एसीसी यू–१९ महिला प्रिमियर कपको क्वार्टरफाइनलमा नेपाल र जापान भिड्ने
काठमाडौं । एसीसी यू–१९ महिला प्रिमियर कपको क्वार्टरफाइनलमा नेपालले जापानसँग प्रतिस्पर्धा गर्ने भएको छ।
समूह ‘डी’ मा लगातार तीनै खेल जित्दै समूह विजेताको रूपमा क्वार्टरफाइनलमा पुगेको नेपालले समूह ‘ए’ को उपविजेता जापानसँग भिड्न लागेको हो। नेपालले समूह चरणमा कतार, सिंगापुर र हङकङलाई पराजित गर्दै उत्कृष्ट प्रदर्शन गरेको थियो।
नेपाल र जापानबीचको क्वार्टरफाइनल खेल बुधबार मलेसियास्थित वाइएसडी यूकेएम ओभलमा नेपाली समयअनुसार बिहान ११:४५ बजे सुरु हुनेछ।
प्रतियोगिताका अन्य क्वार्टरफाइनल खेलहरूमा थाइल्यान्डले कतारको सामना गर्नेछ भने यूएई र मलेसिया तथा इन्डोनेसिया र भुटानबीच प्रतिस्पर्धा हुनेछ। क्वार्टरफाइनल चरणका सबै खेल बुधबार नै आयोजना हुनेछन्।
नेपाल जापानलाई पराजित गर्दै सेमिफाइनल यात्रा सुनिश्चित गर्ने लक्ष्यमा रहेको छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
- २ सरकार–निजी क्षेत्र सहकार्यबाटै आर्थिक रूपान्तरण सम्भव : अर्थमन्त्री वाग्ले
- ३ भव्यताकासाथ मनाइयो राष्ट्रिय विभूति वडाकाजी अमरसिंह थापाको २१०औँ स्मृति दिवस
- ४ फ्रान्समा डढेलोको कहर : आगजनी र लापरवाहीको आरोपमा ४२० जना पक्राउ
- ५ काठमाडौंका होटल–रेस्टुरेन्टलाई धुम्रपानका लागि छुट्टै स्थान अनिवार्य बनाउन प्रशासनको निर्देशन
- ६ रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने
- ७ आईएसपीको अर्बौं बक्यौता असुली प्रक्रिया अघि, किस्ताबन्दीमा तिर्न सेवा प्रदायकको प्रस्ताव

तपाईको प्रतिक्रिया दिनुहोस