Techie IT
  • The Film Nepal
  • २०८३ आश्विन २५ आईतवार

    अपडेट
    गृहपृष्ठ ∕ खेलकुद ∕ एसीसी महिला प्रिमियर कपः हङकङसँग ६९ रनले पराजित नेपाल उपविजेताका रूपमा क्वाटरफाइनलमा

    एसीसी महिला प्रिमियर कपः हङकङसँग ६९ रनले पराजित नेपाल उपविजेताका रूपमा क्वाटरफाइनलमा


    काठमाडौँ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप अन्तर्गतको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग ६९ रनले पराजित भएको छ।

    शनिबार सम्पन्न खेलमा हङकङले दिएको ११० रनको लक्ष्य पछ्याएको नेपाल १३.३ ओभरमै ४० रनमा अलआउट भयो। यो नेपाली महिला क्रिकेट टोलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको अहिलेसम्मकै न्यून स्कोर हो।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १०९ रन बनाएको थियो।

    यस जितसँगै हङकङले तीन खेलबाट ६ अंक जोड्दै समूह डी को शीर्ष स्थान सुरक्षित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको छ। पराजयका बाबजुद नेपाल समूह उपविजेताका रूपमा क्वाटरफाइनल प्रवेश गर्न सफल भएको छ।

    अब नेपालले क्वाटरफाइनलमा समूह ए को विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईविरुद्ध पक्राउ पुर्जी…

    काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) मा भएको ठुलो आर्थिक अनियमितता, ठगी र खेल मिलेमतो प्रकरणमा जोडिएका अध्यक्ष पंकजविक्रम

    फिफा निलम्बनका कारण नेपालले पहिलोपटक साफ च्याम्पियनसिप गुमाउने

    काठमाडौँ । फिफाको निलम्बन फुकुवा नभएपछि नेपालले बंगलादेशमा आयोजना हुने साफ च्याम्पियनसिप गुमाउने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ

    एसियाली खेलकुदमा नेपालले पाँचौँ दिनमा खोल्यो पदकको खाता, चीनको अग्रता…

    काठमाडौँ । जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदमा नेपालले पाँचौँ दिनमा आएर पदकको खाता खोलेको छ। पुरुष कुमिते ८४ केजीमाथिको

    एसियाडमा नेपालको पहिलो पदक, तेन्जिङ शेर्पाले जिते कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक जित्दै पदकको खाता खोलेको छ। कराते खेलाडी तेन्जिङ शेर्पाले पुरुष

    एसीसी प्रिमियर कप : हङकङ चाइनासँग खेल्दै नेपाल

    काठमाडौँ । नेपालले मलेसियामा जारी एसीसी प्रिमियर कपअन्तर्गत आज हङकङ चाइनासँग प्रतिस्पर्धा गर्दैछ। मलेसियाको क्वालालम्पुरस्थित क्रिकेट मैदानमा हुने खेल नेपाली

    साउदी अरेबियामाथि नेपालको शानदार जित, लगातार तेस्रो जितसँगै सेमिफाइनलमा प्रवेश

    काठमाडौं ।  नेपालले साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। आइतबार सम्पन्न खेलमा साउदी अरेबियाले

    Techie IT