कपको क्वार्टरफाइनलमा नेपाल र जापान भिड्ने

    काठमाडौं । एसीसी यू–१९ महिला प्रिमियर कपको क्वार्टरफाइनलमा नेपालले जापानसँग प्रतिस्पर्धा गर्ने भएको छ। समूह ‘डी’ मा लगातार तीनै खेल

    इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश, नर्वेमाथि २–१ को रोमाञ्चक जित

    काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आइतबार बिहान सम्पन्न क्वाटरफाइनल खेलमा इङ्ल्यान्डले नर्वेलाई २–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको

    एसीसी यू–१९ महिला प्रिमियर कप: नेपाल आज सिङ्गापुरसँग प्रतिस्पर्धा गर्दै

    काठमाडौं । एसीसी यू–१९ महिला प्रिमियर कप अन्तर्गत नेपालले आज सिङ्गापुरसँग प्रतिस्पर्धा गर्दैछ। मलेसियास्थित युकेएम ओभलमा हुने खेल नेपाली समयअनुसार

    स्पेन सेमिफाइनलमा, बेल्जियमलाई २–१ ले पराजित

    काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत क्वाटरफाइनलमा स्पेनले बेल्जियमलाई २–१ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। रोमाञ्चक प्रतिस्पर्धात्मक

    फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै लगातार तेस्रो पटक विश्वकप सेमिफाइनलमा…

    काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत क्वार्टरफाइनलमा फ्रान्सले मोरक्कोलाई २–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। शुक्रबार बिहान

    पेनाल्टीमा कोलम्बियामाथि रोमाञ्चक जित, स्वीट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा

    काठमाडौँ । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्वीट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस

    Techie IT