Techie IT
  • The Film Nepal
  • २०८२ मंसिर २४ बुधबार

    अपडेट
    गृहपृष्ठराजनीतिओलीले भने : संसद विघटन असंवैधानिक कदम हो

    ओलीले भने : संसद विघटन असंवैधानिक कदम हो


    भक्तपूर। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन असंवैधानिक कदम भएको बताएका छन् ।भक्तपूर एमालेद्धारा आयोजित कार्यक्रममा बिहिबार उनले तत्काल संसद् पुनर्स्थापनाको बाटोमा जानुपर्ने बताएका छन् ।
    ‘असंवैधानिक ढंगले विघटन गरेको संसद् तत्काल फिर्ता गर्ने मागलाई राखेर नै अगाडि बढ्नेबाहेक अर्को विकल्प छैन,” ओलीले भने ।

    सुशीला कार्कीले प्रधानमन्त्री हुन अडान लिएकाले प्रतिनिधि सभा विघटन भएको प्रशंग उल्लेख गरे । ‘असंवैधानिक ढंगले संसद् विघटन गरिएको छ । संसद् विघटन गर्ने अधिकार, संविधान मिच्ने अधिकार कसले प्राप्त गर्‍यो ? कहाँबाट प्राप्त गर्यो ?,’ उनले भने ।संसद् र संविधान जोगाएर विकल्प दिन सवै पक्षमा सहमति भएपनि असंवैधानिक विघटन गरिएको पनि उनले बताए

    उनले भने,‘अहिले देशमा सरकार छ । तर संविधान अनुसार बनेको छैन् । बलमिच्याईले बनेको सरकार छ । अहिलेका प्रधानमन्त्रीले प्रधानमन्त्री बन्नको लागि सर्त राख्नुभयो । तुरुन्तै सपथग्रहण गरेर तुरुन्तै संसद भंग गर्ने सिफारिस गर्छु त्यो लागू गर्नुपर्छ र संसद भंग गर्ने भए मात्रै प्रधानमन्त्री हुन्छु नत्र देशमा जेनजीले आगो बाल्छ भन्नुभयो । संसद भंग गर्ने पूर्वसर्त राखेर सार्वभौमसत्ता सम्पन्न जनताको सर्वोच्च प्रतिनिधि संस्थाको अन्त्य र लोकतन्त्रको जग भत्काउने सर्तमा सुशीला कार्कीजी प्रधानमन्त्री हुनुभयो ।’

    त्यस्तै उनले अहिले देश र देशको सार्वभौमसत्तामाथि हमला भइरहेको धारणा राखे । अर्थतन्त्रमा बलियो होला भन्ने चिन्ताले हमला भइरहेको उनको ठम्याई छ ।

    ‘देश र देशको सार्वभौमसत्तामाथि हमला छ । देशको भौगोलिकता माथि हमला छ । देशको अर्थतन्त्र बलियो होला भन्ने चिन्ता छ कसैलाई, त्यसकारण पनि हमला भइरहेको छ,’उनले भने ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    अधिकारीलाई पाँच लाख धरौटीमा रिहा गर्न आदेश

    काठमाडौं ।  विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्ट्राचार मुद्दामा नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई पाँच लाख धरौटीमा रिहा

    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

    काठमाडौं।समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन आयोगमा आवेदन दिएका छन्।आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य

    काँग्रेसका साँसदहरुद्धारा प्रतिनिधिसभा पुर्नस्थापनाको माग गरिएको रीट निवेदन दर्ता

    काठमाडौं।नेपाली कांग्रेसका सांसदहरूले प्रतिनिधि सभा पुनर्स्थापनाको माग गरेको रिट सर्वोच्च अदालतले दर्ता गरेको छ।दुई दिन अघि नै पेस भएको रिटलाई

    भ्रष्टाचारविरुद्ध कठोर हुने र धम्कीबाट नडराउँने प्रधानमन्त्री कार्कीको भनाई

    काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनावी मात्र नभई सुशासनका लागि पनि बनेको बताएकी छन् ।उनले भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम

    एमालेको ११औं महाधिवेशनमा २ हजार ६ सय १३ जना सहभागी…

    काठमाडौं । नेकपा (एमाले)को ११औं राष्ट्रिय महाधिवेशनका लागि  महाधिवेशनमा २ हजार ६ सय १३ जना प्रतिनिधि सहभागी हुनेछन् ।एमालेको महाधिवेशन बन्द

    कस्तो रहला आजको मौसम ?

    काठमाडौं ।हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशभरको मौसम आज मुख्यतया सफा हुनेछ ।जल तथा मौसम विज्ञान

    Techie IT