ऐतिहासिक सम्पदकाे संरक्षण गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो जिम्मेवारी हाे – पूर्वराष्ट्रपति भण्डारी
ललितपुर/ ९ भदौ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पुरातात्त्विक एवम् ऐतिहासिक सम्पदकाे संरक्षण गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो जिम्मेवारी हाे भन्नुभएको छ । भक्तपुर विकास सहयाेग संघकाे ३० ओैं वार्षिक साधारणसभा तथा ३० ओैं खाेपृङ सम्मान कार्यक्रममा मन्तव्य राख्नुहुँदै पूर्वराष्ट्रपति भण्डारीले मुर्त तथा अमुर्त कला, सम्पदाले सजिएकाे सांस्कृतिक रुपमा संरक्षित ऐतिहासिक दरवार क्षेत्र र यहाँका सांस्कृतिक सम्पदाका कारण भक्तपुर जीवित शहरकाे रुपमा परिचित भएको बताउनुभएको हाे ।
“सांस्कृतिक धराेहर, ऐतिहासिक सम्पदाले सजिएकाे भक्तपुर पूर्खाकाे पाैरखबाट सृजित उन्नत शहरकाे रुपमा स्थापित भएको छ, हाम्रा पुर्खाले सृजना गरेका ऐतिहासिक सम्पदकाे संरक्षण गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो जिम्मेवारी हाे।” उहाँले भन्नुभयो।
उहाँले भक्तपुर विकास सहयाेग संघले सम्पदा संरक्षणका अतिरिक्त सामाजिक सेवाका क्षेत्रमा गरेकाे काम उल्लेखनीय काम गरेको भन्नुभयाे ।
संघले प्रकाशन गरेको खाेपृङ पत्रिकामा विषय बिज्ञहरुद्वारा लिखित लेख रचनाले नेपाली वाङ्मयका क्षेत्रमा उल्लेखनीय याेगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
संघले गरेका कार्यहरूबाट पर्यटनको प्रचारप्रसारका साथै स्थानीयहरुकाे आयआर्जनमा महत्त्वपूर्ण काम भैरहेकाे बताउनुहुँदै प्रसिद्ध जुजु धाैले देशभर प्रसिद्धि कमाएकाे स्मरण गर्नुभयाे ।
कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले दार्शनिक एवम् सांस्कृतिक चिन्तक जगमान गुरुङ, बरिष्ठ सीमाविद् बुद्धिनारायण श्रेष्ठ, संस्कृति शिराेमणि हरिराम जाेशी, बरिष्ठ वाङ्मय साधन तथा भाषासेवी तेजेश्वर बाबु ग्वंग: र बरिष्ठ गायक याेगेश्वर अमात्यलाई सम्मान गर्नुभएको थियाे ।
कार्यक्रममा बागमती प्रदेशका सदस्य दिपेन्द्र श्रेष्ठले समाजले सामाजिक क्षेत्रमा उत्कृष्ट कार्यहरू गर्दै आइरहेको बताउँदै समाजले गरेकाे काम प्रति आभार व्यक्त गर्नुभयाे । उहाँले समाजकाे भवन निर्माणका लागि जग्गाकाे व्यवस्थापन गर्न आग्रह गर्दै भवन निर्माणका लागि प्रदेश सरकारबाट वजेट विनियोजन गराउन लागि पर्ने बताउनुभयो ।
समाजका अध्यक्ष राजु मृगेन्द्र जाेशीले सामाजिक कार्यका लागि गरिएकाे सानाे कार्यले ठूलाे परिवर्तन हुनसक्ने बताउनुभयाे ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ खोलाको मापदण्ड पालना नगरी निजी जग्गामा सडक निर्माण गरिएको भन्दै अख्तियारमा उजुरी
- २ भव्यताकासाथ मनाइयो राष्ट्रिय विभूति वडाकाजी अमरसिंह थापाको २१०औँ स्मृति दिवस
- ३ कप्तानगञ्जसहित तराईका जिल्लामा देखिएको तनावप्रति उद्योग वाणिज्य महासंघको चिन्ता, शान्ति कायम गर्न आग्रह
- ४ त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले पायो पूर्णता, चार सदस्य नियुक्त
- ५ सामाजिक सद्भाव जोगाऔँ, विभाजनको राजनीति असफल बनाऔँ
- ६ राष्ट्रपतिद्वारा प्रधानमन्त्री शाहलाई शान्ति, सद्भाव र संयम कायम गर्न आग्रह
- ७ संघीय संसदका तीन समितिको आज बैठक, चिकित्सा शिक्षा ऐन कार्यान्वयनदेखि वार्षिक कार्ययोजनासम्म छलफल

तपाईको प्रतिक्रिया दिनुहोस